मुख्य समाचार
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले 'धम्कीहरू' अन्त्य भएको खण्डमा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पुनः खुल्ला गर्ने संकेत
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले 'धम्कीहरू' अन्त्य भएको खण्डमा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पुनः खुल्ला गर्ने संकेत

: इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले 'धम्कीहरू' अन्त्य भएको खण्डमा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पुनः खुल्ला गर्ने संकेत दिएको छ। इरानी नियमहरू पालना गर्दै यस मार्गबाट आवतजावतमा सहयोग पुर्‍याएको भन्दै आईआरजीसीले जहाज मालिकहरूलाई धन्यवाद समेत दिएको छ।

आईआरजीसीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'आक्रमणकारीहरूको धम्की समाप्त भएपछि नयाँ प्रक्रियाअन्तर्गत यस समुद्री मार्गबाट सुरक्षित र स्थायी रूपमा जहाजहरू गुड्ने सुविधा उपलब्ध गराइनेछ।'

इरानको यो बयान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'प्रोजेक्ट फ्रीडम' रोक्ने घोषणा गरेको केही घण्टापछि आएको हो। 'प्रोजेक्ट फ्रीडम' जहाजहरूलाई होर्मुज जलडमरूमध्यबाट सुरक्षित रूपमा पार गराउन सञ्चालन गरिएको अमेरिकी सैन्य अभियान थियो।



इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले वार्ताका लागि सच्चा प्रयास र सद्भाव आवश्यक रहेको बताए । उनका अनुसार वार्ताको अर्थ आदेश, धोका वा जबरजस्ती नभई विवाद सुल्झाउने वास्तविक कोसिस हुनुपर्छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानसँगको तनावबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेका थिए, .]इरानसँगको युद्ध र नाकाबन्दी सम्झौतामार्फत अन्त्य हुन सक्छ। तर, यदि इरान सम्झौताका लागि तयार भएन भने बमबारी अझ तीव्र पारिनेछ।'

होर्मुज जलडमरूमध्य विश्वको तेल आपूर्तिका लागि सबैभन्दा महत्त्वपूर्ण मार्ग मानिन्छ। इरानले यसलाई खोल्ने संकेत दिनु र अमेरिकाले आफ्नो सैन्य सुरक्षा अभियान 'प्रोजेक्ट फ्रीडम' रोक्नुले मध्यपूर्वको तनाव कम हुने आशा जगाएको छ। यद्यपि, ट्रम्पको पछिल्लो चेतावनीले वार्ताको वातावरण अझै अनिश्चित रहेको देखाउँछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...