मुख्य समाचार
सगरमाथा क्षेत्रमा जारी वसन्तकालीन आरोहण अभियान अन्तर्गत क्याम्प–३ सम्म डोरी टाँग्ने कार्य सफलतापूर्वक सम्पन्न
सगरमाथा क्षेत्रमा जारी वसन्तकालीन आरोहण अभियान अन्तर्गत क्याम्प–३ सम्म डोरी टाँग्ने कार्य सफलतापूर्वक सम्पन्न

— सगरमाथा क्षेत्रमा जारी वसन्तकालीन आरोहण अभियान अन्तर्गत क्याम्प–३ सम्म डोरी टाँग्ने कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।

एक्सपिडिसन अपरेटर्स एसोसिएसन अफ नेपालका महासचिव ऋषिराम भण्डारीका अनुसार मंगलबार उक्त काम सकिएको हो । बुधबारदेखि सबै अभियान कम्पनीहरूले आफ्नो रोटेसन सुरु गर्दै आवश्यक क्याम्पहरू स्थापना गर्ने छन् ।

यसअघि खुम्बु आइसफल हुँदै क्याम्प–१ र क्याम्प–२ सम्मको मार्ग तयार भइसकेपछि डोरी फिक्सिङ(टाँग्ने) टोलीले माथिल्लो भागतर्फ काम अघि बढाएको थियो ।

क्याम्प–३ सम्म डोरी जडान सम्पन्न भएसँगै सगरमाथा आरोहणको प्रक्रिया थप तीव्र हुने अपेक्षा एसोसिएसनले गरेको छ ।

पर्यटन विभागका अनुसार आधार शिविरमा रहेका आरोहीहरू अहिले अनुकूलनका लागि क्रमशः माथिल्लो क्याम्पतर्फ उक्लिन थालेका छन् ।

मौसम अनुकूल रहेमा क्याम्प–४ हुँदै शिखरसम्म डोरी फिक्सिङ कार्य सम्पन्न गर्ने लक्ष्य १० दिनभित्र सक्ने भनिएको छ ।

यस सिजनका लागि सगरमाथा र ल्होत्से हिमालमा डोरी टाँग्ने तथा मार्ग निर्माण गर्ने जिम्मा पाएका अनुभवी १० जना शेर्पा टोलीले काठमाडौंबाट चैत १० गते लुक्ला हुँदै आधार शिविरबाट माथिल्लो क्याम्पसम्म पुगेर काम गरिरहेका छन् ।

उनीहरूले क्याम्प–२ माथिबाट शिखरसम्मको मार्ग डोरी तानेर निर्माणको जिम्मेवारी सम्हालेका छन् ।

हालसम्म सगरमाथा आरोहणका लागि ४७ वटा दलका ४६४ जना आरोहीहरूले अनुमति लिइसकेका छन् । त्यसैगरी, ल्होत्सेमा १११ जना र नुप्सेमा ५२ जनाले आरोहण अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार, यस वर्ष पनि सगरमाथा क्षेत्रमा उल्लेख्य संख्यामा स्वदेशी तथा विदेशी आरोहीहरूको उपस्थिति रहेको छ । आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै डोरी फिक्सिङ, क्याम्प स्थापना तथा आरोहण गतिविधि अगाडि बढाइएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सरकारले निजामती कर्मचारीसहित स्वास्थ्य सेवा तथा संघीय संसद् सचिवालयका कर्मचारीले खोलेका ट्रेड युनियन खारेज गरेको छ । अध्यादेशमार्फत सम्बन्धित ऐनहरूमा संशोधन गर्दै सरकारले ट्रेड युनियन खोल्न पाउने प्रावधानलाई हटाएको छ । कानुनबाटै ट्रेड युनियनको प्रावधान हटाइएपछि अहिले अस्तित्वमा रहेका कर्मचारीका विभिन्न ट्रेड युनियनहरू अस्तित्वविहीन हुन पुगेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्जाल फेसबुक ...
— सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । अध्यादेशमार्फत भूमिसम्बन्धी ऐनमा संशोधन गरेर ऐनमा रहेको आयोग गठनको प्रावधानलाई हटाएको हो । ऐनमा रहेको आयोग गठनसम्बन्धी प्रावधानको दफा दफा ५२(क)को ३ र ४ लाई अध्याधेशमार्फत संशोधन गर्दै झिकिएको छ । सरकारले दलित भूमिहीनलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि आयोग, समिति वा कार्यदल गठन गर्न सक्ने ...
— भूमिहीन, सुकुमवासी, मुक्त कमैया र गुठीपीडितले मंगलबार घोराहीमा प्रदर्शन गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर नाराबाजी गर्दै केहीबेर सडकमै धर्ना दिएका थिए । अतिक्रमित जग्गा खाली गर्न जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरेपछि त्यसको बिरोधमा दिनहुँजसो प्रदर्शन भइरहेको छ । १५ वैशाखमा स्थानीय तहका प्रतिनिधिहरुको सहभागितामा भएको बैठकपछि जिल्ला प्रशासनले अतिक्रमित ...
— समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मागदाबीकर्ता बचतकर्ताहरूको बचत रकम आगामी जेठ पहिलो सातादेखि फिर्ता प्रक्रिया सुरु गर्ने भएको छ । कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै त्यस्ता मागदाबीकर्ताहरूलाई जेठ पहिलो साताबाट प्रक्रियामा आउन आग्रह गरेको हो । कार्यालयले साना बचतकर्ताबाट बचत रकम वितरण सुरु गर्ने जनाएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ९ वैशाखदेखि कार्य ...
— राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन् । अघिल्लो साता मन्त्रीपरिषद्ले सिफारिस गरेको यही अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए । तर, सरकारले कुनै संशोधन नगरी सोमबार पुनः उही अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपतिले मंगलबार अध्यादेश जारी गरेका ...