मुख्य समाचार
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अन्तिम समयमा स्थगित गरेको निर्वाचनका लागि करिब ५५ लाख खर्च
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अन्तिम समयमा स्थगित गरेको निर्वाचनका लागि करिब ५५ लाख खर्च

। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अन्तिम समयमा स्थगित गरेको निर्वाचनका लागि करिब ५५ लाख खर्च गरेको पाइएको छ । एन्फाको आर्थिक विषयमा छानबिन गर्न गठित छानबिन उपसमितिले तयार पारेको प्रतिवेदनअनुसार संस्थाले निर्वाचनको तयारीका लागि भन्दै ५५ लाख खर्च गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आग्रहमा कमल भट्टराईको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको प्रतिवेदन सोमबार युवा तथा खेलकुद मन्त्रालयमा बुझाइएको छ । मन्त्रालय स्रोतका अनुसार एन्फाले निर्वाचनको नाममा करिब ५५ लाख खर्च गरेको देखिन्छ ।

‘निर्वाचनका लागि ६५ लाख कार्यसमिति बैठकबाट पारित भएको देखिन्छ,’ राखेप स्रोतले भन्यो, ‘त्यसमा करिब ५५ लाख खर्च भइसकेको प्रतिवेदनमा लेखिएको छ ।’

उक्त रकम निर्वाचनको तयारीमा, झापा आउने–जाने र खाने–बस्नेमा खर्च गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । ‘निलम्बनको क्रममा पनि निर्वाचन अघि बढाएर ५५ लाख खर्च गरेको प्रतिवेदनमा औँल्याएका छौँ,’ राखेप स्रोतले भन्यो ।

तहगत निर्वाचन गर्न अस्वीकार गरेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई चैत ११ मा ३ महिनाका लागि निलम्बन गरेको थियो । तर एन्फाले निर्वाचन गर्ने अड्डी कस्दै झापा पुगेको थियो । पदाधिकारीसहितका प्रतिनिधि झापा पुगेपछि एन्फाले एक दिनअघि निर्वाचन स्थगित गरेको थियो ।

एन्फाले एक वर्षमा मुद्दा लड्न करिब एक करोड रुपैयाँ खर्च गरेको पाइएको छ । गत वर्ष परेका २४ वटा मुद्दा लड्न एन्फाले साढे ९७ लाख खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । एन्फाविरुद्ध ‘अर्ली इलेक्सन’ रोक्नेदेखि अदालतको अपहेलनासम्मका मुद्दा परेका थिए ।

त्यस्तै, एन्फाले खेल सामग्री कम्पनी केल्मीसँग टेन्डरबिना ५० हजार डलरको सामान खरिद गरेको भेटिएको छ । सार्वजनिक खरिद ऐनमा २० लाखभन्दा बढीको खरिदमा टेन्डर गर्नुपर्ने व्यवस्था छ ।

तर, एन्फाले टेन्डरबिना नै कोटेसनमार्फत केल्मीसँग खरिद गरेको प्रतिवेदनमा उल्लेख छ । उक्त विषयमा एन्फाले भने फिफाको नियमअनुसार कोटेसनबाट खरिद गरेको बयान दिएको छ ।

एन्फाविरुद्ध उजुरी परेपछि अख्तियारले केही दिनअघि मन्त्रालयमार्फत राखेपलाई छानबिनका लागि पत्र पठाएको थियो । सोही पत्रअनुसार राखेपले वैशाख ८ गते उपसमिति बनाएको थियो । उक्त उपसमितिले छानबिन गरी प्रतिवेदन मन्त्रालयमा बुझाएको हो ।

राखेपका तत्कालीन कार्यकारी सदस्य भट्टराई संयोजक रहेको उपसमितिमा राखेपका लेखा अधिकृत टङ्कनाथ कँडेल र आपूर्ति तथा भण्डार शाखाका गोपीकृष्ण निरौला सदस्य थिए । सोही छानबिनका लागि राखेपको सिफारिसमा अध्यागमन विभागले एन्फा पदाधिकारीहरूलाई विदेश जान रोक लगाएको थियो ।

आवश्यक कागजात अध्ययन र उजुरीको सम्बन्धमा सरोकारवाला पक्षहरूसँग छलफल र समन्वय गरी प्रतिवेदन तयार गरिएको उपसमिति संयोजक भट्टराईले जानकारी दिए । यस बारे बुझ्न एन्फा प्रवक्ता सुरेश शाहलाई सम्पर्क गर्दा कुनै प्रतिक्रिया दिन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम