मुख्य समाचार
सत्य लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व
सत्य लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व

। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति थापाले स्वतन्त्र र निर्भय प्रेसलाई लोकतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा अर्थ्याएका छन्।




‘लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो। तर आजको बदलिँदो समयमा सूचना संकलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको छ,’ उनले लेखेका छन् ।
बदलिँदो समयमा सूचना सङ्कलन र सत्यको खोजी गर्ने कार्य थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै उनले भनेका छन्, ‘कतिपय अवस्थामा देखिने असुरक्षा र दबाबका बीच पनि सत्यको पक्षमा उभिनुहुने सञ्चारकर्मी साथीहरूमा हार्दिक सम्मान व्यक्त गर्दछु।’

प्रेस स्वतन्त्रतालाई कुनै व्यक्ति वा संस्थाको विरुद्धमा हुने प्रहारका रूपमा नबुझी नागरिकको सुसूचित हुन पाउने अधिकारको रक्षाका रूपमा लिनुपर्नेमा उनले जोड दिएका छन्।




सभापति थापाले सम्पूर्ण सञ्चारकर्मीहरूलाई विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामनासमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। निजी विद्यालय सञ्चालकहरूले प्रभावित भएका सुकुमवासीका बालबाकालिकालाई नि:शुल्क पढाउने घोषणा गरेका छन् । प्याब्सन, एनप्याब्सन, हिसान र एपेनले संयुक्त रूपमा विज्ञप्ति निकालेर प्रभावित बालबालिकालाई नि:शुल्क पढाउने घोषणा गरेका हुन् । ‘प्रभावित क्षेत्रका बालबालिकाहरूलाई तत क्षेत्रका निजी विद्यालयहरूमा नि:शुल्क ढङ्गले पढ्ने अवसर उपलब्ध गराउने, आवश्यकता अनुसार आवास तथा यातायातको व्यवस्थापन गर्ने, लगायतका सहयोगात्मक उपायहरू व्यवस्थित र प्रभावकारी ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागत कब्जादेखि नीतिगत सेटिङ तोड्न वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् । विगतमा भएको दोहन र लुटतन्त्रको प्रतिवेदन अहिले आफूले पढिरहेको बताउँदै ती प्रतिवेदन हेर्दा आङ सिरिङ्ग हुने गरेको उनले बताए । उनका अनुसार ‘एलिट’ हरूको राजनीतिक र संस्थागत कब्जा, नीतिगत सेटिङ, र व्यवसायी तथा भ्रष्ट राजनीतिज्ञहरूबीचको अपवित्र सम्बन्ध अन्त्य गर्नेगरी सरकार ...
। भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर जानेबाटो नयाँ नभएको र पुरानो भएको जवाफ फर्काएको छ । भारतले कैलाश मानसरोवर जानका लागि भारत र चीनले नेपाली भूभाग लिपुलेक हुँदै मार्ग खुला गर्ने घोषणा गरेको विषयमा नेपाल सरकारले पठाएको कूटनीतिक नोटको जवाफ फर्काएको हो । भारतको विदेश मन्त्रालयका प्रवक्ता रन्धिर जैसवालले भारतको धारणा सधैं स्पष्ट र स्थिर रहेको बताएका ...
। हालै राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य मनोनित भएका सागर ढकालले पद तथा गोपनीयताको शपथ लिएका छन् । पार्टी कार्यालय बनस्थलीमा आज सभापति रवि लामिछानेसँग उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । वैशाख ७ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले सचिवालय सदस्य थप गरेको थियो । रास्वपाको सचिवालय १६ सदस्यीय बनेको छ । वैशाख ७ गते ढकाल ...
। एटलान्टिक महासागरमा सञ्चालित एक पानीजहाजमा तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये कम्तीमा एक जनामा मुसाबाट सर्ने दुर्लभ रोग ‘हान्ताभाइरस’ पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार अर्जेन्टिनाको उशुआयाबाट केप भर्डेतर्फ गइरहेको एमभी होन्डियस क्रुज जहाजमा हान्ताभाइरसको सम्भावित प्रकोपबारे अनुसन्धान भइरहेको छ । आइतबार सार्वजनिक वक्तव्यमा डब्लूएचओले एक जनामा संक्रमण पुष्टि भएको र ...