: प्रहरीले सुनसरी, बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौडाबाट १४८ किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सुपोल बिहार राज्य बीरपुर बस्ने २१ वर्षीय मो. सदाम र १८ वर्षीय किशोर रहेका छन् ।
इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले चतराबाट तेह्रआर्डीतर्फ आउँदै गरेको बीआर ०७ पिसि ४७६५ नम्बरको एम्बुलेन्समा सवार उनीहरूलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।