मुख्य समाचार
अमेरिकी बालबालिकाको डेटा सुरक्षा मुद्दामा टिकटकसँग सम्झौताको तयारी
अमेरिकी बालबालिकाको डेटा सुरक्षा मुद्दामा टिकटकसँग सम्झौताको तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले बालबालिकाको गोपनीयता उल्लंघनसम्बन्धी मुद्दा टुंग्याउन भिडियो साझेदारी एप टिकटकसँग करिब ४० करोड अमेरिकी डलर बराबरको सम्झौता गर्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजले जनाएको छ।

एबीसी न्युजका अनुसार उक्त रकम वासिङ्टन डीसी क्षेत्रमा ट्रम्पले प्रस्ताव गरेका ‘ब्युटिफिकेसन् प्रोजेक्ट’ बारे ह्वाइट हाउसमा छलफल भइरहेको छ। ट्रम्पले यसअघि राजधानी क्षेत्रका विभिन्न परियोजनाका लागि अमेरिकी कंग्रेससँग १० अर्ब डलर बजेट माग गरेका थिए।

रिपोर्टअनुसार ह्वाइट हाउसका अधिकारीहरूले अर्लिङ्टन राष्ट्रिय समाधिस्थल नजिक ट्रम्पले प्रस्ताव गरेको ७६ मिटर अग्लो ‘ट्रायम्फल आर्च’ निर्माणमा उक्त रकम कानुनी रूपमा प्रयोग गर्न सकिने वा नसकिने विषयमा पनि केही सातादेखि छलफल गरेका छन्।

यस विषयमा ह्वाइट हाउसले कुनै टिप्पणी गर्न अस्वीकार गर्दै प्रश्नहरू अमेरिकी न्याय विभागतर्फ पठाएको थियो। न्याय विभागले पनि तत्काल प्रतिक्रिया दिएको छैन। टिकटकले पनि समाचार संस्थाको टिप्पणी अनुरोधको जवाफ दिएको छैन।

अमेरिकी न्याय विभागले सन् २०२४ मा टिकटक र यसको मातृ कम्पनी बाइटडान्स विरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दामा १३ वर्षमुनिका लाखौँ अमेरिकी बालबालिकाको व्यक्तिगत विवरण अभिभावकको अनुमति बिना संकलन र सुरक्षित गरिएको आरोप लगाइएको छ।

अमेरिकी सरकारले टिकटकले बालबालिकामुखी सेवाले १३ वर्षमुनिका प्रयोगकर्ताको व्यक्तिगत विवरण संकलन गर्नुअघि अभिभावकको सहमति लिनुपर्ने कानुन ‘चिल्ड्रेन्स अनलाइन प्राइभेसी प्रोटेक्सन एक्ट’ उल्लंघन गरेको दाबी गरेको छ।

न्याय विभाग र संघीय व्यापार आयोग (एफटीसी) ले दायर गरेको मुद्दामा टिकटकले बालबालिकालाई नियमित अकाउन्ट खोल्न अनुमति दिएको, उनीहरूले सर्ट भिडियो तथा सन्देश अन्य प्रयोगकर्तासँग साझा गर्न पाएको र यस क्रममा उनीहरूको व्यक्तिगत जानकारी अभिभावकको अनुमति बिना संकलन गरिएको उल्लेख गरिएको छ।

उता, टिकटकको चिनियाँ स्वामित्व रहेको बाइटडान्सले अमेरिकी डाटा सुरक्षा सुनिश्चित गर्न तथा अमेरिकामा सम्भावित प्रतिबन्ध टार्न जनवरीमा बहुमत अमेरिकी स्वामित्व रहने संयुक्त उद्यमसम्बन्धी सम्झौता अन्तिम रूप दिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...
: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो। सगरमाथालाई ...
। हलिउड अभिनेत्री तथा ‘द हाउसमेड’ फेम सिड्नी स्वीनी विज्ञापनलाई लिएर पुनः विवादमा तानिएकी छन् । स्पोट्र्स ट्रेडिङ एप ‘नोविग’का लागि गरिएको उनको नयाँ विज्ञापनलाई सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले ‘अश्लील’ र महिलालाई ‘यौनिक रूपमा प्रस्तुत गरिएको’ भन्दै आलोचना गरेका छन् । हालै ‘युफोरिया सिजन ३’मा देखिएकी २९ वर्षीया स्वीनीले विज्ञापनका तस्बिर र भिडियोमा विभिन्न खेल सामग्री ...