मुख्य समाचार
ठूला परियोजनामा लगानीका लागि लगानी बोर्डको भूमिका महत्त्वपूर्ण
ठूला परियोजनामा लगानीका लागि लगानी बोर्डको भूमिका महत्त्वपूर्ण

— लगानी बोर्ड नेपालका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा दीर्घकालीन महत्त्वका ठूला परियोजनाहरुमा लगानीका लागि लगानी बोर्डले आफ्नो भूमिका स्थापित गरेको बताएका छन् ।

बोर्डको कार्यालयमा आयोजित बिदाइ कार्यक्रममा उनले लगानी बोर्डले हालसम्म करिब १७ खर्ब रुपैयाँ बराबरका परियोजनाहरु स्वीकृत गरेको र थप करिब २० खर्ब रुपैयाँ बराबरका परियोजनाहरुमा लगानी गर्नका लागि लगानीकर्ताहरुबाट लगानी प्रस्ताव प्राप्त भएकाले ठूला लगानीका परियोजनाहरु अघि बढाउन बोर्ड आवश्यक रहेको बताए ।

उनले लगानी बोर्डले हालै नेपाल उद्योग परिसंघसँगको सहकार्यमा १०० अर्ब अमेरिकी डलर बराबरका पीपीपी परियोजनाहरुको पाइपलाइन तयार पारी आगामी दस वर्षभित्र कार्यान्वयन गर्ने लक्ष्यसहित लगानीकर्ताहरुको बीचमा लैजान थालेको र यसले आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलर पुर्‍याउन महत्त्वपूर्ण योगदान गर्ने जनाए ।

लगानी बोर्डका अनुसार हालसम्म लगानी बोर्डमार्फत स्वीकृत भएका ५३ वटा परियोजनाहरुमध्ये ५८ अर्ब ८१ करोड लगानीका २ वटा परियोजना सम्पन्न भई उत्पादन चरणमा रहेका, ५ खर्ब ९८ अर्ब लगानीका २८ वटा परियोजनाहरु निर्माण भइरहेका, रु. २ खर्ब ५५ अर्ब लगानीका २ वटा परियोजनाहरु वित्तीय व्यवस्थापनसहित कार्यान्वयन चरणमा प्रवेश गरेका छन् भने रु. ५ खर्ब ५५ अर्ब लगानीका ११ वटा परियोजनाहरु 'आयोजना विकास सम्झौता' चरणमा रहेका र रु. ८४ अर्ब लगानीका ५ वटा परियोजनाहरु सम्बन्धित लगानीकर्तामार्फत विस्तृत अध्ययन भइरहेका छन् ।

निवर्तमान प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आफ्नो कार्यकालमा करिब ५ खर्ब रुपैयाँका परियोजनाहरु कार्यान्वयनको चरणमा पुगेको जानकारी दिँदै बोर्डले लगानीका लागि लिइएका लक्ष्यहरु हासिल गर्न सकिने आधारहरु तयार भएको बताए ।

त्यसैगरी बोर्डले एकल बिन्दु सेवा केन्द्रसम्बन्धी कार्यविधि, स्वीस च्यालेन्जसम्बन्धी कार्यविधि, कोष सञ्चालनसम्बन्धी कार्यविधि, जग्जा अधिग्रहणसम्बन्धी कार्यविधि, विज्ञ परिचालनसम्बन्धी कार्यविधि, प्रदेश एवं स्थानीय तहका लागि सार्वजनिक निजी साझेदारीसम्बन्धी खाका, हाइब्रिड एन्युइटी मोडेलसम्बन्धी कार्यविधिहरुको मस्यौदा तयार पार्नुका साथै एकद्वार स्वीकृति प्रणालीकालागि समेत ऐन संशोधनको मस्यौदा तयार पारेको छ ।

लगानी बोर्डलाई वित्तीय, प्रशासनिक एवं कानुनी हिसाबले स्वायत्त बनाउने आधार तयार भएको उल्लेख गर्दै ज्ञवालीले लागनीका लागि वातावरण तयार पार्न आफ्नो तर्फबाट आगामी दिनमा पनि सक्दो योगदान पुर्‍याउने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम