मुख्य समाचार
सर्वोच्च अदालतले अन्तरदेशीय विद्युत् व्यापार गर्दा स्वदेशमा हुने खपतको कटौती नगर्नू भनी सरकारलाई आदेश
सर्वोच्च अदालतले अन्तरदेशीय विद्युत् व्यापार गर्दा स्वदेशमा हुने खपतको कटौती नगर्नू भनी सरकारलाई आदेश

। सर्वोच्च अदालतले अन्तरदेशीय विद्युत् व्यापार गर्दा स्वदेशमा हुने खपतको कटौती नगर्नू भनी सरकारलाई आदेश दिएको छ ।

नेपाल र भारतबीच दुई वर्षअघि भएको विद्युत् खरिदबिक्री व्यापारसम्बन्धी सम्झौताविरुद्ध परेको मुद्दामा निर्देशनात्मक आदेश जारी गर्दै सर्वोच्च अदालतले स्वदेशमा पर्याप्त खपत भएपछि बाँकी रहेको विद्युत् बिक्री गर्नु भनी सरकारलाई निर्देशनात्मक आदेश दिएको हो ।

शुक्रबार प्रकाशित भएको एवं २० कार्तिक २०८१ मा भएको फैसलाको पूर्णपाठमा सर्वोच्च अदालतले भनेको छ, ‘स्वदेशी खपतमा कुनै कटौती वा प्रतिकूल असर नपर्ने गनी विद्युत् बिक्री गर्नू/गराउनू ।’

नेपाल र भारतबीच भएको विद्युत् खरिद सम्झौता प्राकृतिक स्रोतसाधनको बाँडफाँट सम्बन्धी सम्झौता रहेको र त्यो संघीय संसदको दुई तिहाइ मतबाट अनुमोदन हुनुपर्ने माग राखी सूर्यनाथ उपाध्याय लगायतका व्यक्तिहरु सर्वोच्च अदालत गएका थिए ।

त्यही मुद्दाको फैसलामा सर्वोच्च अदालतले रिट निवेदन खारेज गर्दै केही निर्देशनात्मक आदेश जारी गरेको हो । उक्त निर्देशनात्मक आदेश मार्फत सर्वोच्च अदालतले नेपालमा खपत भएपछि मात्रै विद्युत् बिक्री गर्नू भनी सरकारलाई आदेश दिएको हो ।

१९ पुस, २०८० मा नेपाल र भारतबीच दीर्घकालीन विद्युत् खरिदबिक्री सम्झौता भएको थियो । पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेलाको सम्झौताले दुवै देशबीच विद्युत् खरिद र बिक्री गर्ने बाटो खुला गरेको थियो ।

ऊर्जालाई नै केन्द्रमा राखेर जलाशय र जलाशययुक्त आयोजना सञ्चालन गरेर नेपालले कुनै पनि लाभ पाउन नसक्ने अवस्था सिर्जना गरेको दाबीसहित रिट निवेदनमा उक्त सम्झौतामा ट्रान्समिसन पूर्वाधार पनि भारतको नियन्त्रणमा हुने व्यवस्था गरेको जिकिर छ ।

सम्झौता अनन्तकालसम्म लागु हुने र नेपालको अहित खालको व्यवस्था त्यसमासमावेश गरिएको भन्दै संसद्‌बाट अनुमोदन गराउन माग थियो ।

नेपालको समृद्धिका लागि आर्थिक वृद्धि अनिवार्य रहेको र त्यसका लागि आगामी २० वर्षमा स्वदेशभित्रै करिब ५० हजार मेगावाट विद्युत् खपत हुन सक्ने भन्दै रिट निवेदनमा विद्युत् बिक्री सम्झौताले नेपालमा नै विकासको सम्भावना अवरुद्ध हुने जिकिर गरिएको थियो । रिट निवेदनमा उक्त सम्झौता कार्यान्वयन नगर्न आदेश जारी हुनुपर्ने माग थियो ।

विद्युत् व्यापार खरिद बिक्री सम्झौता संविधानको धारा २७९ बमोजिम संसदबाट अनुमोदन गर्नुपर्ने खालको हो कि होइन भन्ने प्रश्नमा केन्द्रित भएर सर्वोच्च अदालतले मुद्दाको फैसला गरेको छ ।

तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको इजलासले उक्त मुद्दाको फैसला गरेको थियो ।

संविधानको धारा २७९ मा शान्ति मैत्री, सुरक्षा एवं सामरिक सम्बन्ध, नेपाल राज्यको सिमाना र प्राकृतिक स्रोत तथा उपयोगको बाँडफाँटसँग सम्बन्धित सन्धि वा सम्झौतालाई संघीय संसद्को दुई तिहाइ बहुमतबाट अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।

सर्वोच्च अदालतले फैसलाको पूर्णपाठमा भनेको छ, ‘प्रस्तुत सम्झौता जलस्रोतको बाँडफाँट नभई केवल जलविद्युत् व्यापार क्षेत्रसँग सम्बन्धित रहेको र प्रसारण पूर्वाधारलाई बढावा दिने भएकोले प्रस्तुत सम्झौताबाट प्राकृतिक स्रोतको बाँडफाँट हुने भनी मान्‍न मिल्ने देखिएन ।’

दुवै राज्यले विद्युतीय कारोबार गर्ने प्रतिवद्धतालाई दस्तावेजीकरण गरेको देखिएको भनी सर्वोच्च अदालतले यसअघिका सम्झौताहरूमा पनि विद्युत् खरिदबिक्री सम्झौतालाई प्राकृतिक स्रोतसाधनको बाँडफाँटसँग जोडेर हेर्न नमिल्ने व्याख्या गरेको हो ।

सर्वोच्चले आफ्नो निष्कर्षमा भनेको छ, ‘त्यो सम्झौता दुई मुलुकबीच दीर्घकालीन विद्युतीय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले तयार भएको थियो ।’ उक्त सम्झौताले जलविद्युत् विकास र उपयोगमा दुई देशबीचको व्यापार कारोबारबाट हुन सक्ने करारको प्रकृतिको देखिएको सर्वोच्चको व्याख्या छ ।

‘विद्युत् भनेको पानीको रूपमा रहेको प्राकृतिक स्रोतबाट भएको उत्पादन हो, जो स्वयंमा प्राकृतिक स्रोत होइन,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘विद्युत्‌लाई प्राकृतिक स्रोत मान्ने हो भने भूमिबाट उत्पादित अन्नलाई पनि प्राकृतिक स्रोत मान्नुपर्छ र त्यसको निकासी रोक्नुपर्ने दिन आउन सक्छ ।’

विद्युत् खरिद बिक्री सम्झौता प्राकृतिक स्रोतको बाँडफाँट नभएकाले संघीय संसद्‌बाट अनुमोदन गर्न नपर्ने सर्वोच्च अदालतको व्याख्या हो । त्यतिबेला सरकारले उक्त सम्झौता गर्न ऊर्जा सचिवलाई अख्तियारी दिने निर्णय गरेको थियो । सर्वोच्च अदालतले अधिकार पाएको व्यक्तिले हस्ताक्षर गर्नुलाई स्वाभाविक भनेको हो ।

सम्झौतामा रहेका प्रावधानबाट दुई देशबीच विद्युत् व्यापार, पूर्वाधार विकास र विद्युत्‌मा लगानी प्रवर्द्धन गर्ने लक्ष्य रहेको भन्दै सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘नेपालमा खपत नभई बढी भएको हदमा मात्र भारतलाई सो १० हजार मेगावाट बिक्री गर्ने अर्थमा सम्झौतालाई बुझ्नुपर्ने हुन्छ ।’

रिट निवेदन खारेज गरेपछि सर्वोच्च अदालतले सरकारलाई केही निर्देशनात्मक आदेश दिएको छ । सर्वोच्च अदालतले सरकारबाट स्वीकृत सन्धिहरूको सूचना संघीय संसद्मा पठाउनू भनेको छ । अनि सम्झौताहरुलाई राजपत्रमा प्रकाशित गर्नू भनी आदेश दिएको छ ।

सर्वोच्चले विद्युत् व्यापार, ग्रिड जडान र प्रसारण पूर्वाधार विस्तार गर्दा राष्ट्रिय हित प्रतिकूल नहुने गरी अन्तर्राष्ट्रिय समन्वय गर्नू भनेको छ । निर्देशनात्मक आदेशमा नै स्वदेशी खपतमा कुनै कटौती वा प्रतिकूल असर नपर्ने गरी विद्युत् बिक्री गर्नू/गराउनू भनी आदेश दिएको हो । सर्वोच्चले निर्देशनात्मक आदेशमा भनेको छ, ‘सम्झौता कार्यान्वयन गर्दा प्राकृतिक स्रोतको बाँडफाँट हुने स्थिति आएमा संविधान बमोजिम संसद‌्बाट अनुमोदन गर्नू ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायल रोजगारीका लागि आवश्यक मानिएको अंग्रेजी भाषा परीक्षा व्यवस्थापनमा देखिएको प्राविधिक समस्या, परीक्षार्थीको गुनासोपछि परीक्षा स्थगित गरिएको थियो । त्रिपुरेश्वरस्थित सीआईआईएन मार्फत सञ्चालन भइरहेको परीक्षा स्थगनसँगै १७ हजारभन्दा बढी नेपाली युवा प्रभावित भएका छन् । केयरगिभर (इजरायल) रोजगारीका लागि अनिवार्य गरिएको आधारभुत तहको अंग्रेजी भाषा प्रमाणपत्र (क्याम्ब्रिज अपस्किल्स इंग्लिस टेस्ट) अन्तर्गत परीक्षा दिएका परीक्षार्थीले व्यवस्थापन, शुल्क ...
। परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको जवाफ दिएका छन् । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर अभिव्यक्ति दिएका थिए । त्यसदिन प्रधानमन्त्री बालेनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हरेरफेर गरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्यलाई अर्बौं नोक्सानी पुर्‍याएको आरोप लगाएका छन् । ‘बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौं रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईंले सहयोग गर्नुहोस्’ शाहीले ...
। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा नदी क्षेत्रमा ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ अवलम्बन गर्दा ‘क्रस बोर्डर अकुपेसन’ समस्या उत्पन्न भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे धारणा राख्दै परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन् । ‘सम्मानीय प्रधानमन्त्री ज्युले संसद्मा प्रस्तुत गर्नुभएको विषय मूलत: दशगजा क्षेत्र अतिक्रमण र क्रसबोर्डर अकुपेसनसँग सम्बन्धित छन्,’ मन्त्री खनालले भने, ...
। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा नेपालले भारतको सीमा मिचेको विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएका छन् । विपक्षीले प्रधानमन्त्रीले नै यसबारे जवाफ दिनुपर्ने अडान राखे पनि अन्तिममा परराष्ट्रमन्त्रीले जवाफ दिने भएपछि विपक्षीले सदन चलाउन सहमति भएका थिए । आज बैठकमा मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको विषयमा लक्षित भएको बताए । ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्ति दशगजा अतिक्रमण र क्रस बोर्डर ...