मुख्य समाचार
समझदारीको आधारमा कर्णालीमा कांग्रेसले सरकार चलाउने बेला आएको छ
समझदारीको आधारमा कर्णालीमा कांग्रेसले सरकार चलाउने बेला आएको छ

। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कर्णाली प्रदेशमा सरकार परिवर्तनको संकेत गरेका छन् ।

कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ मा उनले प्रदेश सरकार परिवर्तनको संकेत गरेका हुन् ।
‘नेकपा एमाले र हाम्राबीच भएको समझदारीको आधारमा कर्णाली प्रदेशमा हामीले नेतृत्व गरेर सरकार चलाउने बेला आएको छ,’ उनले भने, ‘हाम्रो नेतृत्वमा हामी सरकार चलाउँछौं ।’

सभापति थापाले कर्णाली प्रदेशमा पार्टीको नेतृत्वमा सरकार बन्ने भन्दै गर्दा दर्शकदीर्घाबाट तालीको बजेको थियो । त्यसप्रति इंगित गर्दै उनले भने, ‘सरकार बन्छ भन्दै गर्दा थपडी तपाईंहरूले बजाउनु भएको छ । एक वर्षपछि फेरि आउँछौं हामी । बीचमा पनि आउँछौं । आएको बेलामा, हाम्रो नेतृत्वको कर्णाली सरकारले कर्णालीको हितमा यो–यो काम गर्‍यो भनेर मुख्यमन्त्रीले बोल्दै गर्दा त्यहाँ बसेर मैले र विश्वप्रकाशले थपडी बजाउन पाउनुपर्छ ।’

सभापति थापाले कर्णाली प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने दोहोर्‍याउँदै आफूहरूलाई ‘डेलिभरी’ बाहेक केही पनि नचाहिएको बताए ।

‘सरकार बन्ने कुरा हामीलाई छोडिदिनुस् । बन्छ,’ उनले भने, ‘तर, सरकार बनिसकेपछि हामीलाई डेलिभरी चाहियो । हामीलाई केही पनि चाहिँदैन ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपालको प्रमुख पर्यटकीय क्षेत्रमध्येको एक ठमेल क्षेत्रबाट प्रहरीले आज सोमबार पाँच विदेशी महिलालाई पक्राउ गर्‍यो । जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त सोह्रखुट्टे समेतको टोलीले पाँच विदेशी महिलालाई पक्राउ गरेको छ । परिसर काठमाडौंका प्रमुख तथा एसएसपी रमेश थापाकाअनुसार पक्राउ पर्नेहरूमा चार जना युगाण्डाका महिला छन् भने एक जना केन्याकी महिला छन् । उनीहरू पक्राउ पर्नुको मुख्य ...
। सरकारले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विषयलाई प्राथमिकतामा राखेको जनाएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यस्तो जानकारी दिएकी हुन् । सबै दलसँग बसेर यो विषय अगाडि बढाउने र टीआरसीलाई निष्कर्षमा पुर्याइने उनले बताइन् । ‘संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन सरकार पूर्ण प्रतिबद्ध छ,’ मन्त्री गौतमले सोमबार प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार ...
। शिक्षा सचिव चुणामणि पौडेलले शिक्षा मन्त्रालयअन्तर्गत विद्यालय भवन निर्माणसँग सम्बन्धित पुराना बेरुजु फर्स्यौट गर्न ठूलो समस्या देखिएको बताएका छन् । सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले साविक जिल्ला शिक्षा कार्यालयमार्फत विद्यालय भवन निर्माणका लागि गएको बजेटको फर्स्यौट हुन नसकेको अधिकांश बेरुजु अहिले पनि बाँकी रहेको बताएका हुन् । उनका अनुसार, भवन निर्माण सम्पन्न भइसके पनि आवश्यक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सरकारले कानुन निर्माणमा नागरिकलाई सहभागी गराउनका लागि ल्याइएको डिजिटल प्लेटफर्मबारे संसदीय समितिमा जानकारी गराएकी छिन् । सोमबार बसेको कानुन, न्याय तथा संसदीय समितिको बैठकमा यसबारे जानकारी गराउँदै उनले प्रयोग विधिबारे पनि जानकारी गराइन् । उनका अनुसार, जुनसुकै कानुनबारे जानकारी गराउन र आवश्यक लागेका संशोधनहरूबारे अब वेबसाइटबाटै काम गर्न सकिनेगरी ...
। सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णयविरुद्ध धनगढीमाई नगरपालिका–९ स्थित जिरोमाइल चौकमा स्थानीयवासी, व्यापारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले चक्काजाम गरेका छन् । छोटी भन्सार खारेजीको निर्णय फिर्ता गर्नुपर्ने माग राखेर उनीहरूले आज चक्का जाम गर्दै प्रदर्शन गरेका हुन् । नेपाल सरकारले २१ वैशाख २०८३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय ...