मुख्य समाचार
तमिलनाडुका मुख्यमन्त्री बनेपछि सी जोसेफ विजय थलापति लोकप्रिय तीन निर्णयको फाइलमा हस्ताक्षर
तमिलनाडुका मुख्यमन्त्री बनेपछि सी जोसेफ विजय थलापति लोकप्रिय तीन निर्णयको फाइलमा हस्ताक्षर

: तमिलनाडुका मुख्यमन्त्री बनेपछि सी जोसेफ विजय थलापति लोकप्रिय तीन निर्णयको फाइलमा हस्ताक्षर गरेका छन् । उनले २०० युनिट निःशुल्क बिजुली र महिलाको सुरक्षाका लागि विशेष कार्यदल गठन गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । मुख्यमन्त्री पदको शपथ लिँदै थलापतिले आफ्नो पहिलो वाचा पूरा गर्दै २०० युनिट निःशुल्क बिजुलीसम्बन्धी फाइलमा हस्ताक्षर गरेका हुन् । यसका साथै उनले महिलाको सुरक्षाका लागि विशेष बल गठनसम्बन्धी फाइलमा पनि हस्ताक्षर गरेका छन् ।

यस्तै उनले लागूऔषधको समस्यासँग जुध्न हरेक जिल्लामा विशेष बल गठन गर्ने निर्णयको फाइलमा पनि हस्ताक्षर गरेका छन् । मुख्यमन्त्री बनेपछि विजयले आफू कुनै शाही वंशबाट नआएको बताएका छन् । जवाहरलाल नेहरू स्टेडियममा आफ्नो पहिलो सम्बोधनमा विजयले ‘वास्तविक धर्मनिरपेक्षता र सामाजिक न्याय’ का लागि प्रतिबद्ध शासनको नयाँ युग सुरु भएको बताए । उनले भने, ‘अब सत्ता कुनै अर्को केन्द्रमा होइन, आफैमा केन्द्रित हुनेछ ।’

विजयले सरकार गठनमा समर्थन गर्ने कांग्रेस, विदुथलाई चिरुथिगल काची, भारतीय युनियन मुस्लिम लिग र वाम दलहरूलाई धन्यवाद दिएका छन् । उनले विशेष रूपमा बालबालिकालाई धन्यवाद दिँदै टीभीकेको जित उनीहरूकै कारण सम्भव भएको थियो, किनकी उनीहरूले आफ्ना परिवारलाई पार्टीको पक्षमा मतदान गर्न राजी गराएका थिए ।



प्रधानमन्त्री मोदीले दिए बधाई
प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार थलापतिलार्ई तमिलनाडुका मुख्यमन्त्रीको रूपमा शपथ लिएकोमा बधाई दिएका छन् । उनले केन्द्र सरकार राज्य सरकारसँग मिलेर जनताको जीवनस्तर सुधार्न काम गरिरहने बताए । टीभीके प्रमुख विजयले आइतबार तमिलनाडुका मुख्यमन्त्रीको रूपमा शपथ लिएका हुन् । राज्यपाल राजेन्द्र विश्वनाथ आर्लेकरले चेन्नईमा आयोजित भव्य समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
मल्लिकार्जुन खरगेले के भने ?
कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले विजयलाई मुख्यमन्त्री बनेकोमा बधाई दिँदै विश्वास व्यक्त गरेका छन् । टीभीके प्रमुखको नेतृत्वले लामो समयदेखि तमिलनाडुको राजनीतिक र सामाजिक चेतनालाई निर्देशित गर्दै आएका मूल्यहरूलाई अझ अगाडि बढाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अक्टोबर २७ मा हुन गइरहेको इजरायली आमनिर्वाचन र त्यसको एक हप्तापछि हुने अमेरिकी मध्यअवधि चुनाव अघि इरानमाथि संयुक्त रूपमा नयाँ र ठूलो सैन्य कारबाही सुरु गर्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबिच गोप्य छलफल भएको खुलासा भएको छ। एक्सियोसले उच्चस्तरीय अमेरिकी तथा इजरायली अधिकारीहरूलाई उद्धृत गर्दै यो रिपोर्ट सार्वजनिक गरेको हो । अधिकारीहरूका अनुसार, ...
। चिनियाँ औद्योगीकरणको अत्यधिक उत्पादन (ओवरक्यापासिटी) र तीव्र निर्यातले युरोपेली बजार र उद्योगमा पारेको सङ्कट रोक्न युरोपेली सङ्घले नयाँ रणनीति अघि सारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारी कर बढाउने नीतिको सट्टा युरोपले चिनियाँ गाडी आयातमा निश्चित कोटा (इम्पोर्ट क्याप ) तोक्दै ‘चाइना शक २.०’ को सामना गर्ने बाटो रोजेको छ। यसै क्रममा युरोपेली सङ्घ र चीनबिच ...
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...