मुख्य समाचार
परिवर्तन भाषणले नभई, निर्णयले आउने
परिवर्तन भाषणले नभई, निर्णयले आउने

: प्रधानमन्त्री बालेन शाहले परिवर्तन भाषणले नभई, निर्णयले आउने बताएका छन्। अध्यादेशको विरोध हुन थालेपछि आज बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अध्यादेशमार्फत विकृतिहरू हटाएको बताएका हुन्।

उनले भने, ‘हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरूकै जनचाहना बमोजिम काम गर्न सरकार मा आएका हौं। तपाइहरू ढुक्क हुनुस्, हामी जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौं।’

रास्वपाका वरिष्ठ नेतासमेत रहेका उनले पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर नगरेको दाबी बताए। बालेनले अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्ने तर्क गरेका छन्।



‘धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्, “विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्‍यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने। योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो।’ उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ। तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो, शिक्षालयमा दलको झण्डा निषेध। कर्मचारीतन्त्रमा दलको झोला निषेध। यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ। अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ।’

उनले कर्मचारीले नेताको छहारी नभई विधि खोज्नुपर्ने बताए। ‘हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन। कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन। हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून्, कुनै दलको होइन।’ बालेनले भनेका छन्, ‘यो कुनै पार्टीविरुद्धको लडाइँ होइन। यो प्रणाली बचाउने प्रयास हो। यो भविष्य बचाउने प्रयास हो। यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो। शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो। त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौं।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बाँकेका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरेका छन् । निकुञ्जमा आउने पर्यटकको बसाइ बढाउन पूर्वाधार विकासमा लगानी गरिदिन यहाँका पर्यटन व्यवसायीहरूले सरकारसँग आग्रह गरेका हुन् । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) बाँके च्याप्टरको समन्वयमा भारतीय पर्यटकसहितको प्रतिष्ठित उद्योगीलगायतको नेपाली टोलीले निकुञ्जको अवलोकन भ्रमणपछि पर्यटन प्रवर्द्धनका सम्भावित लगानीका ...
। प्रतिनिधिसभा सदस्य आशिष गजुरेलले सार्वजनिक सवारी साधनको यात्रा कष्टकर हुने गरेको बताएका छन्न् । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापतिसमेत रहेका आशिष गजुरेलले सार्वजनिक सवारीको यात्रामा हुने सास्तीबारे आफ्नो धारणा व्यक्त गर्दै यस्तो बताएका हुन् । मंगलबार समितिको बैठकमा सार्वजनिक सवारी व्यवस्थापन र ढुवानी व्यवस्थापनबारे छलफलको सुरुआत गर्दै सभापति गजुरेलले भने, ‘धनीमानीले निजी सवारी चढ्छन् । सार्वजनिक ...
। प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा धेरै मिहेनत र लगानी गर्नुपर्ने बताएका छन् । मंगलबार संघीय संसद प्रतिनिधि सभा बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि समूहिकृत छलफलमा भाग लिँदै उनले उक्त आवश्यक्ता औंल्याएका हुन् । सांसद बरालले चीन, भारत, जापान लगायतका एशीयाली मुलुकहरूले विकासको काममा सबैलाई चकित पार्नुको ...
। प्रतिनिधिसभा बैठकको सभाकक्षमा सभामुख डोलप्रसाद अर्याल प्रवेश गर्दा दुई जना मन्त्री नउठेको भनेर नियमापत्ति भएको छ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले यो विषय उठाएका हुन् । बैठक बिहान ११ बजे बसेको प्रतिनिधिसभाको बैठक दिउँसो सम्बन्धित मन्त्रीको अनुपस्थितिले १५ मिनेटका लागि स्थगित भएको थियो । स्थगित भएर पुन: सुरु भएको बैठकमा अन्य सदस्यहरू उठेको ...
। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी भवन तथा सार्वजनिक निकायका संरचनाभित्र सञ्चालन भइरहेका गैरसरकारी प्रकृतिका संघ–संस्था र संगठनका कार्यालय हटाउन निर्देशन दिएको छ । कार्यालयले सूचना जारी गर्दै संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका तर सरकारी भवनमा कार्यालय सञ्चालन गरिरहेका प्राविधिक तथा पेशागत संघ–संस्थालाई ७ दिनभित्र हटाउन निर्देशन दिएको हो । काठमाडौं प्रशासनले सरकारी कार्यालय तथा ...