मुख्य समाचार
सरकारले ८० हजार टन मल किन्ने
सरकारले ८० हजार टन मल किन्ने

: सरकारले ८० हजार टन मल किन्ने भएको छ। सरकारले भारतसँग जीटुजी माध्यमबाट मल खरिद गर्ने भएको हो। मन्त्रिपरिषद्को बैठकले कृषि सामग्री कम्पनी लिमिटेडलाई भारतसँग जीटुजी माध्यमबाट मल किन्ने सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ।

सरकारले ६० हजार टन युरिया र २० हजार टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनीलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

१ लाख ६६ हजार टन रासायनिक मल मौज्दात

चालू आर्थिक वर्षको पछिल्लो तथ्यांकअनुसार नेपालमा रासायनिक मलको आपूर्ति र उपलब्धतामा सुधार देखिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग हाल १ लाख ६६ हजार २ सय ६७ टन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी मन्त्रालयको सहसचिव रामकृष्ण श्रेष्ठले जानकारी दिए।
उनका अनुसार दुवै कम्पनीको गोदाममा गरी सबैभन्दा बढी युरिया ९३ हजार ४ सय ८५ टन मौज्दात छ। त्यसैगरी, डीएपी ५४ हजार ४ सय ६७ टन र पोटास १८ हजार ३ सय १४ टन मौज्दात रहेको छ।

आपूर्ति र बिक्रीको अवस्था
यस वर्ष हालसम्म कुल ५ लाख ५४ हजार ५ सय २२ टन रासायनिक मल आपूर्ति भएको छ। जसमा कृषि सामग्री कम्पनीको हिस्सा ३ लाख ९७ हजार टनभन्दा बढी छ भने साल्ट ट्रेडिङले १ लाख ५६ हजार टन आपूर्ति गरेको छ।

बिक्रीतर्फ, हालसम्म कुल ४ लाख ३६ हजार ३ सय ४७ टन मल किसानहरूलाई वितरण गरिसकिएको छ। यसमा युरियाको हिस्सा सबैभन्दा बढी (२ लाख ६२ हजार टन) रहेको छ।

मार्गस्थ मलको विवरण
आन्तरिक तथा बाह्य मार्गमा गरी अझै ५ हजार १ सय ७२ टन मल बाटोमै रहेको तथ्यांकले देखाएको छ। यसमा कृषि सामग्री कम्पनीको मात्र २ हजार टन युरिया र ३ हजार १ सय टनभन्दा बढी डीएपी मल पाइपलाइनमा रहेको छ।

कम्पनीगत मौज्दातको तुलना
मौज्दातको अवस्था हेर्दा कृषि सामग्रीसँग १ लाख ८ हजार ९ सय ५० टन मल मौज्दात छ भने साल्ट ट्रेडिङ कर्पोरेसनसँग ५७ हजार ३ सय १६ टन मल बाँकी छ।
खेतीको मुख्य सिजन नजिकिँदै गर्दा सरकारसँग रहेको यो मौज्दातले किसानहरूलाई केही राहत पुग्ने देखिए पनि, माग र आपूर्तिको सन्तुलन मिलाउन मार्गस्थ मललाई छिटो भित्र्याउनुपर्ने चुनौती भने कायमै छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला हुलाक कार्यालय भक्तपुरले अब राहदानी घरदैलोमै पुर्‍याइदिने भएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय बीच मंगलबार भएको सम्झौताअनुसार राहदानी सेवा हुलाकमार्फत घर–घरमै पुर्‍याउने व्यवस्था गरिएको हो। सरकारी सेवालाई सरल, सहज, छिटोछरितो र प्रविधिमैत्री बनाउने सरकारको शासकीय सुधारसम्बन्धी कार्ययोजनाअनुसार हुलाकसँग राहदानी वितरणको सम्झौता गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जनाएका छन्। मंगलबारबाटै ...
: नेपाली कांग्रेसको संसद समन्वय बोर्डको बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ। सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले संघीय संसदको आगामी अधिवेशन र वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन विभिन्न निर्णय गरेको हो। १. दलीय समन्वय र निर्देशन : संघीय संसदमा पार्टीको उपस्थितिलाई थप प्रभावकारी, एकताबद्ध र सशक्त बनाउन ...
: प्रधानमन्त्री बालेन शाहले परिवर्तन भाषणले नभई, निर्णयले आउने बताएका छन्। अध्यादेशको विरोध हुन थालेपछि आज बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अध्यादेशमार्फत विकृतिहरू हटाएको बताएका हुन्। उनले भने, ‘हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरूकै जनचाहना बमोजिम ...
सर्वसाधारणलाई न्याय दिलाउने निकायको रूपमा स्थापित उच्च अदालत विराटनगर आफैं भूमि अतिक्रमणको समस्याबाट ग्रस्त बनेको तथ्य सार्वजनिक
: सुनसरीको बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौडामा भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ। मंगलबार साँझ करिब ५ बजे चतराको तेह्रआर्डी सडक खण्डमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी गस्ती टोलीले नियमित चेकजाँचका क्रममा १४८ केजी गाँजासहित दुई जना भारतीयलाई पक्राउ गरेको हो। बिआर ०७ पिसि ४७६५ नम्बरको एम्बुलेन्स प्रहरीले देख्नासाथ भाग्न खोजेपछि शंका ...