मुख्य समाचार
संविधान र कानुनविपरीत सरकारले ल्याएको अध्यादेश सच्याउने गरी संसद्‍मा प्रस्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन
संविधान र कानुनविपरीत सरकारले ल्याएको अध्यादेश सच्याउने गरी संसद्‍मा प्रस्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन

— कांग्रेसका सभापति गगनकुमार थापाले संविधान र कानुनविपरीत सरकारले ल्याएको अध्यादेश सच्याउने गरी संसद्‍मा प्रस्तुत हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले उक्त निर्देशन दिएका हुन् । सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन विधेयकको रुपमा संसद्‌मा आउने भएकाले त्यसमा रहेका संविधान, कानुनविपरीतका प्रावधान सच्याउने गरी सांसदहरुलाई प्रस्तुत हुन आफूले बैठकमा भनेको सभापति थापाको भनाइ थियो ।

उनले सरकार संविधानको सीमा बाहिर जान लागेको आफूले पाएको उल्लेख गर्दै आपत्तिसमेत जनाए । सभापति थापाले कांग्रेसले सरकारलाई गलत बाटोमा जान नदिने गरी आफ्नो भूमिका निर्वाह गर्ने पनि बताए ।

‘सरकारले संविधानको सीमाभित्र बसेर गर्ने सकारात्मक कामहरुमा नेपाली कांग्रेसले कुनै अवरोध पुर्‍याउँदैन । हामीले पार्टी संसदीय दललाई पनि यो निर्णय जानकारी गराएका छौँ । संविधानको परिधिभित्र रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि हाम्रो काम हो । जहाँ प्रश्न गर्नुपर्ने हुन्छ, त्यहाँ कांग्रेसले प्रश्न गर्छ, जहाँ खबरदारी गर्नुपर्ने हो, त्यहाँ त्यो गर्छ । जहाँ विकल्प सुझाउनुपर्ने हुन्छ, त्यहाँ हामी त्यो काम पनि गर्छौं,' उनले भने ।

'अध्यादेश ल्याउने संवैधानिक व्यवस्था छ । हिजो हामीले पनि ल्याएको थियौं । भोलि पनि ल्याउनुपर्ने परिस्थिति बन्छ । तर विषय केसँग जोडिएर आउँछ भने केका लागि ल्याइएको हो ? कुन नियतले ल्याइएको भन्ने कुराचाँहि जहिल्यै हेर्नुपर्ने हुन्छ,' उनले भने, 'अहिले दर्जनौं अध्यादेशहरु ल्याइएका छन् । राष्ट्रपतिले अध्यादेश बनाइसक्नु भएको छ । प्रत्येक अध्यादेश जुन अब संसद्‌मा आउँछ । भोलि यो प्रतिस्थापन विधेयकको रुपमा आउँदा यसभित्र कुन विषय संविधानसम्मत छ, कुन विषय संविधानसम्मत छैन ? कसले नागरिक हक अधिकार खोसेको छ, कुन ठीक छ, कुन ठीक छैन ? भनेर यसलाई जाँच्ने त्यसको आलोकमा प्रश्न उठाउने र आवश्यकताअनुसार सच्याउनका लागि दबाब दिने यो तपाईंहरुको काम हो । यो भूमिका निर्वाह गर्नुहोस् भनेर भनेका छौं ।’

सभापति थापाले सरकारले बहुमत छ भन्दैमा एक्ले कानुन बनाउने भन्ने भ्रम पाल्न नहुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— जग्गा भोगाधिकारमा भएको ढिलाईका कारण निर्माणाधीन रोल्वालिङ खोला जलविद्युत् आयोजना १० महिनादेखि ठप्प छ । सरकारले संरक्षण क्षेत्रको जग्गा भोगाधिकार आयोजनालाई दिन ढिलाई गरेपछि निर्माणसम्बन्धी काम रोकिएको हो । २२ मेगावाट क्षमताको यो आयोजना माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीले बनाइरहेको छ । बिगु गाउँपालिका–१ र गौरीशंकर गाउँपालिका–९ गौरीशंकर संरक्षण क्षेत्रमा आयोजना निमार्णाधीन छ । २० असार ...
— काठमाडौंको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी बुधबार एक युवकको हत्या भएको छ । दिउँसो धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । उनले भने, 'धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका विपिनको मृत्यु भएको छ । हतियार प्रहार गर्नेको ...
: सरकारले निजामति कर्मचारी र स्वास्थ्यका गरी १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ । खारेज भएका युनियनमध्ये ८ वटा निजामती कर्मचारी र चार वटा स्वास्थ्यकर्मीका ट्रेड युनियन छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले १२ वटा ट्रेड युनियन दर्ता खारेज गर्ने निर्णय गरेको हो । विभागमा दर्ता भई ...
— प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउनका लागि अनेक जालझेल गरिरहेको आरोप लगाएका छन् । पार्टी संसदीय दलको बैठकपछि बुधबार सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री शाहले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश ल्याएको जिकिरसमेत गरे । संसद्‍ अधिवेशन आह्वान र बन्द गर्ने खेल सरकारले ...
: ‘सेलेक्ट यूएसए’ लगानी शिखर सम्मेलनमा नेपालले पहिलो पटक सहभागिता जनाएको छ । शिखर सम्मेलनमा नेपालबाट पहिलो पटक निजी क्षेत्रले सहभागिता जनाएका हुन् । शिखर सम्मेलनमा सहभागी हुँदै नेपालको निजी क्षेत्रले विश्वव्यापी आर्थिक संलग्नतामा महत्वपूर्ण कदम चालेको हो । सम्मेलनमा सहभागी नेपालले आफूलाई लगानी, नव प्रचार र व्यापारका लागि एक उदाउँदो साझेदारको रूपमा प्रस्तुत गरेको ...