— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पत्थरीको शल्यक्रिया गरेपछि पूर्णरुपमा स्वस्थ भइसकेका छैनन् । उनी पूर्णरुपमा स्वस्थ नभएपछि एमालेका राजनीतिक गतिविधि ठप्पप्रायः छन् ।
पत्थरीको शल्यक्रियापछि बैशाख ४ मा डिस्चार्ज भएका उनी भक्तपुर गुन्डुस्थित निवासमा आराम गरिरहेका छन् । शल्यक्रिया गरेको घाउ पूर्णरुपमा निको नभएकाले उनले राजनीतिक भेटघाटसमेत बन्द गरेका छन् ।
जेन-जी आन्दोलनमा भएको मानवीय क्षतिमा लाहपरबाही भएको आरोपमा चैत १४ मा पक्राउ परेपछि उनले कार्यवहाक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई दिएका थिए । थापाको अध्यक्षमा बसेको बैठकले संसदीय दलको नेता चयन गरेको थियो । दलको नेतामा थापा आफैँ निर्विरोध भएका थिए । उनले प्रमुख सचेतकमा ऐनबहादुर महर र सचेतकमा नीता घतानीलाई नियुक्त गरिसकेका छन् ।
केन्द्रीय कमिटीले निर्वाचनको समीक्षा गरी पार्टी कार्यक्रमलाई तीब्रता दिनुपर्ने हो।अध्यक्ष बिरामी भएका कारण केन्द्रीय कमिटी बस्न नसकेको भनिएको छ ।-समीक बडाल, नेता, एमालेचैत २६ मा रिहा भएपछि चैत ३० मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पत्थरीको शल्यक्रिया भएको थियो । शल्यक्रिया गरेको घाउमा संक्रमण देखिएपछि अति जरुरीबाहेक अन्य भेटघाट बन्द गरिएको छ । उनी पूर्ण स्वास्थ्य हुन अझै केही दिन लाग्ने उनको सचिवालयले जनाएको छ ।
Reachable logo
ads/1440x233ekantipur-galaxy-s26-sky-blue-kvv2-0652026122617.jpg
ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले ओलीको शल्यक्रिया गरेको घाउ पूणरुपमा निको नभएकाले बाक्लो राजनीतिक भेटघाट बन्द गरिएको बताए । ‘अध्यक्षका पत्थरीको अप्रेसन गरेको घाउ पूर्णरुपमा निको हुन केही समय लाग्ने भएकाले अति जरुरीबाहेक राजनीतिक भेटघाट बन्द गरिएको छ’ उनले भने, ‘स्वस्थ भएपछि अध्यक्ष सक्रिय हुनुहुन्छ होला ।’
ओलीका निजी चिकित्सक डा. दिव्या सिंहले ओलीको समग्र स्वास्थ्य ठिकै भएको बताएकी छन् । ‘पूर्व प्रधानमन्त्रीज्यूको स्वास्थ्य ठिकै छ’ उनले भनिन्, ‘मलाई त्यहाँबाट बोलाइएको छैन । त्यसैले उहाँले आराम गरिरहनु भएको छ ।’ शल्यक्रियाको घाउको अवस्थाबारे शल्यचिकित्सकले हेरिरहेको उनले जानकारी दिइन् ।
UML activities halted due to Oli's ill healthकार्यवहाक अध्यक्ष थापाको अध्यक्षतामा दुई पटक मात्र केन्द्रीय सचिवालय बैठक बसेको थियो । थापाको अध्यक्षतामा पार्टी संसदीय दल नेताको चयन गर्न र ओली पक्राउबारे आन्दोलनका कार्यक्रम घोषणा गर्न बैठक बसेको थियो । त्यसपछि एमालेका पदाधिकारी, केन्द्रीय कमिटीको बैठक बस्न सकेको छैन ।
ads/multiple-banner-1-d-1022026052847.jpg
ads/multiple-banner-2-d-1022026052940.jpg
ads/multiple-banner-3-d-1022026053028.jpg
एमालेभित्र सचिवाल र केन्द्रीय कमिटी बोलाउन माग भए पनि ओलीको स्वास्थ्यको कारण देखाउँदै आह्वान गरिएको छैन । पुस पहिलो साता एमालेको ११औं महाधिवेशनपछि नेताहरु जिम्मेवारीविहीन छन् । जिम्मवारी नपाउँदा नेताहरु फुर्सदिला बनेका छन् । भूगोल (प्रदेश र जिल्लाहरु), ३२ विभाग (संगठन, परराष्ट्र मामला, अर्थ, कानुन, शिक्षा, प्रचारप्रसालगायत) रिक्त छन् । निर्वाचनपछि एमालेका ३०१ केन्द्रीय सदस्य ठोस जिम्मेवारी पाएका छैनन्।
निर्वाचनपछि उपाध्यक्ष थापा संसदीय दल नेता, सांसद्वय ऐन महर प्रमुख सचेतक र नीता घतानी सचेतकको जिम्मेवारी पाएका छन् । जेन-जी आन्दोलनको बलमा कांग्रेससँगको गठबन्धनमा एमाले नेतृत्वको सरकार विस्थापित भएपछि असोज अन्तिम साता केन्द्रीय कमिटी बैठक बसेको थियो ।
जेन-जी आन्दोलनपछि पहिलो पटक ललितपुरको एक पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधि सभा विघटन असवैधानिक भन्दै विरोध गरेको थियो । त्यो बैठकले जेन-जी आन्दोलन र भदौ २४ को बिध्वंस हुनुमा षड्यन्त्र भएको निष्कर्ष निकालेको थियो । तयसपछि एमालेले आन्तरिक रुपमा चुनावमा जो निर्णय गरेको थियो ।
११औं महाधिवेशनपछि पुस २३ मा बसेको पहिलो केन्द्रीय कमिटी बैठकले निर्वाचन केन्द्रित कार्यविभाजन गरेको थियो । उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा निर्वाचनमा होमिएको थियो । प्रतिनिधिसभा निर्वाचनमा सानो आकार (२५ सिट) मा खुम्चिएपछि नीति र नेतृत्व पुनर्गठनद गर्नुपर्ने एमालेमा माग हुँदै आएको छ ।
ads/hardik-niskula-opd1440270-2-30320260940361-1042026074814.jpg
अध्यक्ष ओली बिरामी हुँदा सिंगो पार्टी ‘बन्धक’ जस्तो भएको एक पदाधिकारीले बताए । ‘एमाले सामूहिक नेतृत्वमा विश्वास गर्ने पार्टी हो । तर अध्यक्ष एकजना बिरामी हुँदा सिंगो पार्टी बन्धक जस्तो भएको छ’ एमालेका एक पदाधिकारीले बताए, ‘न नेताहरुलाई जिम्मेवारी छ, न पार्टी गतिविधि छन् । संगठन अस्तव्यस्त छ ।’
अध्यक्षको स्वास्थ्यमा सुधार भइरहेको छ । पूर्ण निको भएपछि सचिवालय, केन्द्रीय कमिटीले कार्यक्रम तय गर्नेछ। आन्तरिक रुपमा पार्टी संगठनका कामहरु भइरहेका छन् । पार्टी कामहरु ठप्प भएका छैनन् ।- भानुभक्त ढकाल,सचिव एमाले गत पुसको महाधिवेशनबाट केन्द्रीय पदाधिकारी चयन भए पनि स्थायी कमिटी र पोलिटब्युरो बन्न सेको छैन । स्थायी र पोलिटब्युरो कमिटी बनेपछि त्यही तहअनुसार नेताहरुलाई संगठन, भूगोल र जनवर्गीय संगठनको इञ्चार्जको जिम्मेवारी नेताहरुले पाउँछन् । ती पदाधिकारीका अनुसार पदाधिकारी र केन्द्रीय सदस्यहरुले पार्टीको काम पाएका छैनन् । फागुनको निर्वाचन अघि बसेको केन्द्रीय पदाधिकारी बैठकले प्रतिनिधिसभा, राष्ट्रिय सभाका उम्मेदवार चयन गरेको थियो ।
एमाले सचिव भानुभक्त ढकालले अध्यक्ष ओली स्वस्थ भएपछि केन्द्रीय सचिवालयलगायत बैठक बसेर पार्टी कार्यक्रम तय गर्ने बताए । ‘अध्यक्षको स्वास्थ्यमा सुधार भइरहेको छ । पूर्ण निको भएपछि सचिवालय, केन्द्रीय कमिटीले कार्यक्रम तय गर्नेछ’ उनले भने, ‘आन्तरिक रुपमा पार्टी संगठनका कामहरु भइरहेका छन् । पार्टी कामहरु ठप्प भएका छैनन् ।’
ads/ad-banner-1440x233px-1042026075344.png
संसदमा तेस्रो ठूलो दल एमालेले ओली पक्राउ परेपछि केही दिन काठमाडौं र बाहिरी केही जिल्लामा ठडक प्रदर्शन गरेको थियो । चैत २६ मा सर्वोच्च अदालतको आदेशमा रिहा भएपछि एमालेका गतिविधि झन् सुस्त भएका छन् । नेता तथा कार्यकर्ताहरु ओलीको स्वस्थ हुने पखाइमा छन् ।
नीति र नेतृत्व पुनर्गठनका लागि पुनर्जागरण अभियान सुरु गरेका केन्द्रीय सदस्यहरु समीक बडाल, नरेश रोकायाले केन्द्रीय कमिटी बस्न ढिलाइ हुँदा पार्टीका कार्यक्रम अघि बढ्न नसकेको बताए । ‘केन्द्रीय कमिटीले निर्वाचनको समीक्षा गरी पार्टी कार्यक्रमलाई तीब्रता दिनुपर्ने हो’ बडालले भने, ‘अध्यक्ष बिरामी भएका कारण केन्द्रीय कमिटी बस्न नसकेको भनिएको छ ।’
पार्टी आन्तरिक कामका लागि महासचिव शंकर पोखरेलले आन्तरिक पार्टी निर्देशिका (अपानी) जारी गर्दै आएका छन् । पछिल्लो पटक एमालेले जेठ १५ भित्र पार्टी सदस्यता नवीकरण गर्न अपानि जारी गरेको छ । जेठ १५ भित्र अनलाइनबाट सदस्यता नवीकरण गर्न अपानिमा उल्लेख छ ।
पूर्व राष्ट्रपति विद्या भण्डारी, पूर्व उपाध्यक्षहरु ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, उपाध्यक्षद्वय विष्णु पौडेल, गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराई, केन्द्रीय सदस्यहरु विन्दा पाण्डे, रचना खड्कालगायत नेताहरु पार्टी पुनर्गठनको पक्षमा उभिएका छन् ।
ads/ekantipur-6800x1100px-0442026081853.jpg
अध्यक्ष ओली भने पार्टी संकटमा परेको बेला नेतृत्वप्रति प्रश्न उठाएको भन्दै नेतृत्वको पुनर्गठनको विकल्प खोज्ने नेताहरुप्रति कठोर हुने मनस्थिति बनाएको निकट एक नेताले जानकारी दिए ।