— व्यवसायी शेखर गोल्छालाई म्याद थप गर्न काठमाडौं जिल्ला अदालतले अस्वीकार गरेको छ । न्यायाधीश मोहना सिंहको इजलासले म्याद थप नहुने आदेश गरेको हो ।
सोमबार सर्वोच्च अदालतले धरौटी वा हाजिरी जमानीमा रिहा गर्न आदेश दिएसँगै उनी छुटेका थिए । लगत्तै प्रहरीले पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि पेस गरेको थियो ।
'प्रतिवादी गोल्छालाई हिरासत मै राखी मुद्दाको अनुसन्धान गर्नु पर्नेसम्मको अवस्था देखिएन । फौजदारी कार्यविधि संहिता २०७४ दफा १४ (३) बमोजिम हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न मिलेन,' अदालतको आदेशमा भनिएको छ । यो आदेशसँगै उनी अब धरौटी वा जमानतमा रिहा हुनेछन्।