मुख्य समाचार
रूसले युक्रेनका विभिन्न शहरमा गरेको ड्रोन र मिसाइल आक्रमणबाट २६ जनाको मृत्यु
रूसले युक्रेनका विभिन्न शहरमा गरेको ड्रोन र मिसाइल आक्रमणबाट २६ जनाको मृत्यु

: रूसले युक्रेनका विभिन्न शहरमा गरेको ड्रोन र मिसाइल आक्रमणबाट २६ जनाको मृत्यु भएको छ । किएभको युद्धविराम लागू हुनुअघि र मस्कोले घोषणा गरेको लडाइँ रोक्ने योजनाभन्दा तीन दिनअघि भएको आक्रमणमा परी २६ जनाको मृत्यु र ८० भन्दा बढी घाइते भएका हुन्।

मंगलबार दिउँसो, रूसी ग्लाइड बमहरूले पूर्वी शहर क्रामातोर्स्क, दक्षिणपूर्वी जापोरिज्झिया, र उत्तरी चेर्निहिभलाई प्रहार गरेका अधिकारीहरूले जनाएका छन्। जापोरिज्झियामा मात्र कम्तीमा १२ जनाको मृत्यु भएको छ र दर्जनौँ घाइते भएको प्रान्तीय गभर्नर इभान फेदोरोभले बताएका छन्।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणको स्थलमा उद्धार कार्य भइरहेको जानकारी दिए। रूसी हवाई बमहरूले सहरको केन्द्रमै प्रहार गर्दै सर्वसाधारणलाई लक्षित गरिएको बताउँदै उनले एकदमै निन्दनीय आतंकवादी आक्रमण भएको स्पष्ट पारे। जेलेन्स्कीले यो युद्ध अन्त्य गर्न रूस बाध्य हुनु आवश्यक भएको बताए।



युक्रेनको राज्य ऊर्जा कम्पनी नाफ्टोगाजका प्रमुख सेरही कोरेत्स्कीले भने,‘हामीले ठूलो क्षति र उत्पादन हानी बेहोरेका छौँ। यो संयुक्त आक्रमण थियो जसमा UAV (अनम्यान्ड एरियल भेहिकल) र ब्यालिस्टिक मिसाइल दुवै प्रयोग गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...