मुख्य समाचार
कांग्रेसले प्रस्तावित ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन सरकारसँग माग
कांग्रेसले प्रस्तावित ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन सरकारसँग माग

: नेपाली कांग्रेसले प्रस्तावित ‘प्रतिनिधिसभा नियमावली, २०८३’ को मस्यौदा सच्चाउन सरकारसँग माग गरेको छ । सिंहदरबारमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा नियमावली, २०८३ को मस्यौदाका कतिपय प्रावधानहरू संविधानको मर्म विपरीत र विधिशास्त्रीय दृष्टिकोणले समेत गम्भीर रहेकाले ती विषयहरुलाई सच्चाउनु पर्ने माग गरेको कांग्रेस प्रमुख सचेतक बासना थापाले जानकारी दिइन् ।

असल नियतले सुशसान र सेवा प्रवाह सहजताका लागि गरेका प्रावधानहरुलाई समर्थन गर्ने तर संविधानको भाव विपरित जारी गरिएका प्रावधानहरुको विरुद्धमा संसदमा सशक्त आवाज उठाउने निर्णय गरिएको प्रमुख सचेतक थापाले बताइन् । बैठकले सरकारले विधायिकी अधिकारको गम्भीर उल्लंघन र संसदीय अभ्यास माथि निर्मम प्रहार गरेको निष्कर्ष निकालेको उनले बताइन् । बैठकले वास्तविक सुकुम्बासीको पहिचान, ससम्मान स्थानान्तरण र मर्यादित पुनस्र्थापनाका लागि सदनमा प्रभावकारी आवाज उठाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार बिहान एक कूटनीतिक प्रतिनिधिमण्डलसहित चीनको राजधानी बेइजिङ पुगेका छन्। इरानी समाचार एजेन्सी तसनीम र फार्सका अनुसार विदेशमन्त्री अराघचीले चीनका विदेशमन्त्रीसँग कुराकानी गर्नेछन्। इरानी मिडिया रिपोर्टअनुसार यस भ्रमणको उद्देश्य दुई देशबीचको द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा विश्वस्तरमा भएका घटनाक्रमबारे छलफल गर्नु रहेको छ। एसोसिएटेड प्रेसका अनुसार अमेरिका र इजरायलतर्फबाट इरानमाथि युद्ध सुरु भएपछि इरानी ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। खड्काको गोल्फुटारस्थित निवासमा उपसभापति विश्वप्रकाश शर्मासहितको उपस्थितिमा भेटवार्ता भएको हो। कांग्रेसको आन्तरिक विवाद समाधान गर्ने विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ। खड्काको सचिवालयका अनुसार सभापति थापा र उपसभापति शर्माले पार्टी विवाद समाधान गरेर अघि बढ्ने विषयमा छलफल गरेका थिए। सर्वोच्च अदालतले थापा नेतृत्वको ...
— प्रधानमन्त्री शाहले गठन गरेको मन्त्रालय पुनःसंरचना समितिले चारवटा मन्त्रालय खारेज गर्न र ६ वटालाई मर्ज गरेर नयाँ मन्त्रालय बनाउन प्रस्ताव गरेको छ । समितिले तयार परेको प्रतिवेदनअनुसार सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयमा राख्न भनिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई कृषि तथा भूमि र सहकारी मन्त्रालय मिसाएर एउटा बनाइने उल्लेख छ । एकीकृत मन्त्रालयको नाम कृषि ...
: सिंहदरबारमा बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सरकारले ल्याएको अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा पार्टीको गम्भीर असहमति रहेकाले संसद बैठकमा यसबारे गम्भीर रुपमा आवाज उठाउन निर्देशन दिइएको पार्टी सभापति गगन थापाले जानकारी दिएका छन् । संसदमार्फत संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा ल्याइएको बिषयलाई सच्चाउनका लागि सरकारलाई दवाव दिन कांग्रेस सांसदहरुले आवश्यक भूमिका निर्वाह गर्ने उनको भनाइ छ । ...
— काठमाडौं महानगरपालिकाले ‘सामुदायिक र संस्थागत विद्यालयबीच सिकाइ र क्षमता आदानप्रदान गर्न ‘काठमाडौँ स्कुल पार्टनरसिप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले यस शैक्षिक सत्रबाट सामुदायिक र संस्थागत विद्यालयका बीचमा सम्बन्ध विकास गरेर आपसी सिकाइ र क्षमता आदानप्रदान गर्न उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको बताइन् । शिक्षा विभागले सामुदायिक विद्यालय ...