मुख्य समाचार
यूएईमा रोजगारीको क्रममा मृत्यु भएका श्रमिकका परिवारले पाएनन् क्षतिपूर्ति र बीमा रकम
यूएईमा रोजगारीको क्रममा मृत्यु भएका श्रमिकका परिवारले पाएनन् क्षतिपूर्ति र बीमा रकम

। यूएईमा रोजगारीको क्रममा विभिन्न समयमा दुर्घटना तथा कार्यस्थलमा ज्यान गुमाएका सयौं नेपाली श्रमिकका परिवार अझै पनि क्षतिपूर्ति र बीमा रकमबाट वञ्चित हुनुपरेको छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई) को अवुधावीस्थित नेपाली दूतावासले समयमा काम नगर्दा पीडित परिवार क्षतिपूर्ति र बीमा रकम पाउनबाट वञ्चित भएका हुन् ।

नयाँ सरकार बनेपछि पनि पीडित परिवारले न्याय नपाएपछि यूएईमा रहेका नेपालीहरूको संस्था ‘नेपाली समाज यूएई’ले सरकारको ध्यानाकर्षण गराएको छ । उसले क्षतिपूर्तिको पहलकदमी लिन नेपाल सरकारलाई अनुरोध गरेको छ ।

नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तान, पार्षद अध्यक्ष कमल गिरी र महासचिव जीवन पंगेनीले संयुक्त रूपमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), परराष्ट्रमन्त्री शिशिर खनाल तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवलाई पत्र पठाउँदै पीडित परिवारले कानुनी रूपमा पाउनुपर्ने रकम तत्काल उपलब्ध गराउने पहल गर्न माग गरेका छन् ।

नेपाली दूतावास अबुधाबी मार्फत पठाइएको पत्रमा विगत पाँचदेखि सात वर्षयता विभिन्न दुर्घटना, कार्यस्थलका घटनाहरू तथा सडक दुर्घटनामा मृत्यु भएका वा अंगभंग भएका नेपाली श्रमिकका परिवार अझै न्यायबाट वञ्चित रहेको उल्लेख छ।

पत्रमा झापाका ख्यामराज प्रधान, पाल्पाका भोजबहादुर सारु, काभ्रेका लक्ष्युराम तामाङ, रोल्पाका रामबहादुर ओली र स्याग्जाका दिपेश रेग्मी क्षेत्रीको नाम उल्लेख गर्दै उनीहरूका परिवारले अदालतबाट निर्णय भइसकेपछि पनि क्षतिपूर्ति रकम प्राप्त गर्न नसकेको जनाइएको छ।

नेपाली समाज यूएईका अनुसार पत्रमा केही प्रतिनिधिमूलक घटना मात्र सार्वजनिक गरिएको हो । क्षतिपूर्ति र बीमा पाउनुपर्नेहरू यस्तै प्रकृतिका सयौं मुद्दा अलपत्र अवस्थामा छन्।

अध्यक्ष मोक्तानका अनुसार यूएईका अदालतले फैसला गरिसकेका तथा बीमा कम्पनीले रकम भुक्तानी गर्नुपर्ने धेरै घटनामा आवश्यक समन्वय र कूटनीतिक पहल नहुँदा पीडित परिवारले समयमा राहत पाउन सकेका छैनन्।

‘नेपाली दूतावास र सम्बन्धित निकायले प्रभावकारी रूपमा पहल गर्न नसक्दा धेरै परिवार न्यायबाट वञ्चित भएका छन्,’ उनले भने, ‘कतिपय परिवार वर्षौंदेखि क्षतिपूर्तिको प्रतीक्षामा छन्।’

नेपाली समाज यूएईले स्थानीय अदालतमा विचाराधीन मुद्दाको कानुनी प्रक्रियालाई तीव्र बनाउन तथा फैसला भइसकेका घटनामा रकम असुलीका लागि नेपाल सरकार, दूतावास र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।

मोक्तानका अनुसार कतिपय अवस्थामा निश्चित समयसिमा भित्र बीमा रकमको दावी नगर्दा श्रमिकले क्षतिपूर्ति पाउनबाट वञ्चित हुनुपर्नेछ । दूतावासका कर्मचारीले काम नगरेको भन्दै बेलाबखत आलोचित हककुदै आएको छ ।

केही महिनाअघि परिबन्धले जेलमा परेका काठमाडौं मूलपानीका एक श्रमिकलाई छुटाउन कानुनी सहयोग माग्न दूतावास पुगेका पीडितका दाजुलाई दूतावासका स्थानीय कर्मचारीले सहयोग नगरेको र दुव्र्यवहार गरेको पीडितले आरोप लगाएका थिए ।

यूएईमा क्रियाशील ६६ वटा नेपाली संघसंस्थाको समर्थनमा पठाइएको उक्त पत्रमा श्रमिकका परिवारलाई न्याय र आर्थिक सुरक्षा दिलाउन ढिलाइ हुन नहुने उल्लेख गरिएको छ।

सन् १९९० मा स्थापना भएको नेपाली समाज यूएई यूएईमा रहेका नेपालीहरूको सबैभन्दा पुरानो सामाजिक संस्थामध्ये एक हो। हाल यूएईमा सात लाखभन्दा बढी नेपाली श्रमिक विभिन्न क्षेत्रमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मलेसिया रोजगारीमा सिन्डिकेट खडा गरी नेपाली श्रमिकमाथि आर्थिक शोषण गरेको आरोपमा सरकारले अनुसन्धान र कानुनी कारबाही तीव्र पारेको छ। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको भन्दा बढी शुल्क असुलेर ठगी गरेको आरोपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कासहित चार जना पक्राउ परेका छन्। साथै, मलेसियाले छनोट गरेका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी ...
: हिन्दु धर्मावलम्बीहरूको प्रमुख चाड बडादसैं र तिहार नजिकिँदै गर्दा खाडी देशहरूमा कार्यरत नेपालीहरू घर फर्कन थालेका छन्। वर्षभरि परिवारबाट टाढा रहेर काम गर्ने उनीहरूका लागि चाडपर्व आफन्तसँग भेटघाट गर्ने र पारिवारिक खुसी साटासाट गर्ने अवसर हो। तर हवाई टिकटको महँगो मूल्यका कारण धेरै नेपालीको घरफिर्ती योजना खर्चिलो बनेको छ। यूएईमा कार्यरत सुमन मुखिया तीन वर्षपछि ...
: भिजिट भिसा लिएर संयुक्त अरब इमिरेट्स (यूएई) गएका नेपालीले अब उतै गएर वर्किङ भिसा लिन नपाउने भएका छन्। नेपालबाट यूएई भ्रमण तथा बिजनेस भिसामा गएर उतै काम खोजेर वर्किङ भिसामा कन्भर्ट गर्ने नेपालीहरूको संख्या ठूलै छ। तर, यूएई सरकारले विदेशी कामदारका हकमा भिजिट भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्न नपाउने नयाँ नियम ल्याउँदै छ। गत वर्षको ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विधानसभामा पहिलोपटक दशैँ तथा तिहार उत्सव आयोजना गरिएको छ। सनातन समाज अस्ट्रेलिया क्यानबेराको आयोजना तथा विपक्षी दलका नेता मार्क पार्टनको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक पहिचान, परम्परा र क्यानबेराको विकासमा नेपालीहरूको योगदानको प्रशंसा गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसीटीका विपक्षी दलका नेता मार्क पार्टनले नेपाली समुदाय अस्ट्रेलियाका विभिन्न ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम