मुख्य समाचार
इन्टर मिलानले २१औं पटक इटालियन सिरी ए को उपाधि जिते
इन्टर मिलानले २१औं पटक इटालियन सिरी ए को उपाधि जिते

। इन्टर मिलानले २१औं पटक इटालियन सिरी ए को उपाधि जितेको छ । आइतबार राति भएको खेलमा पार्मालाई २-० ले पराजित गर्दै इन्टरले ३ खेल बाँकी छँदै उपाधि पक्का गरेको हो ।

सान सिरोमा भएको खेलमा इन्टरका लागि मार्कुस थुराम र हेनरिक मिखातर्‍यानले समान एक गोल गरे । थुरामले पहिलो हाफमा इन्जुरी टाइममा गोल गर्दै अग्रता दिलाएका थिए भने मिखातर्‍यानले ८०औं मिनेटमा गोल गर्दै जित पक्का गरे ।

यो जितपछि शीर्ष स्थानको इन्टरले दोस्रो स्थानको नापोलीमाथि १२ अंकको अग्रता बनाएको छ । इन्टरले ३५ खेलबाट ८२ अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानको नापोलीको ३५ खेलबाट ७० अंक छ ।

नापोलीले बाँकी खेल जितेर इन्टरले बाँकी खेलमा हार बेहोरेपछि इन्टरलाई उछिन्न सक्दैन । सन् २०२४ मा च्याम्पियन बनेको इन्टरले एक सिजनपछि नै लिग उपाधि जितेको हो ।

इन्टर सर्वाधिक सिरी ए उपाधि जित्नेमा दोस्रो स्थानमा छ । युभेन्ट्सले सर्वाधिक ३६ पटक सिरी ए उपाधि जितेको छ भने एसी मिलानले १९ पटक उपाधि जितेर तेस्रोमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ। मंगलबार सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङ एफसीले काठमाडौंकै मछिन्द्र एफसीलाई १-० गोलले हराएसँगै प्रतियोगिताको सेमिफाइनल खेल्ने टोलीको टुंगो लागेको हो। चित्लाङको जीतमा एरोन थापाले ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। प्लेयर अफ दि म्याच थापा घोषित भए। उनले ...
— आसिफ शेखको सानदार ब्याटिङ र गुलशन झाको उत्कृष्ट बलिङमा नेपालले क्रिकेट विश्वकप लिग २ मा मंगलबार ओमानलाई ८१ रनले पराजित गरेको छ । आसिफले ९४ रन बनाएपछि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरको खेलमा ४९.५ ओभरमा २ सय ५६ रनमा अलआउट भएको थियो । गुलशनले ५ विकेट लिएपछि ...
— टोटनहमले इंग्लिस प्रिमियर लिगमा आइतबार एस्टन भिल्लालाई २–१ ले हराएर रेलिगेसन क्षेत्र छाडेको छ । यो जितपछि टोटनहमको ३७ अंक भएको छ र १७ औं स्थानमा उक्लिन सफल रह्यो । वेस्ट ह्याम भने ३६ अंकमा १८ औं स्थानमा झर्‍यो । यस जितमा टोटनहमका लागि कोनोर ग्यालिघर र रिचार्लिसनले एक एक गोल गरे । भिल्ला भने ...
। आउँदो एल क्लासिको खेल जिते बार्सिलोनाले ला लिगाको उपाधि जित्ने भएको छ । गएराति भएको खेलमा रियल मड्रिडले इस्पान्योललाई पराजित गरेपछि बार्सिलोनाले उपाधिका लागि अझै पर्खनुपर्ने भएको हो । आरसीडीई स्टेडियममा भएको खेलमा रियल मड्रिड २–० ले विजयी भयो । जितमा भिनिसियस जुनियरले दोस्रो हाफमा दुई गोल गरे । उनले पहिलो गोल गोन्सालो गार्सियासँगको उत्कृष्ट वन–टु ...
। इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड दुई वर्षपछि युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्थान बनाएको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको लिभरपुलसँगको खेलमा जित निकाल्दै युनाइटेडले शीर्ष ४ मा फिनिस गर्ने पक्का गरेर च्याम्पियन्स लिगका लागि छनोट भएको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको रोमाञ्चक खेलमा युनाइटेडले लिभरपुललाई ३–२ ले हरायो । खेलको सुरुवातबाटै आक्रामक देखिएको युनाइटेडले ...