। वातावरण व्यवस्थापन विभागले काठमाडौं उपत्यकामा सञ्चालित सवारीसाधनको प्रदूषणस्तर मापनका लागि स्थलगत परीक्षण अभियान सुरु गरेको छ ।
विभागले बुधबार काठमाडौंको बबरमहलमा विशेष टोली खटाएर सार्वजनिक सवारीसाधनहरूको प्रदूषण परीक्षण गरेको हो ।
काठमाडौं महानगरपालिकाको संयोजन तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, वातावरण विभाग र महानगर प्रहरी बलको संयुक्त सहकार्यमा यो जाँच प्रक्रिया अघि बढाइएको हो ।
स्थलगत जाँचका क्रममा सवारीसाधनबाट उत्सर्जन हुने धुवाँको अवस्थाका अतिरिक्त ट्राफिक प्रहरीले सवारीको यान्त्रिक अवस्था र आवश्यक कागजातहरूको समेत सूक्ष्म निरीक्षण गरिरहेको विभागले जनाएको छ ।