। २५ वर्ष (जन्मकैद) को सजाय सुनाइएका फरार कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–६ घर भएका ४१ वर्षीय जीवन पुर्कुटी भनिने जीवनबहादुर पुर्कुटी छन् । उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
कर्तव्य ज्यानको कसुरमा उनलाई २५ वर्ष कैद र १ लाख जरिवानाको फैसला भएको थियो ।
उनी जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए । पक्राउ परेका उनलाई फैसला कार्यान्वयका लागि सुन्धारा कारागार पठाइएको ब्यूरोका एसपी दुर्गा रेग्मीले बताए ।