मुख्य समाचार
बार्सिलोनाले उपाधि जित्न ‘एल क्लासिको’ सम्म पर्खनुपर्ने, रचिएला इतिहास ?
बार्सिलोनाले उपाधि जित्न ‘एल क्लासिको’ सम्म पर्खनुपर्ने, रचिएला इतिहास ?

। आउँदो एल क्लासिको खेल जिते बार्सिलोनाले ला लिगाको उपाधि जित्ने भएको छ । गएराति भएको खेलमा रियल मड्रिडले इस्पान्योललाई पराजित गरेपछि बार्सिलोनाले उपाधिका लागि अझै पर्खनुपर्ने भएको हो ।

आरसीडीई स्टेडियममा भएको खेलमा रियल मड्रिड २–० ले विजयी भयो । जितमा भिनिसियस जुनियरले दोस्रो हाफमा दुई गोल गरे ।

उनले पहिलो गोल गोन्सालो गार्सियासँगको उत्कृष्ट वन–टु पासपछि गरेका थिए भने दोस्रो गोल जुड बेलिङहमको ब्याकहिल पासमा गरे । यसअघि भिनिसियसको एक प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

इस्पान्योलका ओमार एल हिलालीलाई भिनिसियसमाथि फाउल गरेपछि रेफ्रीले रातो कार्ड देखाए पनि भिडियो सहायक रेफ्री (भीएआर) को सहायतामा निर्णय उल्टाइएको थियो ।

यस नतिजासँगै बार्सिलोनालाई उपाधि जित्न अझै कुर्नुपर्ने भएको छ । अब उनीहरूले अर्को आइतबार आफ्नै मैदान नोउ क्याम्पमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडविरुद्ध हुने ‘एल क्लासिको’ मा बराबरी खेले मात्र पनि च्याम्पियन बन्नेछन् ।

ला लिगाको ९७ वर्षे इतिहासमा ‘एल क्लासिको’ मै उपाधि जितिएको उदाहरण छैन, जसले यसपटक इतिहास बन्ने सम्भावना बढाएको छ ।

बार्सिलोना हाल रियलभन्दा ११ अंकले अघि छ र सिजनको अन्तिम चार खेल जितेमा १०० अंक पुर्‍याउँदै कीर्तिमान बराबरी गर्नेछ । यसअघि रियल मड्रिड (२०११–१२) र बार्सिलोना (२०१२–१३) ले १०० अंक बनाएका थिए ।

यस्तै, बार्सिलोनाले यो सिजन जित हासिल गरेमा २९औं ला लिगा उपाधि जित्नेछ । यस्तै एकै सिजनमा सबैभन्दा धेरै जित (३३) को नयाँ कीर्तिमान पनि बनाउन सक्छ ।

यता रियल मड्रिडका लागि भने यो सिजन निराशाजनक बन्ने देखिएको छ । २००९–१० पछि दोस्रो पटक उनीहरू ट्रफीविहीन सिजनतर्फ उन्मुख भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...
। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र बहराइनबीचको अन्तर्राष्ट्रिय खेलमा अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्व मिलेमतो तथा अनियमिता गरेको निष्कर्ष निकालेको छ । सीआईबीले गरेको अनुसन्धानले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यताबाट अयोग्य बनाउन एन्फा नै लागेका निष्कर्ष निकालेको हो । विश्वकप छनोटको यमनसँगको खेलपछि बहराइनसँग खेल हुन करिब ...