मुख्य समाचार
अन्योलका बीच साफ च्याम्पियनसिपको तयारीमा
अन्योलका बीच साफ च्याम्पियनसिपको तयारीमा

: भारतको गोवामा आगामी जेठ ११ गतेबाट आठौं साफ महिला च्याम्पियनसिप सुरु हुँदैछ । यस प्रतियोगितामा नेपाली टोलीले भाग लिन पाउने कि नपाउने भन्ने विषय नै हाल सर्वाधिक चर्चामा छ । नेपाली महिला फुष्टबल टोली हाल यहि प्रतियोगिताको लागि गत हप्ताबाट प्रशिक्षणमा रहेको छ ।

६ पटकको उपविजेता नेपाली महिला फुटबल टोलीले यस पटक प्रतियोगिता नै खेल्न नपाउने पो हो कि भन्ने चिन्ता बढ्न थालेको छ । यसको कारण हो, हाल नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) राष्ट्रिय खेलकुद परिषद (राखेप) को निलम्बनमा पर्नु । राखेपले एन्फालाई ३ महिनाको प्रतिबन्ध लागाएको छ । जसका कारण हाल नेपाली फुटबल मोफसलमा सीमित छ ।

यहि अन्योलका बीच नेपाली महिला फुटबल टोली भने तयारीमा जुटेको छ । राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) र सविता राना मगर चोटका कारण टिमबाट बाहिर रहेका छन् । जसका कारण केही युवा खेलाडीले टिममा मौका बनाएका छन् । साम्बा र सविता टिममा नहुँदा उनीहरुको कमी महसुस हुने प्रशिक्षक नवीन न्यौपाने र टिमका अनुभवी खेलाडीहरुले बताए । प्रशिक्षक न्यौपाने भन्छन्, ‘साम्बा र सविताले धेरै मेहनत गरेर त्यो स्थान बनाएका हुन् । उनीहरुको कमी पक्कै महसुस हुनेछ । तर हामीले नयाँ खेलाडीहरुलाई उनीहरुको स्थानमा तयार गरिरहेका छौं’, प्रशिक्षक न्यौपानेले भने ।

अनिता बस्नेत पनि साम्बा र सविताको कमी महसुस हुने बताउँछिन् । उनले भनिन्, ‘साम्बा र सविताको कमी महसुस हुन्छ । तर हामीसँग उनीहरुको कमी पूरा गर्ने नयाँ खेलाडीहरु आउनु भएको छ ।’ राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य प्रिती राई, रेनुका नगरकोटी, एञ्जिला तुम्बापो सुब्बा र सरु लिम्बु व्यावसायिक फुटबलमा व्यस्त छन् ।
यी खेलाडीहरुलाई फिफा विन्डो सुरु हुनु एक हप्ता अगाडि नै बोलाएर टिममा तयारी गराउने प्रशिक्षक नवीनको रणनीति रहेको छ । ‘यी खेलाडीहरुले अन्तर्राष्ट्रिय एक्सपोजर पाइरहेका छन् । तर हामी उनीहरुलाई फिफा विन्डो सुरु हुनु एक हप्ता अगाडी नै बोलाएर टिम तयार पार्ने योजनामा छौं’, प्रशिक्षक नवीन न्यौपानेले भने ।

राजनीतिक तनाव थोपिएका खेलाडीको मानसिकतालाई तयार पार्दै प्रशिक्षक नवीन
अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । तर खेलाडी भने खेल्न पाउने र नपाउने अन्योलका बीच राजनीतिक विवादलाई लिएर प्रशिक्षण गर्न बाध्य छन् । नेपाली राष्ट्रिय महिला टोलीको प्रशिक्षण हाल नवीन न्यौपानेले सम्हालिरहेका छन् । ६ पटकको उपविजेता रहेको नेपाल हाल मानसिक रुपमा छिन्नभिन्न छ । राजनीतिक अन्योल र अन्तर्राष्ट्रिय निकायबाट समेत निलम्बनमा पर्ने हो, कि भन्ने डरैडरमा नेपाल साफ च्याम्पियनसिप खेल्ने र जित्ने लक्ष्य बोकेर प्रशिक्षण गरिरहेको छ ।

lयही लक्ष्यलाई डोर्‍याइरहेका प्रशिक्षक नवीन न्यौपाने भन्छन्, ‘हाम्रो लक्ष्य उपाधि हो । उपाधिलाई बाहिरी कुराले असर नपारोस् ।’ साफ च्याम्पियनसिपको लागि तयारी गरिरहेका बेला उनले पत्रकारसँगको कुराकानीमा भने । दक्षिण एसियाली फुटबलको लागि साफ च्याम्पियनसिप दक्षिण एसियाली क्षेत्रको विश्वकप नै हो । यस क्षेत्रको फुटबल टोलीका लागि साफ च्याम्पियनसिप जित्नु भनेको विश्वकप जिते सरह नै हो । त्यसैगरी नेपाली महिला टोलीले पनि यसलाई विश्वकप सरह नै हेरेको छ ।

प्रशिक्षक नवीन न्यौपाने भन्छन्, ‘नेपालको लागि साफ च्याम्पियनसिफ विश्वकप सरह हो । हामी नतिजाकै लागि खेल्छौं ।’ नेपाली फुटबल तनावको स्थितिमा रहँदा खेलाडीलाई पहिलो प्रशिक्षणको रूपमा दिइने भनेको मानसिक सुदृढता रहेको प्रशिक्षक न्यौपानेले बताए । ‘यो अवस्थामा सबैभन्दा मुख्य कुरा भनेको खेलाडीलाई मानसिक रूपमा तयार बनाउनु हो ।’

खेलाडीहरू भने अन्योलका बीचमा प्रशिक्षण लिरहँदा साफ च्याम्पियनसिपका लागि तयार भएको बताउँछन् । राष्ट्रिय टिमकी अनुभवी खेलाडी अनिता बस्नेत भन्छिन्, ‘हाम्रो टिमको तयारी राम्रो भइरहेको छ । हाम्रो लक्ष्य उपाधि जित्ने नै रहने छ ।’ त्यस्तै अनुभवी डिफेन्डर गीता राना पनि नयाँ खेलाडीको आगमनले टिममा खेल्न सहज भएको बताउँछिन् । उनले भनिन्, ‘टिममा नयाँ बहिनीहरु आउँदा सहज भएको छ । हामीले गोल्डकपहरु खेलिरहेका थियौं । त्यसैले हामी प्रतियोगिताको लागि तयार छौं ।’

एन्फा भन्छ, ‘हामी तयार छौं, प्रतियोगिता सरकार, फिफा र एएफसीको हातमा छ’
अखिल नेपाल फुटबल संघ (एन्फा) आफूहरु प्रतियोगितामा सहभागिता जनाउन सबै रुपमा तयार रहेको बताउँछ । एन्फाका प्रवक्ता तथा महिला टिमका व्यवस्थापक रहेका सुरेश शाह भन्छन्, ‘हामीले हाम्रो तर्फबाट गर्ने सम्पूर्ण कामहरु गरिरहेका छौं । टिम दर्ता तथा कागजातहरु पेस गरिसकेका छौं । टिमले पनि मेहनतका साथ तयारी गरिरहेको छ ।’

अन्योल र राजनीतिक चपेटामा फसेको नेपाली फुटबलको मारमा हाल नेपाली महिला फुटबल टोली छ । यहि राजनीतिक झमेलाको बीचमा अघिल्लो महिना तय भएको फिफा सिरिज नेपाली टोलीले खेल्न पाएन । नाम फिर्ता लिएर बस्यो । यो घाउ नेपाली महिला खेलाडीको दिलमा नराम्रोसँग बस्यो । यसका लागि खेलाडीले तयारी पनि सुरु गरेका थिए ।

फिफा सिरिज नेपालले गुमायो । त्यस्तो सिरिजहरु चाहिँ हामीले लिन सक्नुपर्छ । त्यो हामीले गुमाउन हुँदैनथ्यो । ठूला टिमसँग खेल्दाको अनुभव साफ च्याम्पियनसिप जस्तो महत्वपूर्ण प्रतियोगितामा सदुपयोग हुन सक्थ्यो’, राष्ट्रिय टिमका प्रशिक्षक नवीन न्यौपानेले साफको तयारीको बारेमा पत्रकारसँग कुरा गर्दै भनेका थिए ।

साफ च्याम्पियनसिपका लागि टिमले तयारी गरेको एक हप्ता भयो । जसमा ३५ खेलाडीले दिनको २ समय प्रशिक्षण लिइरहेका छन् । यी खेलाडीको पुनः एक पटक राजनीतिक कारणले खेल्न नपाउने वातावरण आउने हो कि भन्ने डर बढ्दै गएको छ । यस बीचमा एन्फाका महासचिव किरण राईले अन्नपूर्ण पोष्टसँग भने, ‘हामी खेल्न पाउनेमा आशावादी रहँदै खेलाडीलाई प्रशिक्षणमा राखेका हौं । अब बाँकी कुरा फिफा, एएफसी र नेपाल सरकारको हातमा छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम