मुख्य समाचार
असन्तुष्ट पक्षलाई केन्द्रीय कार्यसमितिमा समेट्ने तयारी
असन्तुष्ट पक्षलाई केन्द्रीय कार्यसमितिमा समेट्ने तयारी

— कांग्रेसका सभापति गगन थापाले असन्तुष्ट पक्षलाई केन्द्रीय कार्यसमितिमा समेट्ने तयारी गरेका छन् । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँगको संवादपछि उनी मनोनयन प्रक्रियामा अघि बढेका हुन् ।

बुधबार बिहान थापा र उपसभापति विश्वप्रकाश शर्माले खड्कासँग भेट गरेका थिए । त्यसअघि सोमबार थापाले कोइरालासँग पनि छलफल गरेका थिए । भेटवार्ता सकारात्मक बनेपछि विशेष महाधिवेशनमा सहभागी नभएको समूहलाई केन्द्रीय कार्यसमितिमा मनोनयन गर्ने तयारी भएको कांग्रेसका एक पदाधिकारीले बताए ।

२७–३० पुस २०८२ मा सम्पन्न विशेष महाधिवेशनले थापाको नेतृत्वमा १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो । उक्त महाधिवेशनको विपक्षमा रहेका पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा रिट दायर गरेका थिए । तर, सर्वोच्च अदालतले ४ वैशाखमा विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि पनि एकताबारे मतैक्य हुन सकेको छैन ।

कोइराला समूह एकतामा सकारात्मक देखिए पनि देउवा पक्षका केही नेता अझै छुट्टै अभियानको पक्षमा छन्। उनीहरूले १४ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र विशेष महाधिवेशनबाट आएको कार्यसमितिबीच मर्ज वा हालको कार्यसमितिलाई १५औँ महाधिवेशनको आयोजक समितिमा रूपान्तरण गर्नुपर्ने सर्त राख्दै आएका छन् ।

विशेषगरी कांग्रेस नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलगायतका नेता थापाको नेतृत्व स्वीकार्ने विषयमा अझै अनिच्छुक छन् ।

महामन्त्री प्रदीप पौडेलका अनुसार असन्तुष्ट समूहलाई अधिकतम प्रतिनिधित्व दिँदै एकता गराउने प्रयास भइरहेको छ, जसका कारण मनोनयनमा ढिलाइ भएको हो ।

संशोधित विधानअनुसार सभापतिलाई ६१ जना मनोनयन गर्ने अधिकार छ । ८ क्लस्टर र ७ प्रदेशबाट ४८ जना तथा बाँकी ४० वर्षमुनिका युवा, ल्याटरल इन्ट्री र विदेशस्थित जनसम्पर्क समितिबाट प्रतिनिधित्व गराउने व्यवस्था छ।

१६–१९ असोजमा तय १५औँ महाधिवेशनलाई ‘एकता महाधिवेशन’ बनाउने प्रयास भइरहेको भए पनि विशेष महाधिवेशनबाट आएको कार्यसमिति विघटन गर्ने सर्त स्वीकार्य नहुने पौडेलले स्पष्ट पारे । उनका अनुसार निर्वाचन आयोग र अदालतबाट वैधानिकता पाइसकेको संरचनालाई अस्वीकार गर्नु असंगत हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य–सचिव टंकलाल घिसिङले एसिया रग्बी फिप्टिन्स इमिरेट्स महिला च्याम्पियनसिपको उपाधि विजेता जापानलाई पुरस्कृत गरेका छन् । एसिया रग्बीका उपाध्यक्ष समेत रहेका घिसिङ अतिथिका रूपमा कार्यक्रममा सहभागी भएका थिए । काजकिस्तानको अल्माटीमा जारी प्रतियोगितामा एसियाका शीर्ष तीन वरीयतामा रहेका राष्ट्र जापान, हङकङ चाइना र काजकिस्तानले प्रतिस्पर्धा गरेका थिए । सिंगल राउन्ड रोबिनका आधारमा ...
— सुकुमवासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट बुधबार पनि सरेको छ । न्यायाधीशद्धय शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासमा बुधबार पेसी रहेको मुद्दामा काठमाडौं महानगरपालिकाले तयारी नपुगेको भनि समय मागेपछि सरेको हो । यसअघि मंगलबार पनि लगाउमा राख्ने आदेश भएको भन्दै आजका लागि मुद्दा सारिएको थियो । सर्वोच्चले अर्को पेसी बिहीबारका लागि ...
: प्रहरीले सुनसरी, बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौडाबाट १४८ किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सुपोल बिहार राज्य बीरपुर बस्ने २१ वर्षीय मो. सदाम र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले चतराबाट तेह्रआर्डीतर्फ आउँदै गरेको बीआर ०७ पिसि ४७६५ नम्बरको एम्बुलेन्समा सवार उनीहरूलाई ...
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाई दिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बस्ने बागलुङ काठेखोला गाउँपालिका–३ घर भएका २२ वर्षीय सन्दिप थापा मगर, काठमाडौं महानगरपालिका–३ बस्ने ४३ वर्षीय निरबहादुर कार्की, काठमाडौं महानगरपालिका–९ बस्ने सर्लाही चक्रघट्टा गाउँपालिका–२ घर भएका ३९ ...
: जिल्ला प्रशासन कार्यालयले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ । जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिकसहित विवरण पेस गर्न भनिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिए । पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा पहिचान गरी उक्त जग्गाको ...