मुख्य समाचार
अमेरिकी हमलापछि इरानको चेतावनी: सिंहको दाँत देखेर उ मुस्कुराएको नठान्नु
अमेरिकी हमलापछि इरानको चेतावनी: सिंहको दाँत देखेर उ मुस्कुराएको नठान्नु

: अमेरिकाले इरानका सैन्य ठेगानाहरूमा बमबारी गरेको दाबी गरेपछि दुई देशबीचको तनाव फेरि एकपटक चरम बिन्दुमा पुगेको छ। अमेरिकी हमलाको कडा प्रतिवाद गर्दै इरानी नेताहरूले यसलाई गम्भीर गल्तीको संज्ञा दिएका छन्।

इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले सामाजिक सञ्जाल एक्समा एक अरबी उखान उद्धृत गर्दै अमेरिकालाई सांकेतिक तर कडा चेतावनी दिएका छन्। उनले लेखेका छन्, 'यदि तिमीले सिंहको बाहिर निस्किएका दाँत देख्छौ भने, यो नठान्नु कि सिंह मुस्कुराइरहेको छ।' उनको यो भनाइले इरान चुप लागेर बसेको नभई प्रत्याक्रमणको तयारीमा रहेको संकेत गरेका छन् ।

यस्तै इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजीजीले पनि अमेरिकालाई सचेत गराएका छन्। उनले भनेका छन्, 'बारम्बार एउटै गल्ती दोहोर्‍याउँदा परिणाम फरक हुँदैन, बरु झन् कडा जवाफ आउनेछ। अमेरिकाले इरानको नयाँ समुद्री नियमको सम्मान गर्नुपर्छ।'



अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी हमलालाई विफल तुल्याएको दाबी गरेका छन्। ट्रम्पका अनुसार इरानले होर्मुज जलडमरूमध्यमा अमेरिकी जहाजहरूलाई निशाना बनाउन खोजेको थियो।

तर तीनवटा अमेरिकी 'डेस्ट्रोयर' जहाजहरू सुरक्षित रूपमा उक्त क्षेत्रबाट बाहिर निस्किएका छन्। जवाफी कारबाहीमा अमेरिकाले इरानका थुप्रै साना युद्ध-डुङ्गाहरू ध्वस्त पारेको छ र इरानी मिसाइलहरूलाई आकाशमै खसालिदिएको छ।

यसैबीच, इरानी सेनाले अमेरिकामाथि गम्भीर आरोप लगाएको छ। यो हमला गरेर अमेरिकाले युद्धविरामको पालना नगरेको र अन्तर्राष्ट्रिय सम्झौता तोडेको इरानको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको पेशावरमा एउटा निजी विद्यालयको छाना भत्किँदा ३४ जनाको मृत्यु भएको छ। मृत्यु हनेमा एक शिक्षक र ३३ जना विद्यार्थी रहेको लेडी रेडिङ अस्पतालले पुष्टि गरेको छ। प्रहरीले उक्त विद्यालयका सञ्चालकलाई पक्राउ गरिएको जनाएको छ। उक्त निजी विद्यालय शैक्षिक गुठीका रूपमा सञ्चालित हुँदै आएको बताइएको छ। दिर कोलोनीस्थित अल–खैर विद्यालयमा स्थानीय समयानुसार बिहीबार बिहान ८ः४८ ...
। इन्डोनेसियामा डढेलो तीव्र बन्दै जाँदा त्यसबाट फैलिएको धुवाँ र तुवाँलोले दक्षिणपूर्वी एसियाका विभिन्न देश प्रभावित भएका छन् । सिंगापुरमा वायु प्रदूषण यस वर्षकै उच्च बिन्दुमा पुगेको छ भने पूर्वी टिमोरले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । रोयटर्सका अनुसार बुधबार सिंगापुरको पश्चिमी क्षेत्रमा एक घण्टाको पीएम २.५ मापन २८४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको ...
यमनमा चर्किंदो द्वन्द्वका कारण ८ लाख मानिस जीवनरक्षक खाद्य सहायताबाट वञ्चित भएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले चेतावनी दिएको छ । युद्धका अग्रपंक्ति निरन्तर परिवर्तन हुनु, सडक अवरुद्ध हुनु र सुरक्षा अवस्था बिग्रिनुले प्रमुख क्षेत्रमा राहत सामग्री पुर्‍याउन कठिन भएको कार्यक्रमले जनाएको छ । डब्लूएफपीका अनुसार यमनको तेस्रो ठूलो सहर ताइजमा संकट सबैभन्दा गम्भीर ...
: माल्दिभ्सले विभिन्न विदेशी लगानी जोड्ने नियम कडा बनाएकाे छ । व्यवस्था अनुसार निर्माण, घरगा , लेखापरीक्षण र सूचना प्रविधि निश्चित विदेशी लगानीका लागि २५ प्रतिशत स्थानीय स्वामित्व छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित छ। आर्थिक विकास, यातायात तथा व्यापार मिनि मोहम्मद सइदका अनुसार १५ अमेरिकी डलर मूल्य निर्माण परियोजना र १०० मिल ...
: अमेरिकाको विस्कन्सिन राज्यमा 'पाइपर PA 46' (Piper PA 46) मोडलको साना फिक्स-विङ विमान दुर्घटना हुँदा एक बच्चासहित ६ जनाको मृत्यु भएको छ। केनोसाबाट मेनोमोनीतर्फ गइरहेको उक्त विमान डेलोना क्षेत्रस्थित जंगलमा मंगलबार राति दुर्घटनामा परेको हो। सोक काउन्टी शेरिफको कार्यालयका अनुसार राति करिब ९:३० बजे डेलोना शहरको पार्क लेन उत्तर र हर्विग रोड पश्चिम क्षेत्रमा विमान खसेको ...