मुख्य समाचार
सरकारी जग्गामा बनेका अनधिकृत संरचना हटाउने क्रममा कुनै पनि नागरिकलाई घरबारविहीन बन्न नदिने
सरकारी जग्गामा बनेका अनधिकृत संरचना हटाउने क्रममा कुनै पनि नागरिकलाई घरबारविहीन बन्न नदिने

। रास्वपा सभापति रवि लामिछानेले सरकारी जग्गामा बनेका अनधिकृत संरचना हटाउने क्रममा कुनै पनि नागरिकलाई घरबारविहीन बन्न नदिने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिने क्रममा सभापति लामिछानेले जनतालाई आतंकित पार्ने काम केन्द्र सरकारबाट नभएको समेत दाबी गरे ।

‘अव्यवस्थित बसोबास, भूमिहीन सुकुमवासीको हकमा शक्तिशाली प्राधिकरण या आयोग बनेर त्यसले गरेको निर्णय कार्यान्वयन हुन्छ,’ लामिछानेले भने, ‘तर, खतरापूर्ण ठाउँमा, नदी किनारमा, पहिरो आउने, बाढीले बगाउने ठाउँमा बसेका नागरिकहरूलाई जतिसक्दो चाँडो स्थानान्तरण गर्नुपर्ने हुन्छ । त्यसो हुँदा उहाँहरूलाई घरबारविहीन बनाइने छैन । यो रास्वपाको, यो सरकारको निर्णय हो ।’

उनले असुरक्षित भएका बसोबासलाई तत्काल सम्बोधन भएको भन्दै काठमाडौंको जस्तै देशैभर सूचना जारी भएको बताए ।

‘असुरक्षित बसोबासलाई तत्काल सम्बोधन गरेको हो । काठमाडौंको हकमा सुरुदेखि नै सूचना गएका छन् । देशैभरका भूमिहीन सुकुमवासीलाई पनि यही सन्देश जारी गर्न चाहन्छु । जुन तरिकाले आतंकित पार्ने काम भएको छ, केन्द्र सरकारले गरेको निर्णय पनि यही हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपा सभापति रवि लामिछानेले सीमा क्षेत्रमा तस्करी व्यापक बनेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले कडाइ गरेको बताएका छन् । अहिले सीमा क्षेत्रमा तस्करी रोक्दा केही असन्तुष्टि देखिएपनि तस्करी नियन्त्रण गर्नैपर्ने अवस्थामा सरकारले कडाइ गर्नुपरेको उनको भनाइ थियो । आइतबार निजी क्षेत्रसँगको संवादमा उनले सीमा क्षेत्रमा बसोवास गर्ने नागरिकहरूको जीवनशैली नै वारिपारि आवतजावत गरेर सस्तो बजारबाट किनमेल ...
। चीनका लागि नेपालका पूर्वराजदूतहरुले संवेदनशील र प्रभावकारी परराष्ट्र नीति अपनाउन सरकारलाई अपिल गरेका छन् । नेपाल–चीन दौत्य सम्बन्ध ७० वर्ष पुगेको उपलक्ष्यमा चीनका लागि नेपालका पूर्वराजदूतहरु राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीले संयुक्त विज्ञप्ति जारी जारी गर्दै सरकारलाई सो आग्रह गरेका हुन् । नेपालको लिपुलेक ...
। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा बैठक बोलाउन दबाब बढाइरहेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्ने, भिडियो सन्देश जारी गर्नेदेखि सार्वजनिक सम्बोधन गर्दा पनि साम्पाङले संसद् बैठक तत्काल राख्न माग गरिरहेका छन् । ‘संसद् खोल्न पर्दैन ? किन जनमतलाई यसरी बन्दी बनाएको ?’ पछिल्लो एक स्टाटसमा उनले भनेका छन् । असाध्यै धेरै स्टाटस लेख्ने ...
। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं सांसद महावीर पुनले वर्तमान सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रलाई बेवास्ता गर्न खोजेको भन्दै कडा आपत्ति जनाएका छन् । विज्ञान तथा प्रविधि मन्त्रालयको अस्तित्व नै नामेट पार्न खोजिएको र नवप्रवर्तनलाई उद्योग मन्त्रालयअन्तर्गत मात्र खुम्च्याउन खोजिएको भन्दै पूर्व शिक्षामन्त्री समेत रहेका पुनले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका हुन् । सोमबार बिहान फेसबुकमा ...
। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन् । मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित शहीद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा उनले सबै कम्युनिष्टहरू एकताबद्ध भएर क्रातिको सपना पूरा गरिने बताए । ‘हामी समाजवादको यात्रामा अगाडि बढ्ने भनेर लागिरहेका छौँ, त्यसका लागि विभिन्न कम्युनिष्ट समूह एकताबद्ध भएर ...