मुख्य समाचार
सरकारले कानून सचिवमार्फत दुई अदालतका सदस्यहरूलाई राजीनामा दिएर सहजीकरण गरिदिन आग्रह
सरकारले कानून सचिवमार्फत दुई अदालतका सदस्यहरूलाई राजीनामा दिएर सहजीकरण गरिदिन आग्रह

। सरकारले कानून सचिवमार्फत दुई अदालतका सदस्यहरूलाई राजीनामा दिएर सहजीकरण गरिदिन आग्रह गरेको छ । कानूनसचिव पारश्वर ढुंगानाले प्रशासकीय अदालत र श्रम अदालतका सदस्यहरूलाई राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रह गरेका हुन् ।

कानूनसचिव ढुंगानाले अनलाइनखबरसँगको कुराकानीमा उनीहरूलाई सरकारको सन्देश सुनाएर मार्गप्रशस्त गरिदिन आग्रह गरेको बताए ।

‘राजनीतिक नियुक्ति लिएकाहरूलाई बिदा गरेर ती ठाँउमा योग्य र प्रतिस्पर्धी व्यक्तिहरूको सिफारिस गर्ने सरकारको नीति त सार्वजनिक नै छ नी, हैन र ?,’ ढुंगानाले अनलाइनखबरसँग भने, ‘उहाँहरूलाई सरकारले नियुक्त गर्ने हो, कुनै प्रतिस्पर्धाबिनाको राजनीतिक नियुक्ति भएकाले सरकारको सन्देश मैले उहाँहरूसम्म पुर्‍याइदिएको हो ।’

कानून सचिवसँग फोनमा कुरा हुनासाथ दुई न्यायाधीकरणका सदस्यहरूले सर्वोच्च अदालतका केही न्यायाधीशहरूलाई फोन गरेर आफूहरूलाई राजीनामा दिन निर्देशन आएको भनेर खबर गरेका थिए । त्यसपछि त्यो खबर महान्यायाधिवक्तासम्म पुगेको थियो ।

प्रशासकीय अदालतमा नवलकिशोर यादव र आलोकचन्द्र श्रेष्ठ सदस्य छन् । त्यसैगरी श्रम अदालतमा शैलेन्द्र कुमार चौरसिया र कुमारी खरेल सदस्य छन् ।

दुवै अदालतका सदस्यहरू यसअघिको सरकारले नियुक्त गरेका हुन् । न्यायपरिषद्कै सिफारिसमा नियुक्त दुवै अदालतका अध्याक्षहरूलाई भने केही नभनिएको सचिव ढुंगानाले स्पष्ट पारे ।

‘अध्यक्षहरू भने न्यायपरिषद्को परामर्शमा नियुक्त हुने भएकाले सरकारले केही भनेको छैन,’ सचिव ढुंगानाले भने, ‘सरकारले गर्ने राजनीतिक नियुक्तिको कारणले मात्रै सदस्यहरूलाई सरकारको सन्देश सुनाउनुपरेको हो ।’

प्रशासकीय अदालतले निजामती कर्मचारीहरूबारे हुने निर्णय र त्यससँग सम्बन्धित विवादको सुनुवाइ गर्छ । श्रम ऐन बमोजिम स्थापित श्रम अदालतले श्रमिक र औद्योगिक प्रतिष्ठानहरूबीचको विवाद निरुपण गर्छ । दुवै अदालतहरू न्यायाधीकरण(ट्रिब्यूनल) प्रकृतिका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले ल्याएका विभिन्न अध्यादेशहरू संसद्मा पेस भएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमलेले केही अध्यादेश पेस गरिन् । जस अन्तर्गत सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश रहेका छन् ...
। प्रतिपक्षी दल नेकपा एमालेले न्यायपालिकाको प्रमुख बन्ने कुरा प्रधानमन्त्रीको तजबिजले निर्धारण गर्ने खतरनाक भाष्य स्थापना हुन खोजेको भन्दै आपत्ति जनाएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा एमाले सांसद पद्मा अर्यालले सरकारले ल्याएको अध्यादेश र अध्यादेश कार्यान्वयन गर्दैगर्दा प्रधानन्यायाधीश सिफारिसको विषयले स्थापित मान्यताको धज्जी उडाएको टिप्पणी गरिन् । ‘न्यायपालिकाको प्रमुख को हुने भन्ने कुरा विधिले ...
। रास्वपा सांसद जगदीश खरेलले आफूविरुद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा सांसद खरेलले आफूविरुद्ध स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा जोडिएको भन्दै भ्रामक समाचारहरू प्रकाशित भएको जिकिर गरे । उनले स्मार्ट टेलिकमको प्रकरणमा जोडिएर आफूले एउटा बैठक, फाइल पारित गर्ने कुनै काम नगरेको पनि जिकिर गरे ...
। नेपाली कांग्रेसले भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किन गरिएको भनेर संसद्‌मा प्रश्न उठाएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदाको नियम २५९ मा यससम्बन्धी व्यवस्था छ । जसले सांसदलाई प्रतिनिधिसभा नियमावली नै मूल कानुन हुने र अन्य कानुनले जे जस्तो व्यवस्था गरे पनि नियमावली नै लागू हुने भनेको छ । प्रतिनिधिसभा नियमावलीको नियम २५९ मा ‘प्रचलित ...
। प्रधानमन्त्री बालेन शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गर्न अस्वीकार भएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता विकल राईले दायर गर्न ल्याएको रिट अदालत प्रशासनले दरपीठ गरिदिएको हो । प्रधानमन्त्री शाहले सामाजिक सञ्वालमार्फत ‘देशको भविष्य बोक्ने विद्यार्थीहरूलाई स्लिपर सेल’ सम्बोधन गरेको भन्दै राइ रिट दायर गर्न ...