मुख्य समाचार
साफ महिला च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य
साफ महिला च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य

। भारतको गोवाको आयोजना हुने आठौं संस्करणको साफ महिला च्याम्पियनसिपको लागि नेपाली महिला टोली केही दिनदेखि प्रशिक्षण गरिरहेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट एन्फा निलम्बन हुनु र अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाबाट समेत निलम्बनको खतरा रहेको अवस्थामा नेपाली महिला टोली भने साफ जित्ने लक्ष्यका साथ तयारीमा जुटेको हो ।

यसअघि खेलेको सात मध्ये ६ पटक फाइनल पुगेपनि सधैं उपविजेतामै रोकिँदै आएको नेपालले सधैं उपाधि लक्ष्य राखेपनि त्यो चाहना भने पूरा हुन सकेको छैन ।

यस पटक साफ महिला च्याम्पियनसिप मे २५ देखि जुन ५ (जेठ ११-२२) सम्म भारतको गोवास्थित मरगावमा रहेको जवाहरलाल नेहरु स्टेडियममा हुनेछ ।

जहाँ दक्षिण एसियाका पाकिस्तानबाहेक ६ टोलीले प्रतिस्पर्धा गर्ने तय छ र त्यही अनुसार खेलतालिका पनि सार्वजनिक भइसकेको छ ।

तर नेपाली फुटबलको आन्तरिक विवादले गर्दा मैदानमा खेल्ने खेलाडीका लागि भने मानसिक रुपमा असर गर्न सक्छ ।



महिला फुटबल टोलीका प्रशिक्षक नवीन न्यौपानेले संस्था र सरकारबीचको आन्तरिक लडाइँको असर मैदानमा देखिन नहुने बताए । खेलाडीहरू देशको प्रतिनिधित्व गर्दै पदक जित्ने ठूलो सपना बोकेर मैदानमा उत्रने भएकाले उनीहरूका लागि शुद्ध र खेलमैत्री वातावरण निर्माण गरिदिन उनले सरकार र संवद्ध निकायसँग आग्रह गरे ।

नेपाली महिला टोलीले अहिलेसम्म दर्जन बढी फाइनल खेलेपनि उपाधि जित्न नसकेकोले सधैं उपाधिको भोको रहँदै आएको छ ।

यस्तो अवस्थामा साफ महिला च्याम्पियनसिप नेपालको लागि विश्वकप जस्तै भएको प्रशिक्षक न्यौपानेको भनाइ छ । उनले नेपाली टोलीको सम्पूर्ण ध्यान उपाधि जित्नेमा केन्द्रित रहेको बताएका छन् ।

‘साफ च्याम्पियनसिप नेपालका लागि निकै प्रतिष्ठित प्रतियोगिता हो । मेरा लागि त यो विश्वकप जस्तै हो’ न्यौपानेले भने, ‘मैत्रीपूर्ण खेलमा हामी प्रयोग र एक्सपोजरमा जोड दिन्छौं, तर साफमा हामी उत्कृष्ट टोलीका साथ मैदान उत्रन्छौं । यहाँ हाम्रो एकमात्र उद्देश्य सुखद् नतिजा निकाल्नु हुन्छ ।’

न्यौपानेले आफु खेलाडी हुँदा पनि साफ च्याम्पियनसिप जित्न नसकेकोले अहिले प्रशिक्षकको रुपमा भएपनि साफ जित्ने लक्ष्य रहेको बताए । यस्ते खेलाडी र प्रशिक्षक हुँदा जिम्मेवारी फरक हुने उनले बताए ।

‘खेलाडी र प्रशिक्षकको भूमिकामा निकै भिन्नता हुँदो रहेछ । एउटा प्रशिक्षकको रूपमा हार र जित दुवैको जिम्मेवारी आफूले नै लिनुपर्छ’ उनले भने ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको सन्दर्भमा प्रशिक्षक न्यौपानेले आफ्नो मुख्य जिम्मेवारी र लक्ष्य नै उक्त ट्रफी नेपाल भित्र्याउनु रहेको स्पष्ट पारे । अहिले टोली सोही लक्ष्य प्राप्तिका लागि कडा प्रशिक्षणमा व्यस्त रहेको उनले बताए ।

यस्तै नेपाली टिमको सिनियर सदस्य रहेकी अनिता बस्नेत, हिरा भुजेल र गीता रानाले पनि अहिले टिममा सिनियर र जुनियर खेलाडीको मिश्रण रहेकोले नेपालको लक्ष्य साफ जित्नु ने रहेको बताएका छन् ।

‘तयारी राम्रो भइरहेको छ । सिनियर र जुनियरको मिश्रण छ । अपेक्षा नतिजा नै हो च्याम्पियन बन्ने नै हो’ एन्फासँगको कुराकानीमा अनिताले भनेकी छिन् । यस्तै गीता र हिराले पनि नेपालले साफको उपाधि जित्न सक्ने बताइन् । यस पटक महिला टोलीले निरन्तर गोल्डकपहरु खेलेकोले पनि त्यसले फाइदा हुने गीता र हिराले बताए ।

प्रशिक्षक न्यौपानेले मैत्रीपूर्ण खेल र मुख्य प्रतियोगिताको फरकलाई स्पष्ट पार्दै मैत्रीपूर्ण खेलहरू नयाँ खेलाडीको परीक्षण र रणनीति निर्माणका लागि प्रयोग गरिने भएपनि साफ च्याम्पियनसिप जस्तो प्रतिष्ठित प्रतियोगितामा नतिजा नै मुख्य प्राथमिकता हुने बताए ।

साम्बा र सबिताको अभाव

नेपालको कप्तान तथा मुख्य सदस्यको रुपमा रहेकी गोलमेसिन सावित्रा भण्डारी साम्बा हाल चोटका कारण मैदानबाहिर छिन् । अष्ट्रेलियन लिग खेल्ने क्रममा चोट लागेपछि साम्बा न्युजिल्यान्डमा शल्यक्रिया गराएर हाल रिह्याबका लागि कतारमा छिन् ।

यस्ते सविताको पनि घुँडाको शल्यक्रियापछि मैदानबाहिर छिन् । दुवै खेलाडी नेपाली टोलीको महत्वपूर्ण सदस्य भएकोले नेपालललाई अभाव हुन सक्नेछ ।

मुख्य प्रशिक्षक नविन न्यौपानेले र खेलाडीहरुले पनि यो कुरा स्वीकारेका छन् । टोलीका मुख्य स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र सविता राना जस्ता महत्वपूर्ण खेलाडीको अनुपस्थिति नेपालको लागि चुनौती हुन सक्ने न्यौपानेले बताए । न्यौपानेले साम्बा र सवितालाई टोलीको ‘स्पाइनल कर्ड’ को संज्ञा दिँदै अन्य खेलाडीहरूका लागि यो आफ्नो क्षमता प्रमाणित गर्ने अवसर भएको बताए ।

‘साम्बा र सविता मेहेनतकै कारण यो उचाइमा पुगेका हुन् । नयाँ खेलाडीहरूले पनि उनीहरूलाई उदाहरणका रूपमा लिएर यो अवसरलाई सदुपयोग गर्नुपर्छ’ न्यौपानेले भनेका छन् ।

यस्तै अनिता बस्नेतले पनि उनीहरु मिस हुने बताइन् । ‘सावित्रा र सबिता टिमको महत्वपूर्ण खेलाडी हुन् मिस त भइहाल्छ । त्यसका लागि अरु नयाँ बहिनीहरू- रेखा रश्मीलगायत छन् । नयाँ आइरहेका छन् । सबैले मेहेनत गरिरहेका छन् । अभाव त भइहाल्छ तर फुलफिल गर्ने खेलाडीहरु पनि आइरहेका छन्’ अनिताले भनिन् ।

यस्तै गीता र हिराले पनि साम्बा र सविता नहुँदा उनीहरुको स्थानमा नयाँ खेलाडीहरुले अवसर पाउने बताए ।

यस्तै जुनियर खेलाडी जेनिफर रानाले पनि सिनियर खेलाडीहरु नहुँदा जुनियरको लागि अवसर हुने बताइन् । ‘साम्बा र सविता दिदी नहुँदा टिमलाई घाटा त भइहाल्छ । त्यसमा हामी जस्तो युवा खेलाडीहरुले अवसरको सदुपयोग गर्नुपर्छ’ जेनिफरले भनिन् ।

उनले आर्मीबाट खेल्दा पनि आफ्नो भूमिका गोल हान्ने नै रहेको र राष्ट्रिय टिममा पनि अवसर पाए त्यही हुने बताइन् । उनले ट्रेनिङमा त्यही अनुसार केन्द्रित भएको बताइन् ।

असली परिक्षा सेमिफाइनलमा

यस पटक महिला साफमा ६ टोली मात्र सहभागी भएकोले दुवे समूहमा ३-३ टिम छन् । नेपालको समूहमा तुलानात्मक रुपमा कमजोर टोलीहरु भुटान र श्रीलंका छन् । त्यसैले नेपाललाई समूह चरण केही सहज हुने अपेक्षा छ ।

तर सेमिफाइनलमा भने अर्को समूहबाट बलियो टोली सँग नेपालले खेल्नुपर्ने हुन्छ । समूह बी मा साविक विजेता बंगलादेश, पाँच पटकको विजेता भारत र माल्दिभ्स भएकोले नेपालले भारत र बंगलादेशमध्ये एकसँग खेल्नुपर्ने प्रवल सम्भावना छ ।

त्यसैले नेपालले प्रशिक्षणमा पनि त्यही अनुसार केन्द्रित भएको खेलाडी जेनिफर रानाले बताइन् । ‘नविन गुरुले टेक्निकल्ली कसरी अवेर हुने भनेर भनिरहनुभएको छ । बंगलादेश र भारतले हाई प्रेसर दिएर खेल्ने टिम हो । त्यसमा कसरी ओभरकम गर्ने भन्नेमा केन्द्रित भइरहेका छौं’ उनले भनिन् ।

दक्षिण एसियामा नेपाल सधैं उपाधि दाबेदार भएपनि अहिलेसम्म उपाधि जित्न नसकेको तथ्यले पनि नेपाललाई सधैं झस्काइरहन्छ । यसअघि लगातार तीन संस्करण घरेलु मैदानमा साफ खेल्दा पनि नेपाल फाइनल पुगेर पराजित भएको थियो । जसमा एक पटक भारतसँग र पछिल्लो दुई पटक काठमाडौंमा हुँदा बंगलादेशसँग पराजित भएको थियो । यस पटक झन् नेपालले घर बाहिर खेल्दैछ ।

नेपालभित्र फुटबलको अन्योलपूर्ण स्थितिमा महिला टोलीले साफ महिला च्याम्पियनसिप खेल्न पाउनु ने सबैभन्दा ठुलो कुरा हुनेछ । त्यसमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने चुनौती पनि टिमसामु हुनेछ ।

समूह ए मा रहेको नेपालले मे २५ मा भुटानसँग पहिलो खेल खेल्नेछ भने समूहको दोस्रो तथा अन्तिम खेल मे ३१ मा श्रीलंकासँग खेल्नेछ ।

दुवै समूहको खेलपछि शीर्ष दुई-दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम