मुख्य समाचार
फेसबुकमार्फत सार्वजनिक अनुरोध जारी गर्दै निस्सा प्राप्त सुकुम्बासीहरूलाई आन्दोलनको बाटो नरोज्न आग्रह
फेसबुकमार्फत सार्वजनिक अनुरोध जारी गर्दै निस्सा प्राप्त सुकुम्बासीहरूलाई आन्दोलनको बाटो नरोज्न आग्रह

— सुकुमवासी बस्ती खाली गराउने सूचनाविरुद्ध भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीले चरणवद्ध आन्दोलनको घोषणा गरेको सन्दर्भमा पोखरा महानगर प्रमुख धनराज आचार्यले सोमबार फेसबुकमार्फत सार्वजनिक अनुरोध जारी गर्दै निस्सा प्राप्त सुकुम्बासीहरूलाई आन्दोलनको बाटो नरोज्न आग्रह गरेका छन् ।

साथै, 'संघर्ष समिति' को सट्टा 'सहयोग तथा सहजीकरण समिति' बनाएर महानगरसँग मिलेर समस्या समाधान गर्न उनले सुझाव दिएका छन् ।

आचार्यले भने, 'तपाईंहरूले आन्दोलन गर्न आवश्यक छैन । महानगरपालिका तपाईंहरूको समस्याको समाधानका लागि जिम्मेवार ढंगले कार्यरत छ । कृपया कसैको स्वार्थका लागि प्रयोग नहुनुहोस् ।'

उनले अतिक्रमित स्थल खाली गराउने सूचना जारी भएपछि केही पक्षले सुकुम्बासी बस्तीलाई मानव ढालका रूपमा प्रयोग गर्ने प्रयास गरिरहेको भन्दै यस्तो कार्य दुःखद भएको बताए । 'अनावश्यक उत्तेजना र आवेग सिर्जना गरिएको छ, जसले वास्तविक सुकुम्बासीको हितभन्दा अरूकै स्वार्थ पूरा गर्छ,' उनले भने ।

उनले पोखरा महानगरपालिकाले सुकुम्बासी समस्या समाधानमा उल्लेखनीय काम गरेको दाबी गर्दै महानगरले सम्भवतः देशभरमै सबैभन्दा छिटो निस्सा वितरणको काम सम्पन्न गरेको उल्लेख गरे । हालसम्म १९ हजार ८ सय ५६ परिवारलाई सुकुम्बासी र अव्यवस्थित बसोबासीका रूपमा निस्सा वितरण भइसकेको छ ।

उनका अनुसार निस्सा प्राप्त नागरिकहरूको यथार्थ छानबिन गरिनेछ । बसोबास गरिरहेको स्थान जोखिमरहित भएको र सरकारी परियोजनाका लागि आवश्यक नभएको अवस्थामा सोही स्थानमा व्यवस्थापन गरिनेछ । नियमानुसार वैकल्पिक स्थानमा व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

उनले संघर्ष समिति गठन गरी आन्दोलन गर्नुभन्दा 'सहयोग तथा सहजीकरण समिति' बनाएर माग र सुझावहरू महानगरपालिका वा सम्बन्धित वडा कार्यालयमा औपचारिक रूपमा पेश गर्न अनुरोध गरेका छन् ।

पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले वैशाखको पहिलो साता सार्वजनिक, ऐलानी तथा पर्ति जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन अल्टिमेटम दिएका थिए । उक्त सूचनापछि भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीले सोमबार जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिकामा ज्ञापनपत्र बुझाउने, त्यसपछि कोणसभा गर्ने र बुधबारदेखि थप कडा आन्दोलनका कार्यक्रम तय गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका प्रतिनिधिले उठिबास रोक्न माग गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएका छन् । भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको ज्ञापनपत्रमा आवास, जीविकोपार्जन र खाद्य सुरक्षा नागरिकको मौलिक हक भएको उल्लेख गर्दै विकल्प नदिई नागरिकलाई उठिबास लगाउने मानवअधिकारविपरीतको कार्य रोक्न माग गरेका हुन् ...
— सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार विद्यार्थी संगठन खारेज गर्नुको आधार र कारणसहित लिखित जवाफ पेस गर्न आदेश गरेको हो । सन्दिप थापासहित पाँच जनाले दायर गरेको रिटमा सर्वोच्चले छलफलमा बोलाउने आदेश गरेको हो । २८ वैशाखमा दुवै पक्षलाई छलफलका लागि ...
— संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मंगलबार संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म उक्त परामर्श गर्न लागेको हो । कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीका अनुसार छलफलका क्रममा ...
— कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले लिपुलेक–लिम्पियाधुरा–कालापानी क्षेत्रबारे भारत र चीनबीच भएको सहमतिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणका लागि प्रभावकारी कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेको छ । बैठकले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने गरी भारत र चीनबीच भएको सहमतिलाई नेपालको जानकारी र सहमतिविना गरिएको भन्दै ...
— सन् २०२६ को अप्रिल महिनामा नेपाल भित्रिने अन्तर्राष्ट्रिय पर्यटकको संख्यामा अघिल्लो वर्षको तुलनामा केही गिरावट देखिएको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिल २०२६ मा कुल १ लाख ७ हजार ९३४ जना पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्ष २०२५ को सोही महिना (१ लाख १६ हजार ४९०) को तुलनामा ७.३ प्रतिशतले ...