मुख्य समाचार
टोटनहमले छाड्यो रेलिगेसन क्षेत्र
टोटनहमले छाड्यो रेलिगेसन क्षेत्र

— टोटनहमले इंग्लिस प्रिमियर लिगमा आइतबार एस्टन भिल्लालाई २–१ ले हराएर रेलिगेसन क्षेत्र छाडेको छ । यो जितपछि टोटनहमको ३७ अंक भएको छ र १७ औं स्थानमा उक्लिन सफल रह्यो । वेस्ट ह्याम भने ३६ अंकमा १८ औं स्थानमा झर्‍यो ।

यस जितमा टोटनहमका लागि कोनोर ग्यालिघर र रिचार्लिसनले एक एक गोल गरे । भिल्ला भने ५८ अंकमा पाँचौं स्थानमा छ । यसअघि म्यानचेस्टर युनाइटेडले लिभरपुललाई ३–२ ले हराएर अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने निश्चित गरेको छ ।

युनाइटेडको यो जितपछि ६४ अंक भएको छ र तेस्रो स्थानमा रह्यो । लिभरपुल भने ५८ अंकमा चौथो स्थानमा रहेको छ । यस्तै अर्को खेलमा बर्नमाउथले क्रिस्टल प्यालेसलाई ३–० ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिफा विश्वकप २०२६ सुरु हुन एक महिना बाँकी छ । अमेरिका, क्यानडा र मेक्सिकोमा हुन लागेको विश्वकपमा पहिलोपटक ४८ टोलीले सहभागिता जनाउँदै छन् । तसर्थ लामो समयसम्म विश्वकपमा छनोट हुन नसकेका टोलीहरुले पनि यसपटक विश्वकपमा स्थान बनाउन सफल भएका छन् । विश्वकप खेल्ने टोलीको संख्या ३२ बाट ४८ पु¥याउँदा ४ देशले पहिलोपटक विश्वकप खेल्दैछन् । २३औं ...
। फिफा विश्वकप २०२६ सुरु हुन अब एक महिना बाँकी छ । विश्व फुटबलको महाकुम्भको रुपमा रहेपनि यस पटक फिफा विश्वकपको खासै चर्चा हुन सकेको छैन । पश्चिम एसिया युद्धको असर, इरानले विश्वकप नखेल्ने धम्की अनि अमेरिकामा फरक ‘टाइमजोन’ मा हुने खेलले गर्दा विश्वकपको रमझम खासै देखिएको छैन । तर यस पटकको विश्वकप अहिलेसम्मकै ठूलो हुनेछ ...
। पाकिस्तान र बंगलादेशविरुद्ध हुने एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि अस्ट्रेलियाको टोली भएको छ । यू-१९ टोलीका कप्तान ओलिभर पिक पहिलोपटक टोलीमा समावेश भएका छन् । उनी घरेलु क्रिकेटमा सीमित अनुभव भए पनि प्रतिभाका आधारमा राष्ट्रिय टोलीमा बोलाइएका हुन् । नियमित कप्तान प्याट कमिन्स, जोश हेजलउड र मिचेल स्टार्कलाई यस भ्रमणमा विश्राम दिइएको छ । भारतमा भइरहेको इन्डियन ...
। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले प्राविधिक र व्यावहारिक कारणले संघको वार्षिक साधारण सभामा केही ढिलाइ भएको बताएका छन् । उनले नेपाल प्रिमियर लिगको हिसाबमा पनि केही ढिलो भएको बताए । विराटनगरमा संघको साधारणसभाको उद्घाटनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पछिल्लो राजनीतिक अवस्था र क्रिकेटका गतिविधिका कारण साधारण सभा तोकिएको समयभन्दा ढिलो भएको बताएका हुन् ...
। बार्सिलोनाले चिरप्रतिद्वन्द्वी प्रतिद्वन्द्वी रियल मड्रिडसँगको दोस्रो एकल क्लासिको खेल जित्दै स्पेनिस ला लिगाको उपाधि जितेको छ । गएराति घरेलु मैदानमा खेलमा बार्सिलोनाले रियललाई २–० ले पराजित गर्दै लगातार दोस्रोपटक अनि समग्रमा २९औं उपाधि जितेको हो । बार्सिलोनाका लागि मार्कस रासफर्डले नवौं मिनेटमा आकर्षक फ्रिकिकमार्फत पहिलो गोल गरेका थिए । त्यसपछि १८औं मिनेटमा फेरान टोरेसले दोस्रो गोल ...