मुख्य समाचार
काभा महिला च्याम्पियनसिप–२०२६ को ट्रफी सार्वजनिक
काभा महिला च्याम्पियनसिप–२०२६ को ट्रफी सार्वजनिक

: काभा महिला च्याम्पियनसिप–२०२६ को ट्रफी सार्वजनिक गरिएको छ । नेपाल भलिबल संघले आइतबार एक कार्यक्रम गर्दै ट्रफी सार्वजनिक गरेको हो ।

जेठ ८ बाट १५ गतेसम्म हुने यस प्रतियोगिताका ८ वटा राष्ट्रहरुले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेर प्रतिस्पर्धा गर्नेछ । नेपालसँगै समूह ‘ए’ मा कीर्गिस्तान, भारत र माल्दिभ्स रहेका छन् । समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश रहेका छन् । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भड हलमा हुनेछ ।

यो प्रतियोगिता एफआइभीबीको र्‍याकिङ प्रतियोगिता हो । यो प्रतियोगिताको जित र हारले नेपालको अन्तर्राष्ट्रिय वरियतामा फरक पार्नेछ । यस पटकको प्रतियोगितामा अधिकतम ९०० देखि १ हजार मात्रै टिकट बिक्री गरिने नेपाल भलिबल संघले जानकारी दिएको छ । टिकटको मूल्य भने खेलअनुसार १०० देखि एक हजार रुपैंयाँसम्म हुनेछ । यस पटकको आधिकारिक टिकट बिक्रेता नेपाल भलिबल संघ आफैं रहनेछ ।



जारी प्रतियोगिताका लागि नेपालले १ महिना लामो तयारी गरेको छ । २० जना र अन्तिम १६ गर्दै नेपाली महिला टोलीले प्रतियोगिताको लागि तयारी गरेको हो । नेपाली महिला टोलीका प्रमुख प्रशिक्षक जगदिश भट्टले यस पटक पहिला भन्दा राम्रो तयारी रहेको बताए । ‘विगतका दिनहरुमा भन्दा राम्रो प्रदर्शन गर्नेछौं’, उनले ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै भने । यो प्रतियोगिताले वरियतामा फरक पार्ने भएकाले नेपालको लागि यो प्रतियोगिता निकै महत्वपूर्ण रहेको उनले बताए । ‘यसपालिको नतिजाले वरियतामा असर पार्नेछ ।’ नेपाली महिला टोलीले समूह चरणको पहिलो खेल भारतसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम