मुख्य समाचार
अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न जिल्लाका स्थानीय तहहरुले धमाधम सूचना जारी
अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न जिल्लाका स्थानीय तहहरुले धमाधम सूचना जारी

। अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न जिल्लाका स्थानीय तहहरुले धमाधम सूचना जारी गरेका छन् । पालुङटार नगरपालिका र शहीद लखन गाउँपालिकाले सूचना जारी गरिसकेको छ भने अन्य पालिका तयारीमा छन् ।

सबैभन्दा पहिले सूचना प्रकाशन गरेको पालुङटार नगरपालिकाले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको नापजाँच समेत थालेको छ । ‘सार्वजनिक जग्गामा बनाइएका संरचना हटाउन भनेर गत बुधबार १५ दिने सूचना निकालेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले भने, ‘सँगै जग्गाहरुको नापजाँच पनि भइरहेको छ ।’




वडा नम्वर ५ राधाकृष्ण चोकस्थित चारकुने, वडा नम्बर ७ विरुवाटार लगायतका ठाउँमा नापजाँच भइसकेको उनको भनाइ छ । क्रमश: अन्य वडाहरुमा पनि नापजाँच हुने उनले बताए । ‘सार्वजनिक जग्गा संरक्षण समितिको बैठक राखेर, नापजाँचलाई तीव्रता दिने निर्णय समेत भएको छ,’ उनले भने ।

नगरपालिकाभित्र रहेका सार्वजनिक, नदि खोलाको बहन क्षेत्र, सरकारी तथा ऐलानी-पर्ती जग्गामा अनुमतिबिना निर्माण गरिएको संरचना हटाउन पालिकाले १५ दिनको अल्टिमेटम दिएको छ । अवज्ञा गरे नगरपालिका आफैले उक्त संरचना हटाउने र सो गर्दा लागेको खर्च सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्ने चेतावनी समेत दिएको छ ।




यता शहीद लखन गाउँपालिकाले सोमबार सूचना प्रकाशन गर्दै ३५ दिने अल्टिमेटम दिएको छ । सूचनाको अवज्ञा गरी सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना नहटाए कानुन बमोजिम कारबाही प्रक्रियाअघि बढाइने पालिकाले जनाएको छ ।

भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीबाहेक पालिकाभित्र सरकारी जग्गामा रहेका संरचना हटाउन आग्रह गरिएको पालिका अध्यक्ष रमेश थापा मगरले बताए । ‘हाम्रो पालिकामा अव्यवस्थित बसोवासी २९७ जना, भूमिहीन दलित १० जना र भूमिहीन सुकुमवासी ९ जना छन्,’ उनले भने, ‘जग्गा उपलब्ध गराउनका लागि उक्त विवरण राष्ट्रिय भूमि आयोग जिल्ला समिति गोरखामा पठाइसकेका छौँ ।’

सो विवरणमा उल्लेख भएका बाहेक अन्यलाई संरचना हटाउन समयसिमा तोकिएको उनले जानकारी दिए । आरुघाट गाउँपालिकाले सार्वजनिक र सरकारी जग्गा खाली गराउन सूचना प्रकाशनका लागि सबै वडामा पत्राचार गरिसकेको जनाएको छ ।

गोरखा नगरपालिकाले केही दिनमा कार्यपालिका बैठक बसेर निर्णय गर्ने जनाएको छ । ‘वडा वडामा विवरण संकलन गर्न भनेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले भने, ‘पर्सि कार्यपालिका बैठक पनि छ, त्यही बैठकबाट निर्णय गरेर सार्वजनिक सूचना पनि जारी गर्ने भनेका छौँ ।’ एघार वटा स्थानीय तहमध्ये बाँकीले पनि सूचना जारी गर्ने तयारी भइरहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले ल्याएका विभिन्न अध्यादेशहरू संसद्मा पेस भएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमलेले केही अध्यादेश पेस गरिन् । जस अन्तर्गत सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश रहेका छन् ...
। प्रतिपक्षी दल नेकपा एमालेले न्यायपालिकाको प्रमुख बन्ने कुरा प्रधानमन्त्रीको तजबिजले निर्धारण गर्ने खतरनाक भाष्य स्थापना हुन खोजेको भन्दै आपत्ति जनाएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा एमाले सांसद पद्मा अर्यालले सरकारले ल्याएको अध्यादेश र अध्यादेश कार्यान्वयन गर्दैगर्दा प्रधानन्यायाधीश सिफारिसको विषयले स्थापित मान्यताको धज्जी उडाएको टिप्पणी गरिन् । ‘न्यायपालिकाको प्रमुख को हुने भन्ने कुरा विधिले ...
। रास्वपा सांसद जगदीश खरेलले आफूविरुद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा सांसद खरेलले आफूविरुद्ध स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा जोडिएको भन्दै भ्रामक समाचारहरू प्रकाशित भएको जिकिर गरे । उनले स्मार्ट टेलिकमको प्रकरणमा जोडिएर आफूले एउटा बैठक, फाइल पारित गर्ने कुनै काम नगरेको पनि जिकिर गरे ...
। नेपाली कांग्रेसले भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किन गरिएको भनेर संसद्‌मा प्रश्न उठाएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदाको नियम २५९ मा यससम्बन्धी व्यवस्था छ । जसले सांसदलाई प्रतिनिधिसभा नियमावली नै मूल कानुन हुने र अन्य कानुनले जे जस्तो व्यवस्था गरे पनि नियमावली नै लागू हुने भनेको छ । प्रतिनिधिसभा नियमावलीको नियम २५९ मा ‘प्रचलित ...
। प्रधानमन्त्री बालेन शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गर्न अस्वीकार भएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता विकल राईले दायर गर्न ल्याएको रिट अदालत प्रशासनले दरपीठ गरिदिएको हो । प्रधानमन्त्री शाहले सामाजिक सञ्वालमार्फत ‘देशको भविष्य बोक्ने विद्यार्थीहरूलाई स्लिपर सेल’ सम्बोधन गरेको भन्दै राइ रिट दायर गर्न ...