मुख्य समाचार
कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा राख्ने ढंगबाट सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति
कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा राख्ने ढंगबाट सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति

: नेपाली कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा राख्ने ढंगबाट सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएको छ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस संसद समन्वय बोर्डको बैठकपछि संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत राज्यका निकायलाई नियन्त्रण गर्ने प्रयास गरिएकाले गम्भीर आपत्ति रहेको बताए।

सरकारले सिफारिस गरेको अध्यादेश जारी भइसकेपछि संसद अधिवेशन आह्वान गर्नुले पनि सरकारको बदनीयत स्पष्ट देखिएको उनले बताए। अध्यादेश लगायतका विषयमा कांग्रेसले सशक्त रूपमा अन्य विपक्षीहरूलाई समेत साथमा लिएर सदनमा आवाज उठाउने उनले बताए।



उनले सरकारको क्रियाकलापले मुलुकलाई ठीक ठाउँमा लगेको जस्तो अनुभूति नभएको बताए। त्यस्तै आङ्देम्बेले व्यवस्थापनका विषयलाई ख्यालै नगरी सुकुम्बासीको बस्ती भत्काउने काममा समेत कांग्रेसको विरोध रहेको बताए। राज्य आतंक मच्चाउने ढंगबाट प्रस्तुत भएकाले यसको पनि विरोध गरिएको उनको भनाइ छ।

कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद समन्वय बोर्डको प्रथम बैठकमा पार्टीले यसअघि गरेका निर्णयहरूका विषयमा समेत छलफल भएको आङ्देम्बेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोरङको सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा ट्रकसँग तीनजना सवार मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा पर्दा पछाडि सवार दुईजना युवा घाइते भएका छन् । प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा प्रदेश १–०१–००१ ख ४३०३ नम्बरको ट्रकलाई को १० प ८१२८ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्ने क्रममा बिहान ११:४० बजेतिर दुर्घटना भएको हो । ...
: नेपाल निर्माण व्यसायी महासंघले एक साताभित्र मूल्य समायोजनसहित सरकारले आवश्यक नीतिगत निर्णय नगरे निर्माण कार्यहरु स्वतः बन्द हुने चेतावनी दिएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले निर्माण सामग्री र इन्धनको तीव्र मूल्यवृद्धिको असर बिभिन्न आयोजनाहरुमा परेको भन्दै एक साताभित्र मूल्य समायोजनसहित आवश्यक नीतिगत निर्णय नभए निर्माण कार्यहरु स्वतः बन्द हुने चेतावनी दिएको हो ...
: विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरबाट क्याम्प- २ तर्फ जाने क्रममा खुम्बु आइसफल क्षेत्रमा आइस सेराकु (हिउँको ठूलो ढिस्को) खस्दा दुईजना घाइते भएका छन्। मंगलबार बिहान भएको उक्त दुर्घटनामा परी एक नेपाली गाइड र एक भारतीय आरोही घाइते भएका हुन्। पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार,२०८३ वैशाख २२ गते बिहान ५:४५ बजेतिर ठूलो सेराकभन्दा ...
: ठगी तथा आपराधिक गतिविधि गरेको आरोपमा स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्बेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ। आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई काठमाडौंको खुर्सानीटारबाट सीआईबीले सोमबार पक्राउ गरेको एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए। स्मार्ट टेलिकम प्रा. लि.ले अनुमतिपत्र नवीकरण नगरेपछि नेपाल सरकारको सम्पत्ति बेइमानी पूर्वक सरकारको हक टुटाउने उद्देश्यका साथ कार्य जोशीले गरेको आरोप ...
: जिल्ला हुलाक कार्यालय भक्तपुरले अब राहदानी घरदैलोमै पुर्‍याइदिने भएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय बीच मंगलबार भएको सम्झौताअनुसार राहदानी सेवा हुलाकमार्फत घर–घरमै पुर्‍याउने व्यवस्था गरिएको हो। सरकारी सेवालाई सरल, सहज, छिटोछरितो र प्रविधिमैत्री बनाउने सरकारको शासकीय सुधारसम्बन्धी कार्ययोजनाअनुसार हुलाकसँग राहदानी वितरणको सम्झौता गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जनाएका छन्। मंगलबारबाटै ...