मुख्य समाचार
हर्मुजमा अमेरिकाले कठिनाइको सामना गर्नुपर्ने इरानको चेतावनी
हर्मुजमा अमेरिकाले कठिनाइको सामना गर्नुपर्ने इरानको चेतावनी

। इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना गर्ने देशहरूले ‘स्ट्रेट अफ हर्मुज’ पार गर्न कठिनाइको सामना गर्नुपर्ने इरानको सेनाले आइतबार चेतावनी दिएको छ ।

यसै महिनाको सुरुवातमा अमेरिकी सरकारले इरानको हित र चासोका विषयमा नयाँ प्रतिबन्ध लगाएको थियो । अमेरिकाले जहाजलाई तेहरानका अधिकारीहरूलाई उक्त जलमार्गबाट जान पैसा नदिन आग्रह गरेको थियो ।

एएफपीले प्राप्त गरेको सूचना अनुसार संयुक्त राज्य अमेरिका र बहराइनले इरानलाई जलमार्गबाट ढुवानीमा प्रतिबन्ध रोक्न आग्रह गरिएको संयुक्त राष्ट्रसङ्घमा पेश गर्न तयार पारिएको प्रस्तावको मस्यौदा तयार गरेका छन् । प्रस्तावमा फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि एक प्रमुख तनावको केन्द्र बनेको ‘स्ट्रेट अफ होर्मुज’ को जलमार्गबाट ढुवानीमा प्रतिबन्ध रोक्न आग्रह गरिएको छ ।

इरानको आधिकारिक समाचार संस्था इर्नाले इरानी सैनिक अधिकारी मोहम्मद अक्रामनियाले आइतबार उद्धृत गर्दै लेखेको छ, ‘इस्लामिक गणतन्त्र इरानमाथि प्रतिबन्ध लगाएर अमेरिकाको आदेश पालना गर्ने देशहरूलाई निश्चित रूपमा यो जलमार्ग पार गर्न कठिनाइ हुनेछ ।’

उनले भने, ‘हामीले स्ट्रेट अफ होर्मुजमा नयाँ कानुनी र सुरक्षा प्रणाली स्थापना गरेका छौँ । अबदेखि कुनै पनि जहाजले यसबाट जान चाहेमा हामीसँग समन्वय गर्नुपर्छ ।’

उनले यो प्रणाली अहिले लागू भएको र यसले आर्थिक, सुरक्षा र राजनीतिक लाभ ल्याउने बताए ।

शनिबार इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले एक्समा एक पोष्ट गर्दै नयाँ विधेयक प्रस्ताव गरिएको बताएका थिए ।

उनले भने, ‘हामी बहराइनजस्ता साना राष्ट्र र सरकारलाई जानकारी गराउँछौँ कि अमेरिकी प्रस्तावको पक्ष लिँदा उनीहरूले गम्भीर परिणाम भोग्नुपर्ने हुन्छ ।’ ‘स्ट्रेट अफ होर्मुज’ विश्वभर इन्धन ढुवानीका लागि एक महत्त्वपूर्ण जलमार्ग हो । यो मार्ग भएर विश्वको आवश्यकताको कम्तिमा २० प्रतिशत इन्धन ढुवानी हुन्छ ।

‘यसलाई सधैँभरि आफैँमा बन्द गर्ने जोखिम नलिनुहोस्’ उनले थपे । इरानले जलमार्गबाट केवल एकाध जहाजलाई जान अनुमति दिएको छ, जुन मार्गले शान्तिकालमा विश्वको तेल र ग्याँस प्रवाहको पाँच भागको एक भागका साथै अन्य महत्त्वपूर्ण वस्तुहरूको लागि सेवा प्रवाह गर्छ । गत महिना संसदका उपसभामुख हमिद्रेजा हाजिबाबेईले तेहरानले मार्गमा लगाएको शुल्कबाट पहिलो पटक राजस्व प्राप्त गरेको बताएका थिए ।

संयुक्त राज्य अमेरिका र बहराइनले प्रस्ताव गरेको संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्तावलाई भिटो शक्ति प्रयोग गरी रोक्न आफू तयार रहेको बताएको छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...