मुख्य समाचार
होर्मुजमा इरान–अमेरिकाबीच हानाहान, युएइमा क्षेप्यास्त्र प्रहार
होर्मुजमा इरान–अमेरिकाबीच हानाहान, युएइमा क्षेप्यास्त्र प्रहार

: युद्धविरामका कारण केही सातादेखि अमेरिका र इरानबीच मत्थर रहेको मध्यपूर्वको द्वन्द्व फेरि चर्किन थालेको छ । जलमार्ग होर्मुज स्ट्रेटमा अमेरिका र इरानबीच गोलाबारी भएको घटना सार्वजनिक भए लगत्तै शुक्रबार बिहान यूएईले इरानबाट हवाई हमला गरिएको बताएको छ ।

यूएईको रक्षा मन्त्रालयले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र र ड्रोन रोकिएको बताएको छ । यूएईको रक्षा मन्त्रालयले फेरि एक पटक इरानले आफूमाथि हमला गरेको दाबी गरेको छ । यूएईको रक्षा मन्त्रालयका अनुसार, उसका एयर डिफेन्स सिस्टमहरूले इरानबाट आएका मिसाइल र ड्रोन आक्रमणलाई रोकिरहेका छन् ।

रक्षा मन्त्रालयले एक्स पोस्टमार्फत जानकारी दिँदै भनेको छ, ‘यूएईको एयर डिफेन्स सिस्टमले ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल र ड्रोनहरूलाई अवरोध गरिरहेको छ, जसका कारण देशका विभिन्न भागहरूमा ठूलो आवाज सुनिएको छ ।’ मन्त्रालयले सर्वसाधारणलाई शान्त रहन र सुरक्षा निकायहरूले जारी गरेका निर्देशनहरूको पालना गर्न अपिल गरेको छ ।



रक्षा मन्त्रालयले नागरिकहरूलाई चेतावनी दिँदै भनेको छ, ‘खसेका टुक्रा वा भग्नावशेष नजिक नजानुहोस्, तिनलाई नछुनुहोस् र तिनका तस्वीर नखिच्नुहोस् । सफल एयर इन्टरसेप्शनपछि खसेका वस्तुहरूको जाँच सम्बन्धित अधिकारीहरूले गर्नेछन् ।’ यसअघि पनि यूएईको रक्षा मन्त्रालयले ४ मेमा इरानले आफू माथि धेरै मिसाइल प्रहार गरेको दाबी गरेको थियो, जसलाई उसको डिफेन्स सिस्टमले निष्क्रिय बनाएको थियो । उक्त घटनामा तीन जना भारतीय नागरिक घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...