। सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा कुनै परिमार्जन नगरी पुन: सिफारिसका लागि राष्ट्रपति कार्यालय पठाइएको बताएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ जारी गर्नका लागि पुन: सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
उनका अनुसार, परिमार्जन नगरी अध्यादेश पठाइएको उनले बताए । ‘पहिला जुन थियो, त्यही नै पठाएका छौं । कुनै परिमार्जन छैन,’ प्रवक्ता पोखरेलले भने ।
यसअघि सरकारले संवैधानिक परिषद्सहित विभिन्न ८ वटा अध्यादेश सिफारिस गरेको थियो । तीमध्ये ७ वटा अध्यादेश भने राष्ट्रपतिले जारी गरिसकेका छन् ।
विभिन्न कानुनविद्सहितको राय लिएर राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए ।