। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले राजीनामा दिएका छन् ।
उनले सोमबार सभापति गगनकुमार थापासमक्ष राजीनामा बुझाएका हुन् । अध्यक्ष विश्वकर्माले आफ्नो पारिवारिक र शारिरिक समस्याका कारण पदमा रहेर जिम्मेवारी पूरा गर्न असमर्थ रहेकाले राजीनामा दिनुपरेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
निवर्तमान सभापति शेरबहादुर देउवाले उनले १३ असोज २०८०मा दलित संघको केन्द्रीय अध्यक्षमा नियुक्त गरेका थिए ।
केही दिन अघि नेपाल तरूण दलका अध्यक्ष विद्धान गुरुङले पनि सभापति थापासमक्ष राजीनामा बुझाएका थिए ।