मुख्य समाचार
अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न जिल्लाका स्थानीय तहहरुले धमाधम सूचना जारी
अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न जिल्लाका स्थानीय तहहरुले धमाधम सूचना जारी

। अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न जिल्लाका स्थानीय तहहरुले धमाधम सूचना जारी गरेका छन् । पालुङटार नगरपालिका र शहीद लखन गाउँपालिकाले सूचना जारी गरिसकेको छ भने अन्य पालिका तयारीमा छन् ।

सबैभन्दा पहिले सूचना प्रकाशन गरेको पालुङटार नगरपालिकाले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको नापजाँच समेत थालेको छ । ‘सार्वजनिक जग्गामा बनाइएका संरचना हटाउन भनेर गत बुधबार १५ दिने सूचना निकालेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले भने, ‘सँगै जग्गाहरुको नापजाँच पनि भइरहेको छ ।’




वडा नम्वर ५ राधाकृष्ण चोकस्थित चारकुने, वडा नम्बर ७ विरुवाटार लगायतका ठाउँमा नापजाँच भइसकेको उनको भनाइ छ । क्रमश: अन्य वडाहरुमा पनि नापजाँच हुने उनले बताए । ‘सार्वजनिक जग्गा संरक्षण समितिको बैठक राखेर, नापजाँचलाई तीव्रता दिने निर्णय समेत भएको छ,’ उनले भने ।

नगरपालिकाभित्र रहेका सार्वजनिक, नदि खोलाको बहन क्षेत्र, सरकारी तथा ऐलानी-पर्ती जग्गामा अनुमतिबिना निर्माण गरिएको संरचना हटाउन पालिकाले १५ दिनको अल्टिमेटम दिएको छ । अवज्ञा गरे नगरपालिका आफैले उक्त संरचना हटाउने र सो गर्दा लागेको खर्च सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल उपर गर्ने चेतावनी समेत दिएको छ ।




यता शहीद लखन गाउँपालिकाले सोमबार सूचना प्रकाशन गर्दै ३५ दिने अल्टिमेटम दिएको छ । सूचनाको अवज्ञा गरी सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना नहटाए कानुन बमोजिम कारबाही प्रक्रियाअघि बढाइने पालिकाले जनाएको छ ।

भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोवासीबाहेक पालिकाभित्र सरकारी जग्गामा रहेका संरचना हटाउन आग्रह गरिएको पालिका अध्यक्ष रमेश थापा मगरले बताए । ‘हाम्रो पालिकामा अव्यवस्थित बसोवासी २९७ जना, भूमिहीन दलित १० जना र भूमिहीन सुकुमवासी ९ जना छन्,’ उनले भने, ‘जग्गा उपलब्ध गराउनका लागि उक्त विवरण राष्ट्रिय भूमि आयोग जिल्ला समिति गोरखामा पठाइसकेका छौँ ।’

सो विवरणमा उल्लेख भएका बाहेक अन्यलाई संरचना हटाउन समयसिमा तोकिएको उनले जानकारी दिए । आरुघाट गाउँपालिकाले सार्वजनिक र सरकारी जग्गा खाली गराउन सूचना प्रकाशनका लागि सबै वडामा पत्राचार गरिसकेको जनाएको छ ।

गोरखा नगरपालिकाले केही दिनमा कार्यपालिका बैठक बसेर निर्णय गर्ने जनाएको छ । ‘वडा वडामा विवरण संकलन गर्न भनेका छौँ,’ प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले भने, ‘पर्सि कार्यपालिका बैठक पनि छ, त्यही बैठकबाट निर्णय गरेर सार्वजनिक सूचना पनि जारी गर्ने भनेका छौँ ।’ एघार वटा स्थानीय तहमध्ये बाँकीले पनि सूचना जारी गर्ने तयारी भइरहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ । पर्वत र बागलुङ ...
। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) बूढीगण्डकीमा बाढी आएको सूचना प्राप्त गरेलगत्तैदेखि सरकारका अंगहरूले विपद् प्रतिकार्यका काम गरिरहेको बताएका छन् । आइतबार साँझ फेसबुकमार्फत प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन् । उनले गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा आज बिहान गएको पहिरोको कारण बूढीगण्डकी नदीमा लेदोसहित बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको बताएका छन् । ‘बाढीमा परी ५ ...
: बूढानीलकण्ठ–१० कपनस्थित बाल उद्वार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र घर भएर काठमाडौंको कपन बस्दै आएका ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली घर भएर कपनमै बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन्। गत असोज २२ गते बिहान करिब १०ः३४ बजे विद्यालय परिसरमा प्रधानाध्यापकमाथि कुटपिट ...
। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले निम्त्याएको विनाश भोटेकोशी र त्रिशूली महाविपत्तिकै मिनि संस्करण जस्तो देखिएको बताएका छन्। आइतबार बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन र पीडितहरूसँगको संवादपछि उनले यस्तो बताएका हुन्। आइतबार डा. भट्टराईले बाढीबाट प्रभावित गोरखाको आरुघाट बजार, शान्तिबजारलगायतका क्षेत्रको पुगेर स्थलगत अध्ययन गरेका थिए। सो क्रममा उनले गण्डकी प्रदेशका ...
: गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रस्थित बुढीगण्डकी नदीमा आएको भीषण बाढीमा परेकाहरूको उद्धार र राहत कार्यलाई सरकारले तीव्रता दिएको बताएका छन्। आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको बैठकपछि मन्त्री गुरुङले राहत सामग्रीसहित उद्धारको काम भइरहेको जानकारी दिएका हुन्। उनले बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुगेकाले सोलारमार्फत बत्ती र टेलिफोन सेवा सुचारु गर्ने काम ...