मुख्य समाचार
सरकार विधिको शासनभन्दा पनि कानुनमार्फत शासन गर्ने प्रवृत्तितर्फ उद्धत रहेको आरोप
सरकार विधिको शासनभन्दा पनि कानुनमार्फत शासन गर्ने प्रवृत्तितर्फ उद्धत रहेको आरोप

। नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकार विधिको शासनभन्दा पनि कानुनमार्फत शासन गर्ने प्रवृत्तितर्फ उद्धत रहेको आरोप लगाएकी छिन् ।

सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सरकारको कार्यशैलीले संसदीय सर्वोच्चता र लोकतान्त्रिक मूल्य मान्यतामाथि नै प्रहार गरेको बताइन् ।

बैठकमा विशेष ध्यानाकर्षण गराउँदै गुरुङले सरकारले संसद अधिवेशन छलेर अध्यादेश ल्याउने कार्यप्रति गम्भीर आपत्ति पनि जनाइन् ।

‘अहिले देशमा त्यस्तो के विपद् आइलाग्यो जसका कारण संसद छलेर फटाफट अध्यादेश ल्याउनुपर्‍यो ? यसले शक्ति पृथकीकरणको सिद्धान्तलाई गिज्याइरहेको छ,’ उनले बैठकमा आफ्नो धारणा राख्दै भनिन् ।

सांसद गुरुङले आवासको हक सम्बन्धी संवैधानिक व्यवस्था र सुकुमवासी बस्तीमा चलाइएको डोजरका विषयमा पनि सरकारको आलोचना पनि गरिन् ।

‘भूमिसम्बन्धी ऐन, २०२१ को आठौँ र नवौँ संशोधनले भूमिहीन सुकुमवासीको पहिचान र प्रमाणीकरण गरी जग्गा उपलब्ध गराउने व्यवस्था गरेको छ,’ उनले भनिन्, ‘तर सरकारले आफ्नै ऐनको पालना नगरी, सुकुमवासीको पहिचान नै नगरी कुन आधारमा डोजर चलायो ? नागरिकलाई सडकमा ल्याउन सरकारलाई कुन नैतिकताले दियो ?’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मंगलबार संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म उक्त परामर्श गर्न लागेको हो । कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीका अनुसार, छलफलका क्रममा सहभागी ...
। राष्ट्रपति रामचन्द्र पौडेलले ‘पुनर्विचार गर्नु’ भनेर पठाएको २४ घण्टा नबित्दै सरकारले त्यही अध्यादेश जारी गर्न फेरि राष्ट्रपतिलाई सिफारिस गरेको छ । सन्देशसहित अध्यादेश फिर्ता गर्ने राष्ट्रपतिको कदमलाई अस्वीकार गर्दै सरकारले फेरि अध्यादेश पठाएको हो । अब राष्ट्रपतिसँग अध्यादेश जारी गर्नुको विकल्प देखिँदैन । संविधानमा संसद्का दुवै सदनबाट पारित भएका विधेयकहरू एकपटक पुनर्विचारका लागि फिर्ता पठाउन सक्छन् ...
। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको स्थायित्वलाई मुलुक विकासको अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् । महासंघको ६० औं वार्षिक साधारणसभा उद्घाटनका अवसरमा सोमबार बोल्दै अध्यक्ष ढकालले भने, ‘सरकारको स्थायित्वलाई मुलुकको विकास र यस मार्फत सबै क्षेत्रमा स्थायित्व प्रदान गर्ने अवसरका रुपमा सदुपयोग गरिनुपर्छ ।’ उनले मुलुकसामू अभूतपूर्व अवसर आएको भन्दै स्थायी सरकार ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले चनचासोको विषयमा केन्द्रित भएर छलफल गर्न सांसदहरूलाई आग्रह गरेकी छिन् । सोमबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संसद र संसदीय समितिलाई प्रभावकारी बनाउन पनि सांसदहरूले विषय केन्द्रित छलफल गर्न आवश्यक रहेको प्रष्ट पारिन् । ‘मैले जवाफ दिने सवालमा ...
। सरकारले सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । यस गुरुयोजनामा संसद भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको छ । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले भने, ‘सिंहदरबारको एउटा गुरुयोजना निर्माण भएको छ, भित्रको आन्तरिक कुरा अलि व्यवस्थित बनाउनका लागि हो । प्रवेशका लागि सहजीकरण ...