मुख्य समाचार
मन्त्रालय पुनःसंरचना समितिले चारवटा मन्त्रालय खारेज गर्न र ६ वटालाई मर्ज गरेर नयाँ मन्त्रालय बनाउन प्रस्ताव
मन्त्रालय पुनःसंरचना समितिले चारवटा मन्त्रालय खारेज गर्न र ६ वटालाई मर्ज गरेर नयाँ मन्त्रालय बनाउन प्रस्ताव

— प्रधानमन्त्री शाहले गठन गरेको मन्त्रालय पुनःसंरचना समितिले चारवटा मन्त्रालय खारेज गर्न र ६ वटालाई मर्ज गरेर नयाँ मन्त्रालय बनाउन प्रस्ताव गरेको छ । समितिले तयार परेको प्रतिवेदनअनुसार सामान्य प्रशासन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयमा राख्न भनिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई कृषि तथा भूमि र सहकारी मन्त्रालय मिसाएर एउटा बनाइने उल्लेख छ । एकीकृत मन्त्रालयको नाम कृषि तथा भूमि व्यवस्था मन्त्रालय रहने प्रस्ताव छ ।

मौजुदा वन तथा वातावरण मन्त्रालयको कामको दायरा विस्तार गरी वन, पर्यावरण तथा जलवायु मन्त्रालय बनाउन सुझाव दिइएको छ । वन मन्त्रालयले जलवायु क्षेत्रमा काम गर्दै आएकाले यस्तो नाम प्रस्ताव गरिएको हो । अर्थ, गृह, रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र परराष्ट्र मन्त्रालय भने यथावत् रहने प्रस्तावमा उल्लेख छ ।

प्रस्तावअनुसार युवा तथा खेलकुद मन्त्रालयबाट युवाको क्षेत्र अलग्याइनेछ । युवा, श्रम तथा रोजगारलाई जोडेर छुट्टै मन्त्रालय प्रस्ताव गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट सामाजिक सुरक्षाको क्षेत्र छुट्याउने भनिएको छ ।

आपूर्तिको सट्ट नवप्रवर्तन मन्त्रालय राख्न भनिएको छ । मन्त्रालयको नाम उद्योग, वाणिज्य तथा नवप्रवर्तन मन्त्रालय प्रस्ताव गरिएको छ । त्यस्तै शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा खेलकुद जोडिनेछ ।त्यस्तै, लैंगिक मामिला तथा समावेशीकरण मन्त्रालयका रूपमा नयाँ मन्त्रालय प्रस्ताव गरिएको छ । यसमा विद्यमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमध्ये महिलाको क्षेत्र छुट्याएर मिसाउन भनिएको छ । त्यसमै सामाजिक सुरक्षा पनि जोड्नुपर्ने प्रस्ताव छ । प्रस्तावित पुनःसंरचनाअनुसार भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र खानेपानी मन्त्रालय आपसमा गाभ्नुपर्ने सुझाव छ । यसलाई पूर्वाधार विकास मन्त्रालयको नाम दिने प्रस्ताव गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको दायरा बढाउन सुझाइएको छ । आपूर्तिको सट्ट नवप्रवर्तन मन्त्रालय राख्न भनिएको छ । मन्त्रालयको नाम उद्योग, वाणिज्य तथा नवप्रवर्तन मन्त्रालय प्रस्ताव गरिएको छ । त्यस्तै शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा खेलकुद जोडिनेछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालयमा गाभ्न सुझाव दिइएको छ । यसको नाम अतिरिक्त मानव संसाधन र मानव स्रोत व्यवस्थापन विभाग बनाएर प्रधानमन्त्री कार्यालयमा राख्न प्रस्ताव गरिएको छ । यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गरिबीको भाग झिकेर प्रधानमन्त्री कार्यालयमा राख्ने प्रस्ताव छ । सञ्चार मन्त्रालयबाट सूचना प्रविधि, शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लैजाने भनिएको छ । यसका लागि कार्यविभाजन नियमावली संशोधन गर्न भनिएको छ । योसँगै प्रधानमन्त्री कार्यालयमातहत ५० वटा निकाय हुनेछन् ।

विगतमा केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभाग तानेर शक्तिशाली बन्ने अभ्यास गरेको भन्दै आलोचना भएको थियो । शाह नेतृत्वकै सरकारले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान अर्थ मन्त्रालय र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको थियो ।

अहिले संघमा २१ मन्त्रालय छन् भने मौजुदा मन्त्रिपरिषद्मा १५ सदस्य छन् । रक्षा र गृह प्रधानमन्त्री शाह आफैंले सम्हाल्दै आएका छन् ।समितिले नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ लाई संशोधन गरी नयाँ मन्त्रालय गठन गर्न प्रस्ताव गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा स्वास्थ्य मन्त्रालयबाट जनसंख्या, श्रम तथा रोजगार मन्त्रालयबाट सामाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्रालयबाट युवा क्षेत्र गाभेर लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय बनाउने प्रस्ताव गरिएको छ । स्वास्थ्य मन्त्रालयबाट जनसंख्या क्षेत्रलाई पनि गाभेर लैंगिक समानता तथा सामाजिक विकास वा सुरक्षा मन्त्रालय बनाउन भनिएको छ ।

रास्वपा सभापति रवि लामिछानेले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानीजस्ता उस्तैउस्तै प्रकृतिका काम भएका मन्त्रालय आपसमा गाभ्नेबारे छलफल भइरहेको बताएका थिए । सभापति लामिछानेले उस्तै प्रकृतिको काम भएका मन्त्रालयलाई आपसमा गाभ्ने हिसाबले अघि बढेको दाबी गरेका थिए ।

अहिले संघमा २१ मन्त्रालय छन् भने मौजुदा मन्त्रिपरिषद्मा १५ सदस्य छन् । रक्षा र गृह प्रधानमन्त्री शाह आफैंले सम्हाल्दै आएका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले सहरी विकाससमेतको जिम्मेवारी लिइरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्री प्रतिभा रावलले जिम्मेवारी सम्हाल्दै आएकी छन् । सस्मित पोखरेल सरकारको प्रवक्ता र शिक्षा, विज्ञान प्रविधिका अतिरिक्त युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा छन् । गीता चौधरीले कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्रालय र सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका रूपमा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ । यही क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेकोभन्दा बढी सवारीसाधन प्रयोग गरेको वा फरकफरक निकायबाट दोहोरो ...
— हिमाली जिल्ला डोल्पामा जेठ १० देखि एक महिनासम्म यार्सागुम्बा संकलन खुला गरिने भएको छ। सदरमुकाम दुनैमा मंगलबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले जिल्लाका सबै पाटन एक महिनाका लागि खुला गर्ने निर्णय गरेको हो । जिल्ला स्तरमा बसेको सरोकारवालाको बैठकले यार्सागुम्बा संकलन मिति तोक्नुका साथै संकलन कार्यलाई प्रभावकारी बनाउन विभिन्न १२ बुँदे निर्णयसमेत गरेको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खल्तीबाट झिकेका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन सरकारले अध्यादेशको प्रपञ्च रचेको आरोप लगाएका छन्। सिंहदरवारमा संसदीय दलको बैठकमा सहभागी भएका उनले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री वालेन्द्र शाहले जालझेल गरेको बताए। 'प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने रास्वपाले सोचिसकेको छ। आफ्नो खल्तीबाट झिकेका व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन अध्यादेशको प्रपञ्च रचिएको छ,' उनले भने, 'पहिलेको प्रधानमन्त्रीले पनि ...
— सिद्धार्थनगरको रोयल कालिङ्गा क्यासिनो प्रवेश गरेर जुवा खेलिरहेको आरोपमा प्रहरीले १९ नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ । क्यासिनो नियमावलीविपरीत जुवा खेलिरहेको आरोपमा सिद्धार्थनगर–१० स्थित रोयल कालिङ्गा क्यासिनोबाट मंगलबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरीको संयुक्त टोलीले जुवा ...
: पर्साको ठोरीबाट चितवनको माडीतर्फ जाँदै गरेको यात्रुबाहक बसबाट प्रतिबन्धित लागू औषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–८ का १९ वर्षीय विश्वास परियार रहेका छन् । गत सोमबार ठोरीबाट माडीतर्फ जाँदै गरेको बा.प्र.३–००१ ख २६०४ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले ठोरीको चौतारामा रोकेर चेकजाँच गर्ने क्रममा उक्त ...