मुख्य समाचार
अप्रिलमा नेपाल भित्रिने पर्यटक ७.३ प्रतिशतले घटे
अप्रिलमा नेपाल भित्रिने पर्यटक ७.३ प्रतिशतले घटे

— सन् २०२६ को अप्रिल महिनामा नेपाल भित्रिने अन्तर्राष्ट्रिय पर्यटकको संख्यामा अघिल्लो वर्षको तुलनामा केही गिरावट देखिएको छ । अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिल २०२६ मा कुल १ लाख ७ हजार ९३४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

यो संख्या गत वर्ष २०२५ को सोही महिना (१ लाख १६ हजार ४९०) को तुलनामा ७.३ प्रतिशतले कमी हो । यस्तै, कोरोना महामारी पूर्वको वर्ष अर्थात् सन् २०१९ को अप्रिलको तुलनामा पनि पर्यटकको संख्या १.३ प्रतिशतले घटेको देखिन्छ ।

तथ्यांकअनुसार नेपाल भित्रिने पर्यटकमध्ये भारतीय नागरिक सबैभन्दा बढी छ । अप्रिल महिनामा मात्रै २५ हजार १९६ भारतीय पर्यटक नेपाल आएका छन् । यो कुल आगमन संख्याको २३.३ प्रतिशत हो । यद्यपि, यो संख्या गत वर्ष (२५,९३३) को तुलनामा सामान्य कम हो । चीनबाट हुने आगमनमा भने उत्साहजनक सुधार देखिएको छ । गत वर्ष अप्रिलमा ९ हजार ३७ चिनियाँ पर्यटक नेपाल आएकोमा यस वर्ष बढेर ११ हजार ७२२ पुगेको छ ।

सन् २०२६ अप्रिलका शीर्ष १० देशहरूमा भारत ( २५ हजार १९६), चीन ( ११ हजार ७२२), अष्ट्रेलिया (५ हजार ३२७), बंगलादेश (५हजार२३१), संयुक्त अधिराज्य (४ हजार ८८६), जर्मनी (३ हजार १४३), मलेसिया (३ हजार ०८५), रुस (२ हजार ६३७), म्यानमार (२ हजार ६२६) र फ्रान्स (२ हजार ४४३) छन् ।

यस महिना अमेरिकी क्षेत्रबाट हुने पर्यटक आगमनमा ठूलो गिरावट देखिएको छ । गत वर्ष अप्रिलमा १२ हजार ७७५ पर्यटक आएकोमा यस वर्ष मात्र २ हजार ५१८ जना आएका छन् । विशेषगरी अमेरिका स‌ंयुक्त राज्य अमेरिकाबाट आउने पर्यटक १० हजार ५३ बाट घटेर २१० मा खुम्चिनुले समग्र तथ्यांकमा असर पारेको छ । युरोपेली बजारबाट पनि यस वर्ष पर्यटक संख्या घटेको छ । गत वर्ष ३० हजार २४९ युरोपेली पर्यटक आएकोमा यस वर्ष २१ हजार ९८८ मात्र आएका छन् ।

कुल पर्यटकमध्ये दक्षिण एसियाली मुलुकहरूको हिस्सा ३१ प्रतिशत रहेको छ । यस्तै, एसियाका अन्य देशहरूको हिस्सा २४.८ प्रतिशत रहेको छ । अन्य क्षेत्रबाट हुने आगमनमा भने उल्लेख्य वृद्धि भई १५ हजार ३६० पुगेको छ । जुन गत वर्ष ७ हजार ४४८ मात्र थियो ।

तथ्यांकले नेपाली पर्यटन बजारमा छिमेकी मुलुकहरूको प्रभाव बलियो देखाए पनि युरोप र अमेरिका जस्ता टाढाका गन्तव्यहरूबाट पर्यटक कम आकर्षित भएकाो देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका प्रतिनिधिले उठिबास रोक्न माग गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएका छन् । भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समितिले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको ज्ञापनपत्रमा आवास, जीविकोपार्जन र खाद्य सुरक्षा नागरिकको मौलिक हक भएको उल्लेख गर्दै विकल्प नदिई नागरिकलाई उठिबास लगाउने मानवअधिकारविपरीतको कार्य रोक्न माग गरेका हुन् ...
— सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार विद्यार्थी संगठन खारेज गर्नुको आधार र कारणसहित लिखित जवाफ पेस गर्न आदेश गरेको हो । सन्दिप थापासहित पाँच जनाले दायर गरेको रिटमा सर्वोच्चले छलफलमा बोलाउने आदेश गरेको हो । २८ वैशाखमा दुवै पक्षलाई छलफलका लागि ...
— संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मंगलबार संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म उक्त परामर्श गर्न लागेको हो । कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीका अनुसार छलफलका क्रममा ...
— कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले लिपुलेक–लिम्पियाधुरा–कालापानी क्षेत्रबारे भारत र चीनबीच भएको सहमतिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणका लागि प्रभावकारी कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेको छ । बैठकले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने गरी भारत र चीनबीच भएको सहमतिलाई नेपालको जानकारी र सहमतिविना गरिएको भन्दै ...
— नेपाली कांग्रेसले सुकुमवासी व्यवस्थापनका नाममा सरकारले अवलम्बन गरेको कार्यशैलीलाई 'क्रुर र अमानवीय' भन्दै विरोध जनाएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले संविधान र कानुनले निर्धारण गरेको प्रक्रिया अवलम्बन नगरी बलपूर्वक बस्ती हटाउने कार्यप्रति गम्भीर आपत्ति जनाएको हो । बैठकले वास्तविक सुकुमवासी तथा भूमिहीन नागरिकलाई आवास उपलब्ध गराउनु राज्यको संवैधानिक दायित्व भएको स्मरण ...