मुख्य समाचार
पश्चिम बंगालमा भाजपा नेता सुवेन्दु अधिकारीका पीएको गोली प्रहार गरी हत्या
पश्चिम बंगालमा भाजपा नेता सुवेन्दु अधिकारीका पीएको गोली प्रहार गरी हत्या

: पश्चिम बंगालको उत्तर २४ परगना जिल्लाको मध्यग्राममा भारतीय जनता पार्टी (भाजपा)का नवनिर्वाचित सांसद शुभेन्दु अधिकारीका निजी सहायक (पीए) चन्द्रनाथ रथको गोली हानी हत्या गरिएको छ। प्रारम्भिक रिपोर्टअनुसार मोटरसाइकलमा आएका आक्रमणकारीहरूले उनको गाडी रोकेर अन्धाधुन्ध गोली चलाएका थिए। गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ।

यस घटनापछि पश्चिम बंगालको राजनीति निकै तातेको छ। भाजपा नेताहरूले यो योजनाबद्ध हमला भएको दाबी गर्दै यसको पछाडि तृणमूल कांग्रेसको हात हुन सक्ने आरोप लगाएका छन्। अर्कोतर्फ अखिल भारतीय तृणमूल कांग्रेसले घटनाको निन्दा गर्दै निष्पक्ष छानबिन तथा अदालतको निगरानीमा सीबीआई अनुसन्धानको माग गरेको छ।

प्रहरी तथा डीजीपी सिद्धनाथ गुप्ताका अनुसार घटनामा प्रयोग गरिएको गाडी नियन्त्रणमा लिइएको छ । तर उक्त गाडीको नम्बर प्लेट नक्कली रहेको पाइएको छ। घटनास्थलबाट खाली तथा जिउँदा कारतुस बरामद गरिएको छ।सीसीटीभी फुटेजको जाँच भइरहेको छ र आक्रमणकारीहरूको खोजी जारी रहेको प्रहरीको भनाइ छ।



यस घटनालाई लोकतान्त्रिक मूल्यविरुद्धको घटना भन्दै दोषीलाई कडा कारबाही गर्न माग उठिरहेको छ । हत्याको वास्तविक कारण आधिकारिक रूपमा स्पष्ट भएको छैन। कुनै पनि दल वा व्यक्तिको संलग्नता प्रहरीले पुष्टि गरेको छैन। घटनालाई राजनीतिक हिंसा र कानून-व्यवस्थासँग जोडिएको संवेदनशील मुद्दाका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...