मुख्य समाचार
रूसले युक्रेनका विभिन्न शहरमा गरेको ड्रोन र मिसाइल आक्रमणबाट २६ जनाको मृत्यु
रूसले युक्रेनका विभिन्न शहरमा गरेको ड्रोन र मिसाइल आक्रमणबाट २६ जनाको मृत्यु

: रूसले युक्रेनका विभिन्न शहरमा गरेको ड्रोन र मिसाइल आक्रमणबाट २६ जनाको मृत्यु भएको छ । किएभको युद्धविराम लागू हुनुअघि र मस्कोले घोषणा गरेको लडाइँ रोक्ने योजनाभन्दा तीन दिनअघि भएको आक्रमणमा परी २६ जनाको मृत्यु र ८० भन्दा बढी घाइते भएका हुन्।

मंगलबार दिउँसो, रूसी ग्लाइड बमहरूले पूर्वी शहर क्रामातोर्स्क, दक्षिणपूर्वी जापोरिज्झिया, र उत्तरी चेर्निहिभलाई प्रहार गरेका अधिकारीहरूले जनाएका छन्। जापोरिज्झियामा मात्र कम्तीमा १२ जनाको मृत्यु भएको छ र दर्जनौँ घाइते भएको प्रान्तीय गभर्नर इभान फेदोरोभले बताएका छन्।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणको स्थलमा उद्धार कार्य भइरहेको जानकारी दिए। रूसी हवाई बमहरूले सहरको केन्द्रमै प्रहार गर्दै सर्वसाधारणलाई लक्षित गरिएको बताउँदै उनले एकदमै निन्दनीय आतंकवादी आक्रमण भएको स्पष्ट पारे। जेलेन्स्कीले यो युद्ध अन्त्य गर्न रूस बाध्य हुनु आवश्यक भएको बताए।



युक्रेनको राज्य ऊर्जा कम्पनी नाफ्टोगाजका प्रमुख सेरही कोरेत्स्कीले भने,‘हामीले ठूलो क्षति र उत्पादन हानी बेहोरेका छौँ। यो संयुक्त आक्रमण थियो जसमा UAV (अनम्यान्ड एरियल भेहिकल) र ब्यालिस्टिक मिसाइल दुवै प्रयोग गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दिल्लीबाट चेन्नईतर्फ गइरहेको इन्डिगो एयरलाइन्सको विमानमा सवार एक यात्रुको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबाद डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको छ । आइतबार उडानका क्रममा पावर बैंकबाट आगलागी सुरु भएपछि विमानलाई हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको हो । इन्डिगोका अनुसार उडान नम्बर 6E 6115 का चालक दलका सदस्यले विमानभित्र लागेको आगो निभाएका थिए। ...
इरानको आणविक प्रविधि बाह्य अवरोधबाट सुरक्षित रहेको र धम्की, दबाब वा आक्रमणबाट त्यसलाई रोक्न नसकिने इरानको परमाणु ऊर्जा संगठनका प्रमुखले बताएका छन् । संगठनका प्रमुख मोहम्मद इस्लामीले इरानको आणविक क्षेत्रमा भएको प्रगतिलाई देशको राष्ट्रिय उपलब्धि भन्दै यो इरानी वैज्ञानिकहरूको चौबीसै घण्टाको मेहनतबाट सम्भव भएको बताएका छन् । उनले संयुक्त राष्ट्रसंघमा अमेरिकाले दिएको अभिव्यक्ति उसको लाचारीको प्रमाण ...
इरानका विदेशमन्त्री अब्बास अराघचीले वातावरणलाई अब युद्धको मौन पीडितका रूपमा मात्रै हेर्न नसकिने बताएका छन्। उनले पछिल्ला वर्षहरूमा गाजा, लेबनान र इरानमा भएका घटनाले सैन्य आक्रमणबाट मानवीय क्षति र महत्त्वपूर्ण पूर्वाधारको विनाशसँगै वातावरणमा गहिरो र कहिलेकाहीँ दीर्घकालीन असर परेको देखाएको बताए। उनले भने, ‘गाजामा वातावरणीय विपत्तिको अवस्था यति भयावह छ कि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले यसलाई अभूतपूर्व ...
जिबुटी तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा ११६ जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो । आईओएमका अनुसार अक्टोबर ८ र ९ को मध्यरात जिबुटीबाट यमनतर्फ ३५० जना बोकेर गइरहेको डुङ्गा ओबोक सहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई पल्टिएको थियो ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार युक्रेनले नयाँ राष्ट्रपति चुन्नुपर्ने बताएका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्न शान्ति सम्झौता गर्न चाहे पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको अवसर गुमाइरहेको आरोप लगाए । ट्रम्पले शुक्रबार अमेरिकाले अब रुसबाट डिजेल खरिद गर्ने बताएलगत्तै उनको यो भनाइ आएको हो। जेलेन्स्कीले यस निर्णयको विरोध गरेका छन्। ...