मुख्य समाचार
मन्त्री जयराम थापाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड
मन्त्री जयराम थापाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

। बागमती प्रदेशका श्रम, रोजगार तथा यातयात मन्त्री जयराम थापाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा उनले यातायात क्षेत्रलाई २१औँ शताब्दीको प्रविधिसँग प्रतिस्पर्धी बनाउन नीतिगत सुधार, प्रविधिमैत्री प्रणाली र व्यवसायीहरूको एकता आवश्यक रहेको बताएका हुन् ।

उनले कुनै पनि देशको विकासको स्तर त्यहाँको यातायात प्रणालीबाट मापन गर्न सकिने बताए ।

उनले सार्वजनिक यातायातमा जीपीएस जडान, प्रविधिमैत्री मापदण्ड र पेट्रोलियम तथा डिजेल सवारीलाई क्रमशः विद्युतीय सवारीतर्फ रूपान्तरण गर्ने राज्यको नीति रहेको बताए । यसमा सहयोग गर्न उनले यातयात व्यवसायीलाई आग्रह गरे ।

यातायात क्षेत्रमा धेरै संघसंस्था हुँदा एउटै विषयमा फरक–फरक धारणा आउने गरेको उल्लेख गर्दै उनले ऐन र मापदण्ड निर्माणमा अन्योल सिर्जना हुने बताए ।

उनले अधिकार प्राप्तिका लागि व्यवसायीहरू पहिले आफैं एकीकृत र बलियो हुनुपर्नेमा जोड दिए ।

उनले सवारीसाधन भित्र्याउँदा अन्तर्राष्ट्रिय कम्पनीहरूले ल्याएका मापदण्ड नेपाली सडक र भूगोलअनुकूल छन् वा छैनन् भन्ने मूल्यांकन गरेर मात्रै ल्याउन पनि आग्रह गरे ।

उनले भने, ‘पहिला राज्यसँग अधिकार लिनका लागि तपाईंहरू आफू बलियो हुनुपर्‍यो । तपाईंहरूले ल्याउने पूँजीको सुरक्षा गर्नका लागि राज्यले कस्तो नीति अवलम्बन गर्नुपर्छ । तपाईंहरूले कुदाउने गाडी कस्तो हुनुपर्छ ? पेट्रोल र डिजेलको मापदण्ड कस्तो बन्नुपर्छ ? ईभी गाडीको मापदण्ड कस्तो बन्नुपर्छ ? इन्टरनेसनल मल्टी कम्पनीहरूले ल्याएको विभिन्न किसिमका मापदण्डहरूमा नेपालको माटो सुहाउँदो छ कि छैन ? नेपालको रोड सुहाउँदो छ कि छैन ? पहिला राष्ट्रियतालाई ख्याल गरेर तपाईंहरूले डिसिजन गर्नुस् ।’

उनले यातयात क्षेत्र सुधारका लागी राज्यले नीति निर्माणमा सुधार गर्नुपर्ने बताए ।

लगानीकर्ताको पूँजी सुरक्षित गर्न तथा यातायात क्षेत्रमा कार्यरत चालक, सहचालक र कामदारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायल रोजगारीका लागि आवश्यक मानिएको अंग्रेजी भाषा परीक्षा व्यवस्थापनमा देखिएको प्राविधिक समस्या, परीक्षार्थीको गुनासोपछि परीक्षा स्थगित गरिएको थियो । त्रिपुरेश्वरस्थित सीआईआईएन मार्फत सञ्चालन भइरहेको परीक्षा स्थगनसँगै १७ हजारभन्दा बढी नेपाली युवा प्रभावित भएका छन् । केयरगिभर (इजरायल) रोजगारीका लागि अनिवार्य गरिएको आधारभुत तहको अंग्रेजी भाषा प्रमाणपत्र (क्याम्ब्रिज अपस्किल्स इंग्लिस टेस्ट) अन्तर्गत परीक्षा दिएका परीक्षार्थीले व्यवस्थापन, शुल्क ...
। परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको जवाफ दिएका छन् । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर अभिव्यक्ति दिएका थिए । त्यसदिन प्रधानमन्त्री बालेनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हरेरफेर गरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्यलाई अर्बौं नोक्सानी पुर्‍याएको आरोप लगाएका छन् । ‘बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौं रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईंले सहयोग गर्नुहोस्’ शाहीले ...
। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा नदी क्षेत्रमा ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ अवलम्बन गर्दा ‘क्रस बोर्डर अकुपेसन’ समस्या उत्पन्न भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे धारणा राख्दै परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन् । ‘सम्मानीय प्रधानमन्त्री ज्युले संसद्मा प्रस्तुत गर्नुभएको विषय मूलत: दशगजा क्षेत्र अतिक्रमण र क्रसबोर्डर अकुपेसनसँग सम्बन्धित छन्,’ मन्त्री खनालले भने, ...
। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा नेपालले भारतको सीमा मिचेको विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएका छन् । विपक्षीले प्रधानमन्त्रीले नै यसबारे जवाफ दिनुपर्ने अडान राखे पनि अन्तिममा परराष्ट्रमन्त्रीले जवाफ दिने भएपछि विपक्षीले सदन चलाउन सहमति भएका थिए । आज बैठकमा मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको विषयमा लक्षित भएको बताए । ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्ति दशगजा अतिक्रमण र क्रस बोर्डर ...