मुख्य समाचार
यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ
यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ

: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ ।

एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ । सशस्त्र आक्रमणकारीहरू जहाजमा चढेर नियन्त्रणमा लिएका थिए । त्यसपछि अपहरणकारीहरूले जहाजलाई एडनको खाडी हुँदै सोमाली तटतर्फ मोडेका थिए । यो आक्रमण पछिल्ला केही हप्तामा सोमालिया नजिक भएको कम्तीमा चौंथो घटना हो । यस क्षेत्रमा समुद्री डकैतीका गतिविधि बढ्दै गएको बताइएको छ।

जसलाई इरानसँग सम्बन्धित युद्धको प्रतिक्रिया मानिएको छ । अधिकारीहरूका अनुसार रेड सागर क्षेत्रमा गस्ती गर्ने नौसैनिक शक्तिहरू होर्मुज जलसन्धिको नाकाबन्दी र व्यापारिक समुद्री मार्गहरू मोडिनुका कारण व्यस्त भएकाले समुद्री डाकुहरू अझ साहसी बनेका छन् । कोस्ट गार्डले ट्यांकर फिर्ता ल्याउन र चालक दलको सुरक्षा सुनिश्चित गर्न आफूहरू खाडी क्षेत्रका अन्तर्राष्ट्रिय साझेदार तथा सम्बन्धित निकायहरूसँग काम गरिरहेको जनाएको छ । तर चालक दलको अवस्था अझै अज्ञात छ । तर यमनको गम्भीर आर्थिक अवस्थाका कारण आफ्नो क्षमता सीमित रहेको पनि उसले चेतावनी दिएको छ ।

फेब्रुअरीमा अमेरिका र इजरायलले इरानसँग युद्ध सुरु गरेपछि सोमाली तटमा जहाज अपहरणका घटना बढेका छन् । युके मेरीटाइम ट्रेड अपरेशन्सले सोमाली तटमा समुद्री डकैतीको खतरा झन बढेको भन्दै जहाजहरूलाई सावधानीपूर्वक यात्रा गर्न चेतावनी दिएको छ । अप्रिल २१ मा सोमाली तट नजिक करिब १८ हजार ब्यारेल तेल बोकेको एउटा ट्यांकर अपहरण गरिएको थियो ।

त्यसपछिका पाँच दिनभित्र थप दुई जहाजहरू पनि कब्जा गरिएको थियो । सोमालियाको तटरेखा सन् २००० को शुरुदेखि मध्यतिर विश्वकै सबैभन्दा खराब समुद्री डकैती क्षेत्र थियो । विश्व बैंकका अनुसार यसको चरम समयमा समुद्री डकैतीले विश्व अर्थतन्त्रलाई वार्षिक करिब १८ अर्ब डलरको क्षति पुर्‍याएको थियो । सन् २०११ मा मात्र २०० भन्दा बढी आक्रमणहरू दर्ता भएका थिए । पछि अन्तर्राष्ट्रिय नौसैनिक गठबन्धनले यस समस्यालाई नियन्त्रणमा ल्याउँदै सन् २०१४ सम्म आक्रमणहरू लगभग शून्यमा झारेको थियो । तर २०२३ पछि फेरि घटनाहरू बढ्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...