— संघीय संसद्को अधिवेशन आगामी २८ वैशाखमा बस्ने गरी सरकारले तयारी गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को आगामी अधिवेशन २८ वैशाख दिउँसो २ बजे बोलाउने गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन् ।