मुख्य समाचार
टम्पले ‘स्ट्रिट होर्मुज’ को नाकाबन्दी तोड्न युद्धपोत पठाए
टम्पले ‘स्ट्रिट होर्मुज’ को नाकाबन्दी तोड्न युद्धपोत पठाए

: अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले ‘स्ट्रिट होर्मुज’ को नाकाबन्दी तोड्न युद्धपोत पठाएका छन् । खाडी क्षेत्रमा आफ्ना चालक दलसहित फसेका सयौँ जहाजका लागि होर्मुज हुँदै सुरक्षित मार्ग खोल्ने उद्देश्यले टम्पले युद्धपोत पठाएका हुन् । यस कदमले इरानले आफ्नो नाकाबन्दी पुनः लागू गर्न खोजिरहेका बेला यी देशबीच फेरि पूर्ण युद्धको नजिक पुर्‍याएको छ ।

अमेरिकाको यो अभियान सोमबार सुरु भएको हो । जसलाई ट्रम्पले आइतबार राति आफ्नो सामाजिक सञ्जालमा ‘प्रोजेक्ट फ्रिडम’ नाम दिएका थिए । यसले एक महिनादेखि अनिश्चित अवस्थामा रहेको द्वन्द्वलाई झन् चर्काएको छ । अभियान सुरु भएको केही घण्टापछि अमेरिकी केन्द्रीय कमाण्डका प्रमुख एडमिरल ब्राड कुपरले अमेरिकी सेनाले इरानका छ वटा साना डुङ्गा नष्ट गरेको र इरानी क्रुज मिसाइल तथा ड्रोनहरूलाई अवरोध गरेको बताए। उनले इरानी सेनालाई अमेरिकी सैन्य सम्पत्तिबाट टाढा रहन ‘कडा चेतावनी’ दिएका छन् ।

इरानले भने यी दाबीहरू तत्कालै अस्वीकार गरेको छ । उसले दुई अमेरिकी झण्डावाहक व्यापारिक जहाजहरूले सुरक्षित रूपमा जलडमरूमध्य पार गरेको भन्ने दाबी पनि नकारेको छ । उता अमेरिकी नौसेनाका निर्देशित मिसाइल बोकेका युद्धपोतहरू भने उल्टो दिशाबाट खाडी क्षेत्रमा गस्ती गरिरहेका छन् ।

तनाव बढ्दै जाँदा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले स्थिति सामान्य देखाउने प्रयास गर्दै इरानले केही आक्रमण गरे पनि ठूलो क्षति नभएको बताएका छन् । उनले दक्षिण कोरियाली मालवाहक जहाजमा भएको विष्फोट र आगलागी बाहेक अन्य क्षति नभएको दाबी गरेका छन् । तर, सोमबार फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले चेतावनी दिँदै भने, ‘यदि इरानले अमेरिकी जहाजमाथि आक्रमण गर्‍यो भने ‘पृथ्वीबाट नै मेटाइनेछ ।’ उनले शान्ति वार्तामा इरान केही लचिलो बनेको पनि दाबी गरेका छन् ।

इरानले भने अमेरिकी युद्धपोत नजिक आएमा आक्रमण गर्ने चेतावनी दिँदै, दुईवटा मिसाइल प्रहार गरेर एउटा अमेरिकी जहाजमा प्रहार गरेको दाबी गरेको छ । आइतबार ट्रम्पको घोषणापछि एक ट्यांकर जहाजमा अज्ञात वस्तुबाट आक्रमण भएको रिपोर्ट आएको थियो । त्यसपछि संयुक्त अरब इमिरेट्सले ओमानको तट नजिक एमभी बरकाह नामक तेल ट्यांकरमाथि इरानी ड्रोन आक्रमण भएको जनाएको छ, यद्यपि कुनै मानव क्षति भएन ।

युएईले आफ्नो आकाशीय क्षेत्रमा इरानबाट प्रक्षेपित तीन मिसाइल अवरोध गरेको र चौथो समुद्रमा खसेको पनि जनाएको छ । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि करिब ८५० जहाज खाडी क्षेत्रमा फसेका छन् । त्यसपछि इरानले होर्मुज हुँदै हुने विदेशी ढुवानीमा नाकाबन्दी लगायो र ट्रम्पले अप्रिल १३ मा प्रतिकारस्वरूप इरानी बन्दरगाह प्रयोग गर्ने जहाजहरूमा प्रतिबन्ध लगाए ।

अप्रिलमा पाकिस्तानको मध्यस्थतामा युद्धविराम भएको भए पनि जलमार्ग भने खुल्न सकेन । हाल करिब २०,००० नाविक विभिन्न जहाजमा फसेका छन् र उनीहरूको अवस्थाबारे चिन्ता बढिरहेको छ । अमेरिकी अभियानले प्रत्यक्ष सैन्य सुरक्षा नदिई, जहाजहरूलाई ओमानको जलक्षेत्र हुँदै सुरक्षित मार्ग निर्देशन दिने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...