मुख्य समाचार
ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताए
ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताए

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’

इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी समाचार संस्था तस्नीम र फर्सले इरानले पाकिस्तानमार्फत अमेरिकालाई १४ बुँदे नयाँ प्रस्ताव पठाएको दाबी गरेका छन् । नयाँ प्रस्तावबारे पछि जानकारी दिने बताउँदै ट्रम्पले भने, ‘उनीहरूले अहिले मलाई यसको ठ्याक्कै शब्दावली दिनेछन् ।’

पत्रकारहरूसँग कुरा गरेपछि ट्रम्पले सामाजिक सञ्जालमा नयाँ प्रस्तावबारे पोस्ट गर्दै भनेका छन्, ‘म कल्पना गर्न सक्दिन कि यो स्वीकार्य हुनेछ, किनकी उनीहरूले पछिल्लो ४७ वर्षमा मानवता र विश्वविरुद्ध गरेका कामका लागि अझै पर्याप्त मूल्य चुकाएका छैनन् ।’ ट्रम्पले यस हप्ता पहिलेको इरानी प्रस्ताव अस्वीकार गरेका थिए । तर अप्रिल ८ देखि अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा सुरु गरेको युद्धमा युद्धविराम लागू भएको छ ।



यद्यपि पाकिस्तानमा एक चरणको असफल शान्ति वार्ता भइसकेको छ । इरानका उपविदेश मन्त्री काजेम घरीबाबादीले तेहरानमा कूटनीतिज्ञहरूलाई भने, ‘शान्ति वा टकरावको बाटो रोज्ने जिम्मा अब अमेरिकाको हातमा छ।’ उनका अनुसार इरान दुवै बाटाका लागि तयार छ । वासिङ्टनले बारम्बार भनेको छ कि इरानले परमाणु हतियार प्राप्त गर्न नदिने सम्झौता नभएसम्म युद्ध समाप्त हुने छैन, जुन उद्देश्यका लागि ट्रम्पले फेब्रुअरीमा परमाणु वार्ताका बीचमा हमला सुरु गरेका थिए । इरानले भने आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण भएको दाबी गर्छ ।


इरानी मिडियाका अनुसार तेहरानको १४ बुँदे प्रस्तावमा अमेरिकी सेनाको इरान वरिपरिका क्षेत्रबाट फिर्ता, होर्मुज जलडमरूमध्यमा अमेरिकी नाकाबन्दी हटाउने, इरानका जफत सम्पत्ति फिर्ता, क्षतिपूर्ति भुक्तानी, प्रतिबन्ध हटाउने, र लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य, साथै जलडमरूमध्यका लागि नयाँ नियन्त्रण संयन्त्र समावेश छ ।

युद्ध सुरु भएदेखि इरानले होर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण कायम राखेको छ । जसले विश्व अर्थतन्त्रका लागि तेल, ग्यास र मलको ठूलो आपूर्ति प्रभावित गरेको छ । अमेरिकाले यसको जवाफमा इरानी बन्दरगाहहरूमा नौसैनिक नाकाबन्दी लगाएको छ, जसले इरानलाई आफ्नो कमजोर अर्थतन्त्रलाई टिकाउन आवश्यक तेल राजस्वबाट वञ्चित गरेको छ । युद्धपूर्वको तुलनामा तेलको मूल्य करिब ५० प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...