मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदको अन्तर्क्रिया सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदको अन्तर्क्रिया सुरु

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदको अन्तर्क्रिया सुरु गरेको छ । आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा मन्त्री र सांसदको छलफल बुधबारदेखि सुरु गरिएको हो ।

पहिलो दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिकमन्त्री सुनिल लम्सालले सांसदहरूसँग छलफल गरेका छन् । बजेट निर्माणको तयारी र प्रक्रियाका बारेमा जानकारी गराइएको सांसद खगेन्द्र कर्णले जानकारी गराए । अर्थमन्त्री वाग्लेले राजश्व वृद्धि गर्ने लक्ष्य सरकारले राखेको जानकारी गराएका थिए । १२ खर्बको राजश्व संकलनलाई वृद्धि गरेर १४ खर्ब पुर्‍याउने लक्ष्य अर्थमन्त्री वाग्लेले सुनाएका थिए ।

विगतमा निर्माण सुरु गरिएका ३ हजार वटा पुल तीन वर्षभित्र बनाउने लक्ष्य रहेको सांसदहरुलाई अवगत गराइएको थियो । प्रमुख शहरहरू धुलोमुक्त बनाउने र नाकालाई व्यवस्थित बनाउने गरी सरकारको योजना रहेको जानकारी गराइएको अर्का सांसद दीपककुमार साह (सुनसरी) ले जानकारी गराए ।

पूर्वाधार विकासका लागि भारत र चिनबाट अनुदानमा ऋण लिने योजना रहेको सांसदहरुलाई जानकारी गराइएको थियो । मन्त्रीद्वय वाग्ले र लम्सालले यसपटक रासायनिक मलको अभाव नहुने जानकारी गराएका थिए ।
अर्थमन्त्री वाग्लेले प्राथमिकताको आधारमा बजेट विनियोजन हुने हुँदा बजेटका लागि भन्दै मन्त्रीको कक्षहरुमा चाहर्दै नहिँड्न सांसदहरुलाई आग्रह गरेका थिए । सांसदहरुले मन्त्रीको ढोका ढोका पुगेर बजेट विनियोजन गर्न आग्रह गर्ने पुरानो पद्धति नदोहोरिने मन्त्री वाग्ले र लम्सालले जानकारी गराएको छलफलमा सहभागी एक सांसदले जानकारी गराए ।

ती सांसदका अनुसार नयाँ सरकारले परिणाममुखी बजेट ल्याउने अर्थमन्त्री वाग्लेले जानकारी गराएका थिए । विगतका विकृत पद्धतिलाई हटाएर परिणाममुखी बजेट आउने अर्थमन्त्री वाग्लेले सांसदहरुलाई बताएका थिए ।

अघिल्लो सरकारहरुले ल्याएको दायित्वहरु चिर्दै बजेट निर्माण गर्न लागिएको अर्थमन्त्री वाग्लेले जानकारी गराएका थिए । विकास आयोजनाहरु तोकिएको समयमा निर्माण नहुँदा त्यसबाट लागत झनै बढ्न गएको तथ्यांक मन्त्रीहरुले छलफलमा राखेको सांसद साहले जानकारी गराए । बिहीबार पर्यटन, सञ्चार र कानुनी मन्त्रीसँग सांसदहरुले छलफल गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले ल्याएका विभिन्न अध्यादेशहरू संसद्मा पेस भएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमलेले केही अध्यादेश पेस गरिन् । जस अन्तर्गत सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश रहेका छन् ...
। प्रतिपक्षी दल नेकपा एमालेले न्यायपालिकाको प्रमुख बन्ने कुरा प्रधानमन्त्रीको तजबिजले निर्धारण गर्ने खतरनाक भाष्य स्थापना हुन खोजेको भन्दै आपत्ति जनाएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा एमाले सांसद पद्मा अर्यालले सरकारले ल्याएको अध्यादेश र अध्यादेश कार्यान्वयन गर्दैगर्दा प्रधानन्यायाधीश सिफारिसको विषयले स्थापित मान्यताको धज्जी उडाएको टिप्पणी गरिन् । ‘न्यायपालिकाको प्रमुख को हुने भन्ने कुरा विधिले ...
। रास्वपा सांसद जगदीश खरेलले आफूविरुद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा सांसद खरेलले आफूविरुद्ध स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा जोडिएको भन्दै भ्रामक समाचारहरू प्रकाशित भएको जिकिर गरे । उनले स्मार्ट टेलिकमको प्रकरणमा जोडिएर आफूले एउटा बैठक, फाइल पारित गर्ने कुनै काम नगरेको पनि जिकिर गरे ...
। नेपाली कांग्रेसले भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किन गरिएको भनेर संसद्‌मा प्रश्न उठाएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदाको नियम २५९ मा यससम्बन्धी व्यवस्था छ । जसले सांसदलाई प्रतिनिधिसभा नियमावली नै मूल कानुन हुने र अन्य कानुनले जे जस्तो व्यवस्था गरे पनि नियमावली नै लागू हुने भनेको छ । प्रतिनिधिसभा नियमावलीको नियम २५९ मा ‘प्रचलित ...
। प्रधानमन्त्री बालेन शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गर्न अस्वीकार भएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता विकल राईले दायर गर्न ल्याएको रिट अदालत प्रशासनले दरपीठ गरिदिएको हो । प्रधानमन्त्री शाहले सामाजिक सञ्वालमार्फत ‘देशको भविष्य बोक्ने विद्यार्थीहरूलाई स्लिपर सेल’ सम्बोधन गरेको भन्दै राइ रिट दायर गर्न ...