मुख्य समाचार
नेपालले क्रिकेट विश्वकप लिग २ मा ओमानलाई ८१ रनले पराजित
नेपालले क्रिकेट विश्वकप लिग २ मा ओमानलाई ८१ रनले पराजित

— आसिफ शेखको सानदार ब्याटिङ र गुलशन झाको उत्कृष्ट बलिङमा नेपालले क्रिकेट विश्वकप लिग २ मा मंगलबार ओमानलाई ८१ रनले पराजित गरेको छ ।

आसिफले ९४ रन बनाएपछि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरको खेलमा ४९.५ ओभरमा २ सय ५६ रनमा अलआउट भएको थियो । गुलशनले ५ विकेट लिएपछि जवाफमा आएको नेपालले लिग २ मा ओमानलाई कीर्तिपुरमा पहिलो पटक पराजित गरेको हो । यसअघि तीन पटक ओमानले नेपाली क्रिकेटका गृह मैदानमा नेपाललाई पराजित गरेको थियो । यस शृंखलामा तेस्रो जित निकालेपछि नेपालको नेपाल २४ खेलमा १८ अंक पुगेको छ र नेपाल सातौं स्थानमा यथावत् छ । ओमान २८ खेलमा ३१ अंक जोडी तेस्रो स्थानमा छ ।

नेपालविरुद्धको अघिल्लो खेलमा १ सय ३० रन बनाएका ओमानका कप्तान जतिन्दर सिंहलाई नन्दन यादवले सातौं ओभरमा १२ रनमा आउट गरी नेपालले विकेट लिन सुरु गरेको थियो । नन्दनले लगत्तै सिद्धार्थ बुक्कापटनमलाई शून्यमा सिधा थ्रोमा रन आउट गरी नेपाललाई दोस्रो सफलता दिलाए ।

ओपनर हसनाइन उल वाहव २९ रनमा आउट भए । उनले ४३ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । हमाद मिर्जा ५१ बल खेली ४ चौका प्रहार गर्दै ३४, विनायक शुक्ला ४१ बल खेली ३ चौका र २ छक्का प्रहार गरी ३६, हसनाइन साह १० बल खेली १४ रनमा आउट भए ।

गुलशनले ९ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिई आफ्नो उत्कृष्ट बलिङ प्रदर्शन गरेका हुन् । उनले एक दिवसीय अन्तर्राष्ट्रियमा दोस्रो पटक एकै खेलमा ५ विकेट लिएका हुन् । २ वर्षअघि क्यानडामा पनि उनले ओमानविरुद्ध ५ विकेट नै लिएका थिए । सन्दीप लामिछाने, करण केसी, दीपेन्द्रसिंह ऐरी र नन्दनले १–१ विकेट लिए ।

कमजोर प्रदर्शनका कारण अघिल्लो खेले खेलेको नेपाली टोलीमा हटाइएका आसिफले यसअघि ९७ बल खेली ७ चौका र ५ छक्का प्रहार गरेका थिए । एक दिवसीय अन्तर्राष्ट्रियमा यो उनको दोस्रो उच्च स्कोर हो । उनी बाउन्ड्री लाइनमा क्याच भएपछि दोस्रो शतक बनाउन चुकेका थिए ।

ओमानले पहिलो ओभर नै स्पिनरबाट सुरु गरेको थियो । देब्रेहाते स्पिनर सकिल अहमदले पहिलो ओभर मेडन फालेपछि जितेन रमानन्दीले दोस्रो ओभरको पहिलो बलमै विनोद भण्डारीलाई शून्यमा क्याच गराए । त्यसपछि आसिफ र अर्जुन कुमालले दोस्रो विकेटमा १ सय २३ रनको साझेदारी गरे । दोस्रो खेल खेलिरहेका अर्जुनले ४८ रन बनाए । उनले ८७ बल खेली ४ चौका प्रहार गरे ।

२८ औं ओभरमा क्रिजमा आएका कप्तान रोहित पौडेल ९ रनमा आउट भए । गुलशन झाले २३ बल खेली २ चौकासहित १७ रन बनाए । उपकप्तान दीपेन्द्रले ३३ रन जोडे । उनले ४२ बल खेली १ चौका प्रहार गरे । तर करण पहिलो बलमै आउट भए भने नन्दन २ र सन्दीप १ रनमा आउट भए ।

आरिफ शेख अन्तिममा आउट भए । उनले २३ बलमा ४३ रन बनाए । उनले अन्तिम ओभरमा हसनाइन साहलाई लगातार तीन छक्का प्रहार गरेका थिए । ओमानबाट नदिम खानले विकेट लिए । उनले १० ओभरमा ४१ रन खर्चे । साह र सकिलले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम