मुख्य समाचार
अत्यावश्यक खनिज आपूर्ति श्रृंखला विकासका लागि नयाँ सुविधा घोषणा
अत्यावश्यक खनिज आपूर्ति श्रृंखला विकासका लागि नयाँ सुविधा घोषणा

— एसियाली विकास बैंक (एडीबी)ले एसीयाली मुलुकलाई स्वच्छ ऊर्जा, ब्याट्री, विद्युतीय सवारी र डिजिटल प्रविधिका लागि आवश्यक पर्ने अत्यावश्यक खनिज पदार्थको आपूर्ति श्रृंखला विकासका लागि सहयोग गर्ने नयाँ वित्तीय सुविधाको घोषणा गरेको छ ।

५९ औं वार्षिक बैठकमा एडीबीका अध्यक्ष मासातो कान्दाले अत्यावश्यक खनिज पदार्थले आगामी औद्योगिक युगलाई निर्धारण गर्ने बताए । 'एसिया र प्रशान्त क्षेत्र कच्चा पदार्थको मात्र स्रोत नभई यसबाट सिर्जना हुने रोजगारी, प्रविधि र मूल्यमा पनि हिस्सेदार हुनुपर्छ,' उनले भने।

यो सुविधा अतिआवश्यक र समानतामा आधारित रहेको भन्दै उनले जिम्मेवार आपूर्ति श्रृंखलाको निर्माण गर्दै विकासशील सदस्य राष्ट्रहरुलाई उन्नत उत्पादन क्षेत्रमा प्रतिस्पर्धा गर्न र आफ्नै देशमा अवसर सिर्जना गर्न समेत रहेको उनले बताए।

अत्यावश्यक खनिजदेखि उत्पादन वित्तीय साझेदारी कार्यक्रमले खनिज उत्खननबाट अघि बढेर प्रशोधन, उत्पादन र पुन: प्रयोगजस्ता उच्च मूल्यका उद्योगतर्फ लैजान मदत गर्ने छ ।

यो कार्यक्रमले अत्यावश्यक खनिजको आयोजना तयारी, नीतिगत सुधार र खनिजको मूल्य श्रृंखलामा सार्वजनिक लगानी तथा निजी वित्तीय सहयोगलाई सहयोग गर्नेछ ।

यो सुविधालाई अनुदान र क्याटलाटिक फाइनान्स गरी दुई भागमा विभाजन गरिएको छ ।

अनुदानले सम्भाव्यता अध्ययन, वातावरणीय र सामाजिक मूल्याङ्कन, प्राविधिक सहायता र ज्ञान आदानप्रदान लगायतका प्रारम्भिक परियोजना कार्यहरूमा लगानी गर्नेछ ।

जापान सरकारले अनुदानका लागि २० मिलियन डलर प्रतिबद्धता जनाएको छ भने बेलायत सरकारले १.६ मिलियन डलर प्रतिबद्धता जनाएको छ ।

क्याटालिटिक फाइनान्समा अन्य वित्तीय साझेदारहरूबाट सह-वित्तीयकरण र जोखिम-साझेदारी भित्र्याउनका लागि डिजाइन गरिएको हो।

कोरिया एक्जिम बैंक र कोरियाली व्यापार बिमा निगमले साझेदारका रूपमा प्रत्येकले ५०० मिलियन डलरको समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

यो सुविधा जिम्मेवार र दिगो 'क्रिटिकल मिनरल्स-टु-म्यानुफ्याक्चरिङ' मूल्य श्रृंखलालाई सहयोग गर्ने रणनीतिमा आधारित छ।

एडीबीले पहिले नै भारतमा ब्याट्री उत्पादन र रिसाइकलिङ, मङ्गोलियामा भौगर्भिक तथ्याङ्क म्यापिङ, उज्वेकिस्तानमा एआई-संचालित क्रिटिकल मेटल उत्पादन र चक्रीय दृष्टिकोण, काजाकिस्तानमा क्रिटिकल मिनरल्स रणनीति र फिलिपिन्समा क्रिटिकल मिनरल्स मार्गचित्र तथा नियामक सुधारहरूमा सहयोग गरिरहेको छ।

एडीबीले अत्यावश्यक खनिजको आपूर्ति श्रृंखलासम्बन्धी जानकारी सुधार गर्न र राम्रो नीतिगत समन्वयलाई सहयोग गर्न साझेदारहरूसँग मिलेर 'अत्यावश्यक खनिज' डाटाबेस स्थापना गर्न पनि काम गरेको छ।

यस सुविधामार्फत् सहयोग प्राप्त गर्ने सबै परियोजनाहरू एडीबीको कडा वातावरणीय र सामाजिक आवश्यकताहरू, उचित अध्ययन र प्रभाव मूल्याङ्कनको अधीनमा हुनेछन्।

यो सुविधाले यस क्षेत्रमा रोजगारी सिर्जना गर्ने र समावेशी आर्थिक वृद्धिलाई सहयोग गर्दै स्वच्छ ऊर्जा र डिजिटल प्रविधिहरूको बढ्दो माग पूरा गर्न मद्दत गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम