मुख्य समाचार
बीपी राजमार्गमा रातको समयमा सवारी आवागमन पूर्णरूपमा रोक
बीपी राजमार्गमा रातको समयमा सवारी आवागमन पूर्णरूपमा रोक

: लगातारको वर्षा तथा बिपदको बढ्दो जोखिमलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले बीपी राजमार्गमा रातको समयमा सवारी आवागमन पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ । समितिको बैठकले आज साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना जारी नभएसम्मका लागि उक्त निर्णय लागू गर्ने जनाएको हो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीका अनुसार वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्ने, सडक भासिने तथा डाइभर्सन बग्ने जस्ता जोखिम बढ्दै गएकाले यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको हो । विशेष गरी साँझपछिको समयमा जोखिम झनै बढ्ने भएकाले रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको उनले स्पष्ट पारे ।
पछिल्लो समय बीपी राजमार्ग अन्तर्गतका विभिन्न खण्डहरूमा लगातार वर्षाका कारण सडक अवरुद्ध हुने, साना–ठूला पहिरो खस्ने तथा यात्रा असुरक्षित हुने अवस्था देखिएको छ । सम्बन्धित निकायले सडक मर्मत तथा अवरोध हटाउने काम गरिरहेको भए पनि मौसम प्रतिकूल रहँदा पूर्ण रूपमा जोखिम न्यूनीकरण हुन नसकेको जनाइएको छ ।

यसैबीच, बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई आवश्यक सूचना लिएर मात्र यात्रा गर्न आग्रह गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनील धाजूले नेपाल प्रहरी तथा ट्राफिक प्रहरीसँग सम्पर्क गरी सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेका छन् ।
स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका यात्रा नगर्न, मौसमको अवस्था निरन्तर निगरानी गर्न तथा आपतकालीन अवस्था आएमा नजिकको सुरक्षा निकायसँग सम्पर्क गर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले ल्याएका विभिन्न अध्यादेशहरू संसद्मा पेस भएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमलेले केही अध्यादेश पेस गरिन् । जस अन्तर्गत सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश रहेका छन् ...
। प्रतिपक्षी दल नेकपा एमालेले न्यायपालिकाको प्रमुख बन्ने कुरा प्रधानमन्त्रीको तजबिजले निर्धारण गर्ने खतरनाक भाष्य स्थापना हुन खोजेको भन्दै आपत्ति जनाएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा एमाले सांसद पद्मा अर्यालले सरकारले ल्याएको अध्यादेश र अध्यादेश कार्यान्वयन गर्दैगर्दा प्रधानन्यायाधीश सिफारिसको विषयले स्थापित मान्यताको धज्जी उडाएको टिप्पणी गरिन् । ‘न्यायपालिकाको प्रमुख को हुने भन्ने कुरा विधिले ...
। रास्वपा सांसद जगदीश खरेलले आफूविरुद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा सांसद खरेलले आफूविरुद्ध स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा जोडिएको भन्दै भ्रामक समाचारहरू प्रकाशित भएको जिकिर गरे । उनले स्मार्ट टेलिकमको प्रकरणमा जोडिएर आफूले एउटा बैठक, फाइल पारित गर्ने कुनै काम नगरेको पनि जिकिर गरे ...
। नेपाली कांग्रेसले भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किन गरिएको भनेर संसद्‌मा प्रश्न उठाएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदाको नियम २५९ मा यससम्बन्धी व्यवस्था छ । जसले सांसदलाई प्रतिनिधिसभा नियमावली नै मूल कानुन हुने र अन्य कानुनले जे जस्तो व्यवस्था गरे पनि नियमावली नै लागू हुने भनेको छ । प्रतिनिधिसभा नियमावलीको नियम २५९ मा ‘प्रचलित ...
। प्रधानमन्त्री बालेन शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गर्न अस्वीकार भएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता विकल राईले दायर गर्न ल्याएको रिट अदालत प्रशासनले दरपीठ गरिदिएको हो । प्रधानमन्त्री शाहले सामाजिक सञ्वालमार्फत ‘देशको भविष्य बोक्ने विद्यार्थीहरूलाई स्लिपर सेल’ सम्बोधन गरेको भन्दै राइ रिट दायर गर्न ...